होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २४ चैत्र। नेपाली काँग्रेस साँस्कृतिक समन्वय प्रचार-प्रसार उपसमितिको केन्द्रिय सदस्यमा बाजुराका तपेन्द्र विश्वकर्मा मनोनित भएका छन् । नेपाली काँग्रेसका पार्टी प्रवक्ता डा.प्रकाश सरण महतको संयोजकत्वमा मिती २०७८ चैत्र २२ गते बसेको बैठकको निणर्य अनुसार बाजुराको बडीमालिका नगरपालिका ७ सीराडी घर भएका विक समेत मनोनित भएका हुन् । नेपाली काँग्रेस साँस्कृतिक समन्वय प्रचार-प्रसार उपसमिति […]
नागरिक रैबार/बाजुरा २३ चैत्र ।नेपाली काँग्रेसका युवा नेता प्रकाश रावलले बडीमालिका नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका नेता रावलले बडीमालिका नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् । नेता रावलले मंगलबार नेपाली काँग्रेसको विधान २०१७ को नवौं संसोधन २०७५ को परिच्छेद ८ को धारा ३२ को उपधारा […]
नागरिक रैबार/बाजुरा २३ चैत्र। नेकपा एमाले बडीमालिका नगर कमिटीले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ३ दिनभित्र वडाका उम्मेदवारहरुको टंगो लगाउने भएको छ । मंगलबार एमालेको पार्टी कार्यालयमा बसेको नगर कमिटीको बैठकले ३ दिनभित्र वडाका उम्मेदवारहरुको छनोट गर्ने बताएको छ । पार्टीले वडा तहमा उम्मेदवार सिफारिस गर्दा कम्तीमा तीन जनाको नाम पठाउन […]
नागरिक रैबार/बाजुरा १८ चैत्र। जिल्ला अस्पताल बाजुरामा आजबाट दुईदिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय, राजपुर डोटीको आयोजना र नेपालगंज मेडिकल कलेज कोहलपुरको प्राविधिक सहयोगमा उक्त शिविर आजबाट जिल्ला अस्पताल बाजुरामा संचालन गरिएको हो । शिविरमा नाक, कान र घाँटी सम्वन्धि निःशुल्क शल्यक्रिया तथा छनौट शिविर संचालन हुने भएको जिल्ला अस्पताल […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन निर्वाचनसम्म कायम रहनेमा दुविधा नरहेको बताएका छन् । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले गठबन्धन एउटा सन्दर्भमा जन्मिएको भन्दै संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि बनाइएको गठबन्धन कायम रहने नरहने भन्नेमा कुनै दुविधा नरहेको बताएका हुन् । ‘निर्वाचन अगाडि छ […]
नागरिक रैबार/बाजुरा १६ चैत्र। जिल्लाको बडीमालिका नगरपालिका वडा न.. ६ जगाङ्गामा रहेको नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयलाई तीन तारे घोषणा गरिएको छ । मंगरबार एक कार्यक्रमका बिच उक्त बिद्यालयलाई तीन तारे घोषणा गरिएको हो । विद्यालयमा स्वच्छ पिउने पानी, उपयुक्त शौचालय र स्वच्छ वातावरण जस्ता चरणहरुमा पुणर्ता भएपछि विद्यालयलाई मंगलबार एक कार्यक्रमका विच तिनतारे घोषणा गरिएको […]
नागरिक रैबार/बाजुरा १६ चैत्र। जिल्ला अस्पताल व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष मानबहादुर कार्कीले जिल्ला अस्पताल बाजुरामा उपचार गर्न आउने विरामीरुलाई १० प्रतिशत छटमा औषधि वितरण गर्ने निर्णय भएको बताएका छन् । बुधबार जिल्ला अस्पताल व्यवस्थापन समितिले गरेकाे पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले जिल्ला अस्पताल बाजुरामा उपचार गर्न आउने विरामीहरुको आर्थिक स्थितिलाइ मध्यनेजर गरेर अस्पतालको फार्मेसीबाट १० प्रतिशत […]
नागरिक रैबार/बाजुरा १६ चैत्र ।नेपाली काँग्रेसका एक कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको २४ घण्टा नपुग्दै आज फेरी आफ्नै पार्टी काँग्रेसमै फर्किएका छन् । हिजो मंगलबार काँग्रेस छाडेर एमाले प्रवेश गरेका बडीमालिका ८ गणखेतका अर्जुन रावल एमाले प्रवेश गरेको २४ घण्टा नपुग्दै आज फेरी काँग्रेसमै फर्किएका हुन् । बडीमालिका नगरपालिका ८ का वडा अध्यक्ष प्रकाश रावलले […]
नागरिक रैबार/बाजुरा १६ चैत्र । बाजुराको बुढीगंगा नगरपालिका वडा नं. १ अम्कोटका स्थानीयबासीले साँफे मार्तडी सडक खण्ड अन्तरगत पर्ने अम्कोटमा सडक अवरुद्ध गरेका छन् । साँफे मार्तडी सडककै कारण अम्कोट बासीका खेतियोग्य जमिन र अम्कोटको बस्तीमा क्षती पुगेको भन्दै त्यहाँका स्थानीयहरुले सडक नै अवरुद्ध गरेका हुन् । सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग साँफे-मार्तडी सडक निर्माणकै […]
नागरिक रैबार/बाजुरा १४ चैत्र। आगलागीबाट जलेर उपचारको क्रममा मृत्यु भएकि बडीमालिका नगरपालिका ३ कि पिप्सेकी फुँगी खड्काको परिवारलाई सामुदायिक वन उपभोक्ता महासंघले आर्थिक सहयोग गरेको छ । एक वर्ष अगाडि सोही वडाको पिप्से टोल नजिकैको घटाल सामुदायिक वनमा आगलागी हुँदा खड्का खड्का जलेर घाईते भएकि थिईन् । आगलागिबाट घाइते भएकि खड्काको उपचारको क्रममा काठमाडौंमा मृत्यु […]
नागरिक रैबार/बाजुरा १४ चैत्र। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बाजुरामा ८२ हजार ६ सय ९० जना मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले आईतबार २०७९ बैशाख सम्म १८ वर्ष पुरा भएका मतदाताहरुको अन्तिम नामावली सार्वजनिक गरेको थियो । जसमध्ये बाजुरामा ४२ हजार १ सय २१ पूरुष रहेका छन् भने ४० हजार […]
नागरिक रैबार/बाजुरा १३ चैत्र।निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र अरु ६७६ जना निर्वाचन अधिकृत तोकेको हो । आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ भने बाँकी रहेका स्थानीय तहमा जिल्ला […]
नागरिक रैबार/बाजुरा १० चैत्र। मार्तडी बजारका व्यापारीहरुले उपभोक्ताबाट खाद्य बस्तुको मुल्यमा मनोमानि तरिकाले रकम लिन थालेको गुनासो बढेपछि बजार अनुगमन गरिएको छ । विहिबार बडीमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टको नेतृत्वमा मार्तडी बजारमा रहेका पसलहरुको अनुगमन गरिएको हो । बजारमा व्यापारीहरुले खाने तेल लगायतका खाद्य बस्तुमा मनोमानि तरीकाले रकम लिन थालेको भनेर नगरपालिकाको गुनासो आएपछि बजार […]
नागरिक रैबार/बाजुरा ९ चैत्र। नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा बडीमालिका मन्दिरमा दर्शन गर्नका लागि बाजुरा आएका छन् । प्रधानसेनापति शर्मा बुधबार विहान नेपाली सेनाको हेलिकप्टर मार्फत बाजुरा आएका हुन् । प्रधान सेनापति शर्माले बडीमालिका मन्दिरमा विहान दर्शन गरेका छन् । त्यस्तै उनले सदरमुकाम मार्तडीमा रहेको दुर्गा भन्जन गुल्मको निरिक्षण समेत गरेका छन् ।
नागरिक रैबार/बाजुरा ८ चैत्र। बाजुरा जिल्लाका विपन्न तथा असाहय १० जना बालवालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । कल्याण फाउण्डेसन अमेरिकाको आर्थिक सहयोग तथा बडीमालिका नगरपालिका र बडीमालिका मिडिया हाउसको समन्वयमा १० जना विपन्न असाहय बालवालिकालाई शैक्षिक सामाग्री गरिएको हो । मंगलबार बडीमालिका नगरपालिकाको सभाहलमा विपन्न बालवालिकालाई लक्षित गरेर छात्रवृती सहयोग शुभारम्भ कार्यक्रम गरिएको बडीमालिका […]
नागरिक रैबार / बाजुरा ४ चैत । जिल्ला अस्पताल बाजुराको व्यवस्थापन समितिको अध्यक्षमा मान बहादुर कार्की नियुक्त भएका छन् । सुदुर पश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पताल बाजुरामा कार्कीलाई अस्पतालको व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरेको हो ।नवनियुक्त अध्यक्ष कार्की बिहिबार नियुक्त भएका हुन । उनले नेकपा समाजबादीका तर्फबाट अध्यक्षका लागि सिफारी भएको बताएका छन […]
नागरिक रैबार/बाजुरा ३ फागुन । बाजुरा सदरमुकाम मार्तडीमा होली खेल्दै गर्दा एकजना युवा माथि खुकुरी प्रहारबाट घाइते भएका छन्। बडिमालिका नगरपालिका– ८का अन्दाजी २३ वर्षीय भरत थापा घाइते भएका हुन्।घाइतेको थापाको हातमा चोट लागेको छ । उनको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ। सदरमुकाम मार्तडीको बीच बजारमा थापामाथि खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहार […]
नागरिक रैबार/बाजुरा ३ फागुन। कालिकोट जिल्लाबाट बाजुरामा व्यवसाय गर्नका लागि ल्याइएका रेन्बो ट्राउट जातका माछा बाटोमै मरेका छन् । बडीमालिका नगरपालिका वडा नं. ६ का विमल साउँदले माछा पालन व्यवसाय गर्नका लागि कालिकोट बाट २ लाख ५० हजार बढी रकम तिरेर खरिद गरी बाजुरा ल्याइएको माछा बाटोमै मरेको बताएका छन् । १ वर्ष अघि बडीमालिका […]
नागरिक रैबार/बाजुरा २ चैत्र। भोलि हिन्दुहरुको होली पर्व हो । होलिमा एकले अर्कालाई रंग दलेर रमाईलो गर्ने गर्छन् । तर पछिल्लो समयमा होली पर्वमा उछ्रिङ्कल गतिविधि हुने भएकाले यसलाई रोक्न प्रहरीले विशेष आग्रह गरेको छ । होली पर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय बाजुराले यहाँका नागरिकलाई सचेत गराएको छ । होलीको दिन उछ्ृंखल गतिविधि नगर्न […]
नागरिक रैबार/बाजुरा २९ फागुन। नेपाली काँग्रेस बाजुराको चुनावी अभियानको सुभारम्भ मार्तडीबाट सूरु गरिएको छ ।घरघर जाऔं, काँग्रेसलाई जिताऔं भन्ने मुल नाराका साथ नेपाली काँग्रेस बाजुराले चुनावी अभियानको सुभारम्भ मार्तडीबाट सूरु गरेको हो । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चुनावी अभिायनको शुभारम्भ बडीमालिका नगरपालिकाको मार्तडीबाट गरिएको काँग्रेस बाजुराले जनाएको छ । नेपाली […]