होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • युवा नेता रावलले गरे बडीमालिकाको मेयरमा उम्मेदवारी दर्ता
समाचार

युवा नेता रावलले गरे बडीमालिकाको मेयरमा उम्मेदवारी दर्ता

  • नागरिक रैबार
युवा नेता रावलले गरे बडीमालिकाको मेयरमा उम्मेदवारी दर्ता

नागरिक रैबार/बाजुरा २३ चैत्र ।नेपाली काँग्रेसका युवा नेता प्रकाश रावलले बडीमालिका नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका नेता रावलले बडीमालिका नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।

नेता रावलले मंगलबार नेपाली काँग्रेसको विधान २०१७ को नवौं संसोधन २०७५ को परिच्छेद ८ को धारा ३२ को उपधारा को (क) बमोजिम स्थानीय तह २०७९ बैशाख ३० गतेको निर्वाचनका लागि नेपाली काँग्रेस पार्टीबाट बडीमालिका नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।

विज्ञापन

बडीमालका नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष समेत रहेका नेता रावललाई बडीमालिका नगरपालिकाको मेयर बनाउनका लागि काँग्रेसकै नेता नरबहादुर ऐडी प्रस्तावक र गंगा रावल समर्थक रहेका छन् ।

०७४ को स्थानीय निर्वाचनमा देशभरमै काँग्रेस पार्टीबाट सवै भन्दा कान्छो जनप्रतिनिधिका रुपमा बडीमालिका ८ को वडा अध्यक्षमा विजयी भएका नेता रावल पछिल्लो समयमा युवा पुस्ता माझ लोकप्रिय नेताका रुपमा परिचित छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार