होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कालिकोटबाट बाजुरा ल्याईएका माछा बाटोमै मरेपछि..
समाचार

कालिकोटबाट बाजुरा ल्याईएका माछा बाटोमै मरेपछि..

  • नागरिक रैबार
कालिकोटबाट बाजुरा ल्याईएका माछा बाटोमै मरेपछि..

नागरिक रैबार/बाजुरा ३ फागुन। कालिकोट जिल्लाबाट बाजुरामा व्यवसाय गर्नका लागि ल्याइएका रेन्बो ट्राउट जातका माछा बाटोमै मरेका छन् । बडीमालिका नगरपालिका वडा नं. ६ का विमल साउँदले माछा पालन व्यवसाय गर्नका लागि कालिकोट बाट २ लाख ५० हजार बढी रकम तिरेर खरिद गरी बाजुरा ल्याइएको माछा बाटोमै मरेको बताएका छन् ।

१ वर्ष अघि बडीमालिका नगरपालिकाको वडा नं. ६ को विरेखोला झरना नजिकै १५ लाख बढी रकम खर्च गरेर उनले माछा पालन व्यवसायका लागि फर्म निर्माण गरेका थिए ।
फर्म निर्माणपछि विमल आफै माछा खरिद गर्न कालिकोट पुगेका थिए । कालिकोटबाट खरिद गरेर ल्याएका माछा गाडिमा ल्याउँदै गर्दा बाटोमा मरेपछि उनको व्यवसायमा ठुलो क्षती पुगेको छ ।

उनले भने आफ्नो ठाउँमा कृषि कर्म गरेर खानुपर्छ भनेर गाउँमा फर्किएको थिए । बजारमा माछाको माग अत्याधिक बढ्दो देखेपछि माछा पालन व्यवसायलाई अगाडि बढाउन थालेका थिए । तर पनि हिम्मत हारेको छैन् उनले भने माछा मरेका भएपनि व्यवसायलाई यथावत राख्न अझै माछा खरिद गरेर ल्याउने छु ।

विज्ञापन

अव आफ्नै ठाँउमा केहि गर्नुपर्छ भनेर विक्रम तरकारी फलफुल तथा रेम्वोक्रराड माछा फम खोलेको बताए । उनको एउटै उदेस्य थियो, सुदुरप्रश्चिमकै ठुलो रेम्वोक्रराड माछा पाल्ने र व्यवासायी बन्ने । तर त्यो उदेस्य पुरा हुन सकेन बिडम्वना । उनले आसु झार्दै भने यस्तो बिडम्ना त कसैलाई नपरोस् , २० लाख भन्दा बढि लगानी गरेर माछा पोखरी निर्माण गरौं, तर त्यो पोखरीमा माछा हाल्न नपाउदै माछा विच बोटोमा अस्ताएको दुखेसो गरे । रेम्वोक्रराड माछा ल्याउनको लागी कालिकोट बिमल साँउद पु्गे । त्यहाँबाट ति माछाहरु पनी ल्याए ।

दुई कुइनटल ५० केजी माछा पोखरीमा राख्न नपाउर्दै बिच बाटोमा मरेका थिए । कस्तो विडम्वना । विदेशबाट दुख पाएर नेपालमै केही गर्नुपर्छ भनेर घर आएका बिमल साँउद मन हारेका छैनन् । साँउद भन्छन् विदेशबाट घर फर्किने बेला घरबाट पैसा पठाई दिएपछी घर आए । पासमा पैसा थिएन् उनको पिडा, ति दुखका पलहरुलाई आत्मसाथ गर्दै साँउसंग रिण निकालेर माछा पोखरीको व्यवसाय गरे ।
तर त्यो व्यवसायबाट पनी लात हानेको अनुभव उनले गरेका छन् ।

साँउदले भने यस्तो पिडा कसैलाई आईंनपरोस् । उनले भने कुनै सहयोगी निकायबाट सहयोग गरिदिन आग्रह समेत गरेका छन् । सोही फमका संचालक बिमलका दाई बिक्रम साँउद भन्छन्, माछा पालनलाई सुदुरप्रश्चिमकै नमुना फम बनाउन पर्छ भन्ने उनको उदेस्य थियो तर पुरा भएन । बडिमालिका नगरपालिका र भेटेनरी कार्यालयबाट पोखरी निर्माणका लागी ५ लाख आर्थिक सहयोग पाएको बताएका छन् । बाँकी १५ लाख रुपैया आफ्नै लगानी खर्च गरेको उनको भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार