होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • जातीय विभेद गरेकाे आरोपमा २ जना प्रहरीको नियन्त्रणमा
Breaking News

जातीय विभेद गरेकाे आरोपमा २ जना प्रहरीको नियन्त्रणमा

  • नागरिक रैबार
जातीय विभेद गरेकाे आरोपमा २ जना प्रहरीको नियन्त्रणमा
साङ्केतिक तस्विर

नागरिक रैबार/ बाजुरा ५ भदौ। बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा जातीय विभेदकाे गरेकाे आरोपमा २ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

हिमाली गाउँपालिकाको वडा नं. ६ धिममा भदौ २ गते लागेको खौं मेला हेरेर  दलित अधिकारकर्मी गोरखबहादुर शार्की र उनकी श्रीमति आप्सरी ऐडी शार्की राति आफ्नाे घरमा सुतिरहेको बेला हिमाली गाउँपालिका अध्यक्ष मल्लका छोरा र भतिजाले मदिरा सेवन गरेर सामुहिक आक्रमण गरेकाे उजूरी परेपछि जिल्ला प्रहरी कार्यालयले  नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा हिमाली गाउँपालिकाका अध्यक्ष अध्यक्ष गोविन्द बहादुर मल्लका छोरा चिरिम मल्ल र भतिजा भुपि मल्ल रहेकाे प्रहरीले बताएकाे छ ।

विज्ञापन

दलित अधिकारकर्मी सार्की र उनकी श्रीमति आपसरी ऐडी सार्कीलाई गाउँपालिकाका अध्यक्ष मल्लका छोरा चिरिम र भतिजा भुपि मल्लले जथाभावि गालि गलौज, डुम कमाराका सन्तान, डुमले मेला हेर्नका लागि चस्मा, कोट लगाउने हो ? भनेर सार्की परिवारमाथि आर्कमण गरेको खवर पछि प्रहरीले उनीहरु दुवै जनालाई नियन्त्रणमा  लिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।


उनीहरुले आर्कमण गरेपछि दलित अधिकारकर्मी सार्कीकि श्रीमति आपसरी ऐडी सार्कीको छातीमा चोट लागेको शंकर मल्लले बताएका छन् ।
घटना घटेलगत्तै दलित अधिकारकर्मी सार्कीले आफुमाथि दुवै जनाले आर्कमण गरेपछि प्रहरीलाई खबर गरेका थिए ।
उक्त घटनाको खबर पाएपछि घटनास्थलमा पुगेर आर्कमण गर्ने दुई जना आरोपितलाई हिमाली गाउँपालिकाको धुलाचौरमा रहेको अस्थाई प्रहरी पोष्टले नियन्त्रणमा लिएको थियो । आरोपित दुवै जना जिल्ला प्रहरी कार्यालय बाजुराको नियन्त्रणमा ल्याईसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी उद्ववसिह भाटले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार