होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, चैत्र २४, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दैनिक उपभोग्य बस्तुको मुल्यमा वृद्धि गरेपछि मार्तडी बजार अनुगमन
समाचार

दैनिक उपभोग्य बस्तुको मुल्यमा वृद्धि गरेपछि मार्तडी बजार अनुगमन

  • नागरिक रैबार
दैनिक उपभोग्य बस्तुको मुल्यमा वृद्धि गरेपछि मार्तडी बजार अनुगमन

नागरिक रैबार/बाजुरा १० चैत्र। मार्तडी बजारका व्यापारीहरुले उपभोक्ताबाट खाद्य बस्तुको मुल्यमा मनोमानि तरिकाले रकम लिन थालेको गुनासो बढेपछि बजार अनुगमन गरिएको छ । विहिबार बडीमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टको नेतृत्वमा मार्तडी बजारमा रहेका पसलहरुको अनुगमन गरिएको हो ।

बजारमा व्यापारीहरुले खाने तेल लगायतका खाद्य बस्तुमा मनोमानि तरीकाले रकम लिन थालेको भनेर नगरपालिकाको गुनासो आएपछि बजार अनुगमन गरिएको नगर उप प्रमुख तथा अनुगमन टोलीकी संयोजक कविता विष्टले बताएकी छन् ।

मार्तडी बजारका होलसेल विक्रेता व्यापारी र अन्य खुद्रा व्यापारीको पसलहरुमा बजार अनुगमन गर्दा १५ हजार बढीको अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको छ ।अनुगमनमा चिउरा, जिरा, मिठाई लगायतका सामग्री बरामद गरिएको हो । नगरपालिकाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बाजुरा, घरेलु तथा साना उद्योग विकास कार्यालय प्रहरी र पत्रकारले अनुगमन गरेका हुन् ।

विज्ञापन

No description available.

जिल्लाका मुख्य व्यापारिक केन्द्रमा पछिल्लो समयमा कालो बजारी हुदै आएको छ । डिजेल र पेट्रोलको मुल्य वृद्धि भएसंगै जिल्लामा दैनिक उपभोग्य वस्तुको मुल्य बढेको पाइएको छ । दैनिक उपभोग्य वस्तुमा मुल्य वृद्धि भएपछि सर्वसाधारण मारमा परेका छन् । दैनिक रुपमा उपभोग्य वस्तुको मुल्य वृद्धि हुन थालेपछि नगरपालिकाले आफ्नो कार्य क्षेत्रमा पर्ने बजारका पसलहरुको अनुगमन गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै