होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आगलागीबाट मृत्यु भएकी खड्काको परिवारलाई आर्थिक सहयोग
समाचार

आगलागीबाट मृत्यु भएकी खड्काको परिवारलाई आर्थिक सहयोग

  • नागरिक रैबार
आगलागीबाट मृत्यु भएकी खड्काको परिवारलाई आर्थिक सहयोग

नागरिक रैबार/बाजुरा १४ चैत्र। आगलागीबाट जलेर उपचारको क्रममा मृत्यु भएकि बडीमालिका नगरपालिका ३ कि पिप्सेकी फुँगी खड्काको परिवारलाई सामुदायिक वन उपभोक्ता महासंघले आर्थिक सहयोग गरेको छ ।

एक वर्ष अगाडि सोही वडाको पिप्से टोल नजिकैको घटाल सामुदायिक वनमा आगलागी हुँदा खड्का खड्का जलेर घाईते भएकि थिईन् । आगलागिबाट घाइते भएकि खड्काको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको थियो ।

आगलागीबाट जलेर घाईते भई उपचारको क्रममा मृत्यु भएकी खड्काको परिवारलाई सामुदायिक वन उपभोक्ता महासंघद्धारा विमा कार्यक्रम अन्तरगत राहात स्वरूप १ लाख रकम सहयोग गरिएको सामुदायिक वन उपभोक्ता महासंघ बाजुराकी सचिव  सिता बराल थापाले बताएकी छिन् ।

विज्ञापन

May be an image of 8 people and people standing

मृतकका परिवारलाई थोरै भएपनि घाउमा मलम पुगोस भन्ने उद्देश्यले सो राहात रकम सहयोग गरिएको सचिव थापाले बताईन् ।आगलागीबाट मृत्यु भएकी फुँगी खड्काको परिवारलाई सोमबार बडीमालिका नगरपालिकामा एक कार्यक्रमका विच नगरप्रमुख पदम बडुवाल मार्फत उक्त रकम हस्तान्त्रण गरिएको हो । आगलागिबाट मृत्यु भएकी ४५ वर्षिया फुँगी खड्काका १ छोरा २ छोरी छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार