होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • विपन्न परिवारका बालवालिकालाई शैक्षिक सामाग्री सहयोग
बाजुरा बिशेष

विपन्न परिवारका बालवालिकालाई शैक्षिक सामाग्री सहयोग

  • नागरिक रैबार
विपन्न परिवारका बालवालिकालाई शैक्षिक सामाग्री सहयोग

नागरिक रैबार/बाजुरा ८ चैत्र। बाजुरा जिल्लाका विपन्न तथा असाहय १० जना बालवालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । कल्याण फाउण्डेसन अमेरिकाको आर्थिक सहयोग तथा बडीमालिका नगरपालिका र बडीमालिका मिडिया हाउसको समन्वयमा १० जना विपन्न असाहय बालवालिकालाई शैक्षिक सामाग्री गरिएको हो ।

मंगलबार बडीमालिका नगरपालिकाको सभाहलमा विपन्न बालवालिकालाई लक्षित गरेर छात्रवृती सहयोग शुभारम्भ कार्यक्रम गरिएको बडीमालिका खवरका अध्यक्ष प्रकाश सिंहले बताएका छन् । ८ जना जिल्ला भित्र र २ जना जिल्ला बाहिरका विपन्न असाहय बालवालिकालाई छात्रवृति स्वरुप केही नगद र स्टेशनरी सहयोग गरेर छात्रवृति कार्यक्रमको सुभारम्भ गरिएको हो ।

बडिमालिका मिडिया हावसका प्रकाशन सम्पादक प्रकाश सिंहको अध्यक्षतामा सुभारम्भ गरिएको कार्यक्रमको प्रमुख अथिती बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल रहनुभएको थियो । भने विशिष्ट अथिती नगर उप-प्रमुख कविता विष्ट , प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल रहनुभएको थियो । त्यस्तै कार्यक्रममा बडिमालिका नगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत रंगमल विक, महिला तथा बालबालिका शाखाका प्रमुख केशरी रोकाया लगाएतको सहभागिता रहेको थियो । बडिमालिका खवरका सम्पादक पदम सिंहले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य सोही मिडिया हावसका कार्यकारी सम्पादक लक्ष्मीराज पाध्यायले राख्नुभएको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार