होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, चैत्र २४, २०८०
जोडिनुहोस
  • होमपेज
  • खप्तड छेडेदह
  • बाजुराका ९ वटै स्थानीय तहमा तोकिए निर्वाचन अधिकृत (नामसहित)
खप्तड छेडेदह

बाजुराका ९ वटै स्थानीय तहमा तोकिए निर्वाचन अधिकृत (नामसहित)

  • नागरिक रैबार
बाजुराका ९ वटै स्थानीय तहमा तोकिए निर्वाचन अधिकृत (नामसहित)

नागरिक रैबार/बाजुरा १३ चैत्र।निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र अरु ६७६ जना निर्वाचन अधिकृत तोकेको हो ।

आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ भने बाँकी रहेका स्थानीय तहमा जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरु र निजामती सेवाका उपसचिवहरु रहने गरी निर्वाचन अधिकृत तोकेको हो ।

यसै गरी बाजुरामा जिल्लाका ९ वटा स्थानीय तह मध्ये ८ वटा पालिकामा पनि निर्वाचन अधिकृत तोकिएका छन् ।जसमध्ये बाजुराको गौमुल गाउँपालिकामा शान्तीबहादुर बस्नेत, खप्तड क्षेडेदहमा लक्ष्मणबहादुर कठायत, त्रिवेणी नगरपालिकामा पुष्पराज पाण्डे, जगन्नाथ गाउँपालिका कृष्ण थापा, बुढीगंगा नगरपालिका निरन्जन स्थापित, स्वामीकार्तिक खापर गाउँपालिका शिवहरी सुवेदी, बुढीनन्दा नगरपालिका गोकणर् प्रसाद उपाध्याय, हिमाली गाउँपालिका गम्भिर राना मगरलाई तोकिएको हुन् । स्थानीय तह निर्वाचन आगामी बैशाख ३० गते हुँदै छ ।

विज्ञापन

May be an image of text

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै