होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विरामीलाई १० प्रतिशत छुटमा औषधि दिन्छाै: अध्यक्ष कार्की
समाचार

विरामीलाई १० प्रतिशत छुटमा औषधि दिन्छाै: अध्यक्ष कार्की

  • नागरिक रैबार
विरामीलाई १० प्रतिशत छुटमा औषधि दिन्छाै: अध्यक्ष कार्की

नागरिक रैबार/बाजुरा १६ चैत्र। जिल्ला अस्पताल व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष मानबहादुर कार्कीले जिल्ला अस्पताल बाजुरामा उपचार गर्न आउने विरामीरुलाई १० प्रतिशत छटमा औषधि वितरण गर्ने निर्णय भएको बताएका छन् ।

बुधबार जिल्ला अस्पताल व्यवस्थापन समितिले गरेकाे पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले  जिल्ला अस्पताल बाजुरामा उपचार गर्न आउने विरामीहरुको आर्थिक स्थितिलाइ मध्यनेजर गरेर अस्पतालको फार्मेसीबाट १० प्रतिशत छटमा औषधि वितरण गर्ने निर्णय भएको बताएका हुन् ।

जिल्ला अस्पताल बाजुरामा हाल ७० प्रकारका औषधीहरु निशुल्क पाउने र त्यस बाहेका औषधीहरु अस्पतालको फार्मेसीबाट किन्दा १० प्रतिशत छुटमा वितरण गर्ने निणर्य गरेको उनले बताएका छन् ।

विज्ञापन

जिल्ला अस्पताल व्यवस्थापन समितिमा नयाँ समिति आएसंगै हिजो पहिलो बैठक बसेको थियो । जिल्ला अस्पताल बाजुरामा मानबहादुर कार्की नेतृत्वको नयाँ व्यवस्थापन समिति आएसंगै अस्पतालमा दैनिक आउने विरामीहरुको आर्थिक स्थितिलाई मध्येनजर गर्दै अस्पतालको फामेशीबाट १० प्रतिशत छुटमा औषधि दिने निणर्य भएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताएका छन् ।

करिव ६ महिनादेखि अस्पताल व्यवस्थापन समितिमा नयाँ पदाधिकारी नियुक्त भएका थिएनन् । जिल्ला अस्पताल बाजुरामा मानबहादुर कार्की अध्यक्षमा नियुक्त भएर आएसंगै अस्पतालमा बसेको व्यवस्थापन समितिको पहिलो बैठकबाटै विरामीहरुलाई औषधिको मुल्यमा १० प्रतिशत छुट दिने निणर्य गरेपछि यहाँका गरिव जनतालाई सहज हुने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार