होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मृतकको ४ दिनपछि पोष्टमार्टम, आफन्तले शव बुझे
समाचार

मृतकको ४ दिनपछि पोष्टमार्टम, आफन्तले शव बुझे

  • नागरिक रैबार
मृतकको ४ दिनपछि पोष्टमार्टम, आफन्तले शव बुझे

नागरिक रैबार/बाजुरा २० पुस। हिमाली गाउँपालिकाको धुलाचौरबाट कोल्टी तर्फ आउँदै गरेको जीप बाँधु नजिकैको कालापडा भिरमा दुर्घटनामा परि मृत्यु भएकाहरुको ४ दिनपछि पोष्टमार्टम गरिएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा डाक्टर नहुँदा शव पोष्टमार्टममा ढिलाई भएको थियो । शव पोष्टमार्टमका लागि शनिवार जिल्ला अस्पताल बाजुराबा डाक्टर राजु जैशी नेतृत्वको चिकित्सक टोली झिकाईपछि ४ ओटै शवको पोष्टमार्टम गरिएको हो । शव पोष्टमार्टमपछि आफन्तहरुले बुझेका छन् ।

गत विहिबार दिउसो धुलाचौरबाट कोल्टी तर्फ आउँदै गरेको जीप दुर्घटनामा परि ४ चार जनाको घटना स्थलमै मृत्यु भएको थियो भने अन्य ५ जना घाइते भएका थिए ।

विज्ञापन

जीप दुर्घटनामा परि मृत्यु हुनेमा जगन्नाथ गाँउपालिका ५ गोत्रीका जीपमालिक तथा चालक रमेश शाही, हिमाली गाँउपालिका ६ का पवन भण्डारी, कैलाली महोन्याल गाँउपालिका ५ का दिनेश कुमार घर्ती मगर र मुगुको कर्मारोड गाँउपालिका ८ का प्रेमा लामा रहेका थिए ।

से १ ज १०६४ नम्बरको जीप दुर्घटना भएर ५ सय मिटर तल कर्णाली नदिमा खसेको थियो । जीप दुर्घटनामा परेर घाइते भएकाहरुको जिल्लाबाहिर उपचार भईरहेको छ ।

Image may contain: one or more people, crowd and outdoorImage may contain: 1 person, standing, outdoor and nature

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार