होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दलित अधिकारकर्मी सार्की सम्मानित
समाचार

दलित अधिकारकर्मी सार्की सम्मानित

  • नागरिक रैबार
दलित अधिकारकर्मी सार्की सम्मानित

नागरिक रैबार/बाजुरा २७ माघ ।  दलित अधिकारकर्मी गाेरख बहादुर सार्की सम्मानित भएका छन् । साेमबार बडीमालिका मिडिया हाउसकाे प्रथम बार्षिक उत्सव अवसरमा दलित अधिकारकर्मी सार्की सम्मानित भएका हुन् ।

दलित अधिकारकर्मी सार्कीले बाजुरा जिल्लामा सम्पूर्ण दलितका हक अधिकारका क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गरेकाे भन्दै सार्कीलाई सम्मानित गरिएकाे हाे ।

विज्ञापन

त्यस्तै कार्यक्रमा बाजुरा जिल्लामा विभिन्न क्षेत्रमा महत्त्वपूर्ण याेगदान पुर्याउने बडीमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाद्याय, जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डा: रूपचन्द्र विश्वकर्मा, बुढीगंगा स्वास्थ्य चाैकी ईन्चार्ज दिपक शाह, बडीमालिका खबरका अनलाइन सम्पादक तथा एभिन्युज टेलिभिजनका बाजुरा सम्बाददाता लक्ष्मीराज पाद्याय, बडीमालिका नगरपालिकाका कर्मचारी वीरबहादुर विष्ट र सागर फेन्सीका व्यवसायी प्रकाश थापालाइ  बडीमालिका मिडिया हाउसका संचालक प्रकाश सिंहले बताएका छन् ।

सम्मानित भएका सवैलाई कार्यक्रमका प्रमुख अतिथि बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल र विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अर्जुन शाहले दाेसल्ला र अविर लगाएर सम्मानित गरेका हुन् ।

वार्षिकाेत्सवकाे अवसरमा अनाथलाई अन्न

बडीमालिका मिडिया हाउसले आफ्नो प्रथम बार्षिकाेत्सवकाे अवसरमा बडीमालिका नगरपालिका वडा नं ६ काेर्धका २ जना अनाथ बालवालिका ८ वर्षिया कमल खड्का र १० वर्षिया गिता खड्कालाई एक-एक जाेर न्यानाे लुगा, ४० केजि चामल, ५ केजि दाल सहयोग गरेकाे छ ।

त्यस्तै  बडीमालिका ९ का अतिविपन्न परिवारकि दृष्टि विहिन भासु खत्री र उनकी आमालाई ४० केजि चामल सहयाेग गरेकाे हाे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार