होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • गठबन्धन कायम रहनेमा दुविधा छैन,अर्थतन्त्र सुधार्न उपाय निकाल्छौ : प्रचण्ड
बडीमालिका

गठबन्धन कायम रहनेमा दुविधा छैन,अर्थतन्त्र सुधार्न उपाय निकाल्छौ : प्रचण्ड

  • नागरिक रैबार
गठबन्धन कायम रहनेमा दुविधा छैन,अर्थतन्त्र सुधार्न उपाय निकाल्छौ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन निर्वाचनसम्म कायम रहनेमा दुविधा नरहेको बताएका छन् । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले गठबन्धन एउटा सन्दर्भमा जन्मिएको भन्दै संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि बनाइएको गठबन्धन कायम रहने नरहने भन्नेमा कुनै दुविधा नरहेको बताएका हुन् ।

‘निर्वाचन अगाडि छ र गठबन्धनकै रुपमा जाने भन्नेतिर नै हामी प्रस्टै छौ’ अध्यक्ष प्रचण्डले भने, ‘नेपाली काँग्रेसको कार्यसमितिले के गर्ला भन्ने थियो । काँग्रेस कार्यसमितिको पनि करिब करिब गठबन्धन कायम राखेर जाने भन्ने भइसकेपछि त्यसमा अब हामीभित्र दुविधा छैन ।’ उनले निर्वाचनमा वर्तमान सत्ता गठबन्धन मिलेरै जाने भन्दै आउने निर्वाचनलाई शान्तिपूर्ण स्वच्छ, निष्पक्ष रुपले सम्पन्न होस् र परिणामले राजनीतिक स्थायित्वलाई राष्ट्रिय एकतालाई प्रवद्धन गर्न मद्दत गरोस् भन्ने गठबन्धनको चाहाना रहेको बताए ।

अध्यक्ष प्रचण्डले माओवादी केन्द्र प्रत्येक संकट मोचनको भूमिका खेल्नुपर्ने अवस्थामा रहदै आएपनि त्यहीअनुसार सबैले माओवादीलाई स्वीकार्ने अवस्था नहुनु विचित्रका रुपमा व्याख्या गरे । ‘तर त्यहीअनुसार सबैले स्वीकार गर्न नसक्ने बडो विचित्रको अवस्थामा छ । शान्ति सम्झौता, निर्वाचन हुँदै अहिले एमसीसीसम्म आउँदा पनि देशलाई राजनीतिक अप्ठ्यारोबाट बचाउनेमा माओवादी केन्द्र नै अग्रसर छ’, प्रचण्डको भनाइ छ ।

विज्ञापन

उनले माओवादीले खेलेको यही भूमिकाका कारण जनतामा फेरि माओवादीप्रति आकर्षण बढेको दावी गरे । ‘संविधान, समावेशी समानुपातिकको रक्षा गर्ने माओवादी नै रहेछ भन्ने बुझाई जनतामा देख्छु’, प्रचण्डको भनाइ छ । उनले नेपालको अर्थतन्त्रमा देखिएको संकटबारे पनि चर्चा गरे । ‘नेपालमा केही आफ्नै प्रकृतिका समस्या छन्,अन्तराष्ट्रिय कारणले पैदा भएका समस्या, राष्ट्रिय कारणले पैदा भएका समस्या, नीतिको कमजोरीका कारणले पैदा भएका समस्या या विविध कारणले आएका समस्याको समिक्षा गर्यो भने सम्हाल्न सकिने ठाउँमै छ’, प्रचण्डको भनाइ छ । उनले नेपालको आर्थिक अवस्था सम्हाल्न नसकिने अवस्थामा नपुगेको दावी पनि गरे ।

‘मैले केही अर्थविदहरुसँग छलफल पनि गरिरहेको छु । नेपालको अर्थतन्त्रलाई दुर्घटनाबाट बचाउन समयमै उपाय खोज्नुपर्ने हुन्छ । अर्थतन्त्र डरलाग्दो त होइन तर गम्भीर समिक्षा गरिएन र नियन्त्रणका उपाय अवलम्बन गरिएन भने भोलि अप्ठेरो स्थिति आउनसक्छ ।’

उनले यसबारे प्रधानमन्त्रीसँग पनि आफुले कुरा गरेको भन्दै राजनीतिक गठबन्धनको तर्फबाट पनि समस्याको समाधान गर्ने पहल भइरहेको बताए । ‘हामी उपाय निकाल्छौ र यो स्थितिलाई सम्हाल्छौ’, प्रचण्डको दावी छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार