होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा ८२ हजार बढी मतदाता, ५ वर्षमा १७ हजार थप
समाचार

बाजुरामा ८२ हजार बढी मतदाता, ५ वर्षमा १७ हजार थप

  • नागरिक रैबार
बाजुरामा ८२ हजार बढी मतदाता, ५ वर्षमा १७ हजार थप

नागरिक रैबार/बाजुरा १४ चैत्र। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बाजुरामा ८२ हजार ६ सय ९० जना मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले आईतबार २०७९ बैशाख सम्म १८ वर्ष पुरा भएका मतदाताहरुको अन्तिम नामावली सार्वजनिक गरेको थियो ।

जसमध्ये बाजुरामा ४२ हजार १ सय २१ पूरुष रहेका छन् भने ४० हजार पाँच सय ६९ महिला मतदाता रहेका छन् । यस अघि २०७४ सालमा ६४ हजार ९ सय ५० जना मतदाता रहेका थिए भने पाँच वर्षको अवधिमा १७ हजार ७ सय ४० मतदाता थप भएका छन् ।

आयोगले सार्वजनिक गरेको नामावलीमा बाजुराका ९ वटै स्थानीय तहमध्ये सबै भन्दा बढी बढुीगंगा नगिपानलकामा १३ हजार ६५६ मतदाता रहेका छन् भने सबै भन्दा कम मतदाता जगन्नाथ गाउँपालिकामा ५ हजार ४७७ रहेका छन् ।

विज्ञापन

No description available.

त्यस्तै बडीमालिका नगरपालिमा ९ हजार सात सय ३५, त्रिवेणी नगरपालिमा ११ हजार पाँच सय ११, बुढीनन्दा नगरपालिमा १० हजार ८ सय ७२, स्वामीकार्तिक खापर गाउँपालिमा ७ हाजर ४ सय २७, हिमाली गाउँपालिकामा, ६ हजार ७१, खप्तड छेडेदह गाउँपालिमा ११ हजार ८ सय ९५ र गौमुल गाउँपालिकामा ६ हजार ४६ मतदाता रहेका छन् ।

त्यस्तै आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ७० वटा मतदानस्थल र १ सय १२ वटा मतदान केन्द्र कायम भएका छन् । २०७४ को स्थानीय चुनावमा मतदानस्थल ७० थिए भने मतदान केन्द्र ९२ मात्र थिए । आगामी स्थानीय चुनावका लागि भने २० वटा मतदान केन्द्र थपिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार