होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बाजुराकाे बुढीनन्दा नगरपालिकास्थित काेल्टीमा पुर्वीउत्तरी क्षेत्रका ४ वटा स्थानीय तहका नागरिकहरुकाे सहजताका लागि इलाका प्रशासन कार्यालय, मालपाेत कार्यालय र नापी कार्यालय आजबाट एकैसाथ स्थापना भएका छन् ।लामाे समयकाे प्रयासपछि आजबाट उक्त कार्यालयहरु स्थापना भएका हुन् । कार्यालय स्थपाना भएसंगै अव यस क्षेत्रका हिमाली स्वामीकार्तीक खापर जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाका नागरिकहरुले नागरिकता बनाउन र जग्गा […]
बाजुरा मार्तडी-कोल्टी सडकमा करिव चार महिनापछि बससेवा पुनः सञ्चालनमा आएको छ । बर्षा र पहिरोका गएको असार पहिलो सातादेखि अवरुद्ध भएको बस सेवा मंगलबारदेखि पुनः संचालनमा आएको हो। मार्तडीबाट महाकाली यातायात प्रालिको बस मंगलवार कोल्टीका लागि छुटेको छ। सडकका खसेको पहिरोलाई पन्छाएर सडक मर्मत गरेसंगै मार्तडी कोल्टी बस सेवा नियमित संचालन भएको बुढीनन्दा नगरपालिकाका नगरप्रमुख […]
काठमाडौं । सरकारले २३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले बाजुरासहित २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषदको प्रशासन समितिमा पठाएको छ । प्रशासन समितिले अब कार्यान्वयनको प्रक्रिया अगाडि बढाउनेछ । सरकारको निर्णय अनुसार बाजुराको पुर्वीउत्तरी क्षेत्रमा रहेका ४ वटा स्थानीय […]
नागरिक रैबार/बाजुरा ७ भदाै । साउन २८ गते कवाडी खोलामा आएको बाढीबाट प्रभावित हिमाली गाउँपालिका वडा नं. ५ का ४७ घरपरिवारलाई आईएनएफ नेपाल बाजुराले राहत सामग्री वितरण गरेको छ। बाढीबाट प्रभावित परिवारलाई राहत स्वरूप चामल, बोरा, दाल, तेल, नुन र त्रिपाललगायतका आवश्यक सामग्री बितरण गरेकाे हाे। आईएनएफ नेपालले प्रभावित परिवार मध्ये ३१ वटा आंशिक क्षति […]
नागरिक रैबार/बाजुरा ८ साउन। हिमाली गाउँपालिकामा भएको जीप दुर्घटनामा थप एकजनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा अन्दाजि वर्ष ३५ कि जुनेली राेकाया रहेकी छन् । यस अघि जीप दुर्घटनामा परेर हिमाली गाउपालिका ५ की अन्दाजी ६० बर्षिया बाचा रोकाया, अन्दाजी ६५ की विजौरा रोकायाकाे घटना स्थलमै मृत्यु भएको थियाे । बिहीवार बिहान वडा नम्बर […]
नागरिक रैबार/बाजुरा ८ साउन। बाजुरा जिल्लाकाे हिमाली गाउँपालिका ५ किउडी बाट धुलाचौर तर्फ आउदै गरेको जिप तुनीगडामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएकाे छ । मृत्यु हुने हिमाली गाउँपालिका -५ किउडी गाउँकि ७६ वर्षीय बाचा रोकाया र ७५ वर्षीय बिजौरा रोकाया घटना स्थलमा मृत्यु भएको छ, भने अन्य १५ जना घाइते भएका छन । जिप […]
नागरिक रैबार/बाजुरा ३ असार।हिमाली गाउँपालिकाका विपन्न र लक्षित महिलाहरुका लागि १५ दिने हातेहोजियारी तालिम संचालन गरिएको छ । गाउँपालिका भित्रका विपन्न महिलाहरुको आयआर्जनमा सुधार ल्याउन र उनिहरुलाई आत्मनिर्भर बनाउनका लागि १५ दिने हातेहोजियारी तालिम संचालन गरिएको हो । घरेलु तथा साना उद्योग प्रर्वद्धन केन्द्र अन्तरगत हिमाली गाउँपालिका उद्योग विकाश शाखाको आयोजना, आईएन एफ नेपाल बाजुरा […]
नागरिक रैबार/बाजुरा १ असार। भारतीय राजदुताबासले बाजुराको हिमाली गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकालाई उपहार स्वरुप एम्बुलेन्स हस्तान्तरण गरेको छ। शनिबार काठमाडौंमा एक औपचारिक कार्यकमका बीच नेपालस्थित भारतीय राजदूतावासले हिमाली गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको हो । उक्त एम्बुलेन्स खप्तड छेडेदहकी उपाध्यक्ष विशुदेवी नाथ र हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लले बुझेका हुन् । […]
नागरिक रैबार/बाजुरा २६ जेठ। बाजुराको हिमाली गाउँपालिकाले बुढीगंगा नगरपालिकाकाे बाम्का बजारका आगलागी पीडितका लागि १ लाख सहयोग गर्ने भएकाे छ । गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले बाम्का बजारका आगलागी पीडितका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले जानकारी दिए । गएको शुक्रबार साँफे मार्तडी […]
नागरिक रैबार/बाजुरा २२ जेठ । दलितका लागि दलित अभियान नेपालका संयोजक खगेन्द्र सुनारले जिल्लाका दलित समुदायका नागरिकहरुलाई दलितका हक अधिकारका लागि एकजुट भएर लाग्न आग्रह गरेका छन् । बुधबार बाजुराको कोल्टीमा जातीय छुवाछुत तथा उन्मुलन राष्ट्रिय दिवसको अवसरमा आयोजना गरिएको बृहत जागरण सभालाई सम्बोधन गर्दै अभियान्ता सुनारले यस्तो बताएका हुन् । दलितका लागि दलित अभियान […]
नागरिक रैबार/बाजुरा ८ जेठ। बाजुरामा हालसम्म ८५ हजार ९ सय ७८ जना मतदाताले मतदाता नामावलीमा नाम दर्ता गरेका छन् । जिल्ला निर्वाचन कार्यालय बाजुराले विहिबार सार्वजनिक गरेको मतदाता नामावलीको तथ्याकं अनुसार जिल्लाका ९ वटै पालिकाका ६९ वटा वडामा महिला पुरुष गरि ८५ हजार ९ सय ७८ जना मतदाताले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् […]
नागरिक रैबार/बाजुरा २ जेठ । बाजुराको हिमाली गाउँपालिकामा जीप दुर्घटना भएको छ । बुढीनन्दा नगरपालिकाको कोल्टीबाट हिमालीको धुलाचौर जाँदै गरेको म १ ज २३३ नम्वरको जीप सोहि गाउँपालिकाका ६ को खिउने खोलामा दुर्घटना भएको हो । जीप दुर्घटनामा परेर जीप चालक सविन बोहरा, हिमाली ५ बस्ने अन्दाजी बर्ष १८ कि रंगीता बुढा, जुनिता बुढा, अन्दाजी […]
नागरिक रैबार/बाजुरा ८ बैशाख। बाजुराको पुर्वीउत्तरी क्षेत्रमा रहेको हिमाली गाउँपालिका अन्तर्गत साविकको बिच्छयाँ गाविसका स्थानीय नागरिकहरु अध्याँरोबाट मुक्त भएका छन् । पुस्तौदेखि अँध्यारोमा रात विताउँदै आएका हिमाली गाउँपालिकाको १, २, ३ नम्वर वडा साविकको विच्छ्या गाविसका ६ सय ८२ घरपरिवार विद्युत सेवा उपभोग गर्न पाउने भएका हुन् । त्यस्तै वडा नम्बर ५ स्थित क्युडी गाउँका […]
नागरिक रैबार/बाजुरा ५ बैशाख। बाजुराको पुर्वीत्तरी क्षेत्रमा रहेको बुढीनन्दामा प्रथम बुढीनन्दा कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव २०८२ सूरु भएको छ । कृषि जडीवुटी उद्योग पर्यटन र व्यापार, बुढीनन्दाको समृद्धिका लागि विकासको आधार भन्ने मुल नाराका साथ उक्त आजबाट सूरु भएको हो । मालाश्री स्टुडीयोको आयोजना तथा बुढीनन्दा नगरपालिकाको प्रर्वद्धन र हिमाली, स्वामीकार्तिक खापर र जगन्नाथ […]
नागरिक रैबार/बाजुरा १२ फागुन। जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजबाट सूरु भएको छ । जिल्ला खेलकुद समिति बाजुराको आयोजना र बुढीगंगा नगरपालिकाको सहआयोजनामा उक्त प्रतियोगिता सूरु भएको हो । प्रतियोगिताको एक औपचारिक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेशका पुर्व परदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका छन् । ३ दिनसम्म संचालन हुने राष्ट्रपति रनिङ […]
नागरिक रैबार/बाजुरा २ फागुन । जिल्लाको हिमाली गाउँपालिकाका विभिन्न वडाका गाउँगाउँमा विद्युतको पहुँच पुगाउनका लागि लाईन विस्तार गर्ने काम धमाधम भईरहेको छ । हिमाली गाउँपालिका–६ को धिम, बोल्डिक र १, २ र ३ नम्वर वडाका गाउँ– गाउँमा विद्युतको लाइन विस्तार गर्ने गरी धमाधम काम भईरहेको छ । अवको केही महिनाभित्र यहाँका नागरिकहरुलाई विद्युतको पहुँचमा ल्याउनका […]
नागरिक रैबार/बाजुरा ११ माघ । बाजुराको हिमाली गाउँपालिकाको बिच्छयामा एक घरमा आगलागी भएको छ । बिहीवार साँझ सोहि गाउँपालिका ५ बिच्छयाका गौरी मलालको घरमा आगलागी हुँदा करिव ८ लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी दिलीपकुमार गिरीले बताएका छन् । विहिबार साँझ खाना पकाउनका लागि घरभित्र बालेको आगोले घर पुरै जलेर नष्ट भएको […]
नागरिक रैबार/बाजुरा २ माघ । बाजुराको हिमाली गाउँपालिका ६ पाडीगाउँमा नेपाल टेलिकमको फोरजि सेवा संचालनमा आएको छ । यस अघि पाँडी गाउँमा सामान्य फोन सेवा बाहेक अन्य सुविधा थिएन् । सोमबार देखि नेपाल टेलिकमको फोरजि सेवा गाउँमा सञ्चालनमा आएपछि स्थानीय खुसी भएका छन् । हिमाली गाउँपालिका देशकै अति विकट पालिकाका रुपमा परिचित छ । बाजुराका […]
नागरिक रैबार/बाजुरा २३ मंसिर।बाजुराकाे हिमाली गाउँपालिका- ६ स्थित धिम गाउँमा जीप दुर्घटना हुँदा ७ जना घाईते भएका छन । धिममा एभरेष्ट इन्टरनेटको नेट जडानका लागि १३ जना सवार रहेको गाडी अनियन्त्रीत भई दुर्घटना भई ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घाईते ७ जनाको उद्धार गरि कोल्टी अस्पतालमा उपचार भईरहेकाे र […]
नागरिक रैबार/बाजुरा ९ मंसिर। बाजुराको हिमाली गाउँपालिका -३ युनामा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । आइतबार दिउँसाे ३ बजेतिर युनामा विद्युतको लाइन विस्तारका लागि रुख काट्ने क्रममा रुखले च्यापिएर सोहि ठाउँका अन्दाजी ४३ बर्षीय सुपधन बुढाको घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै अन्दाजी ४८ बर्षका सिदुपुरी […]