होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • एमाले बडीमालिकाले वडाका उम्मेदवारको टुंगो लगाउँदै
समाज

एमाले बडीमालिकाले वडाका उम्मेदवारको टुंगो लगाउँदै

  • नागरिक रैबार
एमाले बडीमालिकाले वडाका उम्मेदवारको टुंगो लगाउँदै

नागरिक रैबार/बाजुरा २३ चैत्र। नेकपा एमाले बडीमालिका नगर कमिटीले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ३ दिनभित्र वडाका उम्मेदवारहरुको टंगो लगाउने भएको छ । मंगलबार एमालेको पार्टी कार्यालयमा बसेको नगर कमिटीको बैठकले ३ दिनभित्र वडाका उम्मेदवारहरुको छनोट गर्ने बताएको छ ।

पार्टीले वडा तहमा उम्मेदवार सिफारिस गर्दा कम्तीमा तीन जनाको नाम पठाउन भनेको भएपनि कतिपय वडाबाट ५ जना बढीले एउटै पदमा आकांक्षा राखेकोले वडाका उम्मेदवार छनोट गर्न ढिलाई भएको बताईएको छ । नगर कमिटी अध्यक्ष धर्मराज पाध्यायले यस अघि नगर भित्रका ९ वटै वडाबाट आएका उम्मेदवारहरुको सिफारिसमा मंगलबार बसेको बैठकमा प्रारम्भिक छलफल समेत भएको बताएका छन् ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्येनजर गरेर एमाले बडीमालिका नगर कमिटीले मंगलबार मार्तडीमा चुनाव केन्द्रित व्यापक छलफल समेत गरेको छ । एमाले बडीमालिका नगर कमिटीले आफ्ना चुनावी एजेण्डा लिएर नगरका ९ वटै वडामा चुनाव केन्द्रित प्रशिक्षण भेला तथा जनतासंग प्रत्येक्ष भेट गरिसकेको छ ।

विज्ञापन

एमाले बाजुराका गाउँ तथा नगर कमिटीहरुले यस नै केही ठाउँमा सर्वसम्मत उम्मेदवार छनोट गरिसकेको छ । जसमध्ये अहिलेसम्म गौमुल गाउँपालिका १,२,३,४ र बुढीगंगा नगरपालिका वडा नं. २ मा सर्वसम्मत तरिकाले वडाका उम्मेदवारहरु छनोट गरिसकेको छ ।

अध्यक्षको आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै बाजुरामा चुनावी सरगर्मी निक्कै बढेको छ । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै बाजुरामा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीले चुनावी प्रचार प्रसार सहित उम्मेदवार छनोट गर्ने कामलाई समेत तिव्र रुप्मा अगाडी बढाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार