होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कृषकका लागि खुशीकाे खबर: अव स्याउ बारीबाटै ढुवानी हुने
समाचार

कृषकका लागि खुशीकाे खबर: अव स्याउ बारीबाटै ढुवानी हुने

  • नागरिक रैबार
कृषकका लागि खुशीकाे खबर: अव स्याउ बारीबाटै ढुवानी हुने

नागरिक रैबार/बाजुरा १८ भदौ। बाजुरा जिल्लाका कृषकहरुले फलाएका स्याउहरु अव बारी बाटै ढुवानी गरिने भएको छ । कृषि ज्ञान केन्द्र बाजुराको २०७६÷७७ को वार्षिक कार्यक्रम अनुसार स्याउको बजार प्रर्वद्धन गर्ने उद्देश्यले कृषकहरुले खेतबारीमा फलाएका स्याउलाई बारीबाटै ढुवानी गर्नका लागि सूचना आह्वान गरेको छ ।

कृषकले फलाएका स्याउहरु बारीमै पुगेर ढुवानी गर्नका लागि कृषि ज्ञान केन्द्र बाजुराले भदौ १७ गते बाट ७ दिने सूचना जारी गरेर सहकारी, कृषि फार्म, कृषक समूह, उद्यमी कृषक, लगायतलाई स्याउ ढुवानीका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको छ ।
स्याउ ढुवानी कर्ताले ६ सय कुईन्टल स्याउहरु ढवानी गर्नुपर्ने छ । जस अन्तरगत स्वामिकार्तिक खापर गाउँपालिकाको स्याउबारी देखि पिलुचौरसम्म ४ सय कुईन्टल र जगन्नाथ गाउँपालिकाको स्याउबारी देखि पिलुचौर सम्म १ सय ३० कुईन्टल प्रतिकेजि १८ रुपैयाँ ५० पैशा ढुवानी अनुदान दिने भएको छ ।

त्यस्तै बुढीनन्दा नगरपालिकाको कोल्टीबजार देखि सदरमुकाम मार्तडीसम्म २० कुईन्टल प्रतिकेजी १८ रुपैयाँ ९० र बुढीनन्दा नगरपालिकाकै पाण्डुसेन हिमाली स्कुल देखि मार्तडीसम्म ५० कुईन्टल प्रतिकेजी १३ रुपैयाँ ५ पैशामा ढुवानी गर्न सूचना आह्वान गरेको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मिन प्रसाद जैशीले बताएका छन् ।

विज्ञापन

बाजुराका बुढीनन्दा नगरपालिका, स्वामीकार्तिक, जगन्नाथ, र हिमाली गाउँपालिकाका विभिन्न स्थानहरुमा यस वर्ष विगतका भन्दा दोब्बर स्याउ उत्पादन हुने गरेको छ । स्याउको उत्पादन वर्षेनी बढेपनि स्याउ विक्रिका लागि उचित बजार नहुँदा वर्षेनी कृषकहरुले लगाएका स्याउनहरु बोटमै कुहिने भएपछि कृषकहरु समस्यामा पर्दै गएका थिए । तर कृषि ज्ञान केन्द्रले स्याउको प्रर्वद्धन गर्नका लागि स्याउको बारीबाटै स्याउ ढुवानी गर्न सके यहाँका कृषकहरु स्याउ विक्री गरेर लाखौं रुपैयाँ आम्दानी गर्न सकिने बताउँदै आएका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै