होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २६ माघ।जिल्ला अस्पताल बाजुरामा आजबाट आँखा, कान र अपाङगता सम्वन्धि ३ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । गोर्खा वेल्फेयर ट्रस्ट नेपाल पोखराको आयोजनामा जिल्ला अस्पताल बाजुरा र बडीमालिका नगरपालिकाको समन्वयमा सो शिविर आजबाट संचालन भएको अस्पताल व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष दावा गुरुङ (भोटे) ले बताएका छन् । ३ दिन सम्म संचालन […]
नागरिक रैबार/बाजुरा २६ माघ।जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सूर्यबहादुर थापाको सरुवा भएको छ । गएको जेठ महिनाको १५ गते बाजुराको डिएसपीको कमाण्ड सम्हाल्न आएका थापाको करिव ९ महिनापछि बाजुराबाट सरुवा भएको हो । थापाको बाजुराबाट नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनमा काज सरुवा भएको हो । थापाको बाजुराबाट सरुवा भएपछि बाजुराको डिएसपीको रुपमा कविन्द्र बोहराले सम्हाल्ने […]
नागरिक रैबार/बाजुरा २५ माघ। बडीमालिका नगरपालिकामा आजबाट राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सूरु हुने भएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, विद्यार्थीहरुको सर्वाङगीण विकासका लागि खेलकुद भन्ने मुल नाराका साथ उक्त प्रतियोगीता आजबाट सूरु हुन् लागेको हो । बडीमालिका नगरपालिकाको आयोजना र मालिका माविको व्यवस्थापनमा आजदेखि सो प्रतियोगिता गर्न लागिएको हो ।प्रतियोगिता सदरमुकाम […]
नागरिक रैबार/बाजुरा २४ माघ।जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर २ मा रहेको सत्यवादी मावि भौनेरामा अध्ययनरत विपन्न विद्यार्थी र वडाका जेष्ठ नागरिक, एकल महिला, अपाङलाई न्यानो लुगा वितरण गरिएको छ । बडीमालिका नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष डम्बर महतको पहल तथा गोदावरी पूर्व विद्यार्थी संघ काठमाण्डौंको सहयोगमा सत्यवादी मावि भौनेरामा अध्ययनरत ३४५ जना विद्याथी, […]
नागरिक रैबार/बाजुरा २० माघ। बाजुराको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माविमा कार्यरत शिक्षक उत्तमराज जोशीको विदाई गरिएको छ । २०७२ साल पौष ५ गतेदेखि मालिका नमुना माविमा मावि तहको स्थायी शिक्षक दरबन्दीमा कार्यरत रहेका शिक्षक जोशीको आज एक औपचारिक कार्यक्रमका विच भव्य रुपमा विदाई गरिएको मालिका नमुना माविका प्राचार्य शुभराज पाध्यायले बताएका छन् । शिक्षक जोशीले […]
नागरिक रैबार/बाजुरा २० माघ। जिल्ला अस्पताल बाजुराको कार्यालय प्रमुखमा एमडिजिपि डाक्टर प्रेरित देवकोटालाई नियुक्त गरिएको छ । एमडिजिपि समेत रहेका डाक्टर देवकोटालाई आजबाट जिल्ला अस्पताल बाजुराको कार्यालय प्रमुखको जिम्मेवारी दिईएको जिल्ला अस्पताल व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष दावा गुरुङले बताएका छन् । उनका अनुसार यस अघि कार्यालय प्रमुखको जिम्मवारी डाक्टर मिलन जोशीले सम्हाल्दै आएका थिए । […]
नागरिक रैबार/बाजुरा १९ माघ। प्रेस चौतारी नेपाल बाजुराले आफ्नो २५ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । मंगलबार बसेको प्रेस चौतारी बाजुराको बैठकले स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाउने निणर्य गरेको हो । प्रेस चौतारी नेपाल बाजुराले स्थापना दिवस यहीँ माघ २२ गते बाजुराको समग्र विकासका लागि जिल्लाका ९ वटै स्थानीय तहका […]
नागरिक रैबार/बाजुरा १८ माघ। बाजुरामा चोरी मुद्धामा फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बडीमालिका नगरपालिका वडा नम्बर ७ का २५ वर्षका नरदेव जैशी रहेका छन् । जैशीलाई जिल्ला अदालत बाजुराले चोरी मुद्दामा १ महिना १२ दिन कैद र नगद २ हजार जरीवाना तोकेको थियो । अदालतको फैसला पछि फरार रहेका जैशीलाई […]
नागरिक रैबार/बाजुरा १२ माघ। बाजुराकाे हिमाली गाउँपालिकाकाे विच्छ्याँलाई केन्द्र विन्दु बनाएर मंगलबार गएकाे भुकुम्पका कारण गाैमुल गाउँपालिका २ कि ३२ वर्षकी जमुना राेकायाकाे मृत्यु भएकाे थियाे भने ३ जना घाईते भएका छन् । घाईते हुनेमा बडीमालिका २ कि ४५ वर्षकी चन्द्रा महत, गाैमुल २ का राजदल बाेहरा र हिमालीकी सरिता नेपाली रहेकी छन् । त्यस्तै […]
नागरिक रैबार/ बाजुरा ७ माघ। बाजुराकाे सदरमुकाम मार्तडीमा खुला ब्याडमिन्टन प्रतियोगिता संचालन गरिएकाे छ । जेवि मिडिया प्रालिकाे साताैं वार्षिकोत्सबकाे अवसरमा उक्त प्रतियाेगिता आजबाट मार्तडीमा संचालन गरिएकाे हाे । प्रतियोगिताकाे एक औपचारिक कार्यक्रमका विच निवर्तमान माननीय लालबहादुर थापाले उद्घाटन गरेका छन् । उद्घाटनमा बाेल्दै निवर्तमान माननीय थापाले स्वास्थ्यका लागि खेलकुद अनिवार्य भएकाेले खेलमा सहभागी टिमलाई […]
नागरिक रैबार/बाजुरा ६ माघ। बाजुराको बडीमालिका नगरपालिका वडा न ७ मा एक दिने आखा आँखा कान र अपाङ्गता सम्वन्धिको एक दिने स्वास्थ्य शिबिर सम्पन्न भएको छ । वडा कार्यालय बडीमालिका नगरपालिका स्वास्थ्य शाखाको आयोजना र गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक सहयोगमा सो शिबिर सम्पन्न भएको वडा अध्यक्ष तथा नगर प्रबक्ता धर्मराज पाध्यायले बताएका छन । वडामै […]
नागरिक रैबार/बाजुरा २९ पुस। बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडीमा रहेको समता स्कुललाई कक्षा १ देखि ५ सम्म संचालन गर्न अनुमति दिएको छ । बडीमालिका नगरपालिकाको १२ औं अधिवेशनबाट समता स्कुललाई कक्षा १ देखि ५ सम्म संचालनका लागि अनुमति दिने निणर्य गरेको पत्रकार सम्मेलन मार्फत नगर प्रवक्ता धर्मराज पाध्यायले बताएका छन् । समता एजुुकेशन पाउण्डेसनद्धारा संचालनमा रहेको […]
नागरिक रैबार/बाजुरा २९ पुस । बाजुराको बडीमालिका नगरपालिकाको दोस्रो नगर सभा तथा १२ औं अधिवेशन सम्पन्न भएको छ । नगर प्रमुख अमर खड्काको अध्यक्षतामा संचालन गरिएको नगरको १२ औं अधिवेशनले १२ वटा निर्णयहरु पारित गर्दै नगर अधिवेशन सम्पन्न गरेको हो । बडिमालिका नगरपालिकाको नगरसभाको १२औं अधिवेशनको निर्णय हरु: निर्णय नं.-१ आर्थिक बर्ष २०८०/०८१मा बडिमालिका गरपालिकाबाट […]
नागरिक रैबार/बाजुरा २७ पुस। बाजुराका एक युवाको भारतमा मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका वडा नम्वर ४ रिला घर भएका अन्दाजी २५ वर्षिया दलबहादर उखेडा रहेका छन् । रोजगारीको शिलसिलामा भारतमा काम गर्दै आएका उखेडाको मंगलबार साँझ स्कुटर दुर्घटनामा परेर मृत्यु भएको उनका आफन्तले शंकर उखेडाले बताएका छन् । आफन्तका अनुसार आजै उनको […]
नागरिक रैबार/बाजुुरा २३ पुस । जिल्लाको बडीमालिका नगरपालिकाले बाजुरा कारागारका कैदीबन्दीलाई खेलकुदका सामग्री सहयोग गरेको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काको समन्वय र बडीमालिका नगरपालिकाको आर्थिक सहयोगमा कारागारमा रहेका कैदी बन्दीलाई खेलकुदका सामग्री सहयोग गरिएको हो । बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल विकका अनुसार कैदीबन्दीलाई २ वटा भलिबल, २ वटा क्यारेम बोर्ड, […]
नागरिक रैबार/बाजुरा १७ पुस। कृषि ज्ञान केन्द्र बाजुराले बडीमालिकाका कृषकहरुलाई आलुको विउ वितरण गरेको छ । ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा नगरपालिकाको ८ र ९ का आलु खेती गर्ने कृषकहरुलाई हिउँदे आलुको बीउ वितरण गरेको हो । ज्ञान केन्द्रले बडीमालिका ८ र ९ का १ हजार बढी कृषकहरुलाई ५० प्रतिशत अनुदानमा आलुको विउ वितरण गरेको […]
नागरिक रैबार/बाजुरा १५ पुस।बाजुराको सदरमुकाम मार्तडीमा अहिले धमाधम नयाँ घरहरू निर्माण भईरहेका छन् । सदरमुकाम पछिल्लो समय पक्की घर निर्माण हुने क्रम जारी छ । बजारमा घर निर्माण गर्ने अधिकाँश घरधनिहरूले घर बनाउनका लागि खनेको माटो उठाएर सडकमा यत्रतत्र फाल्ने गरेका छन् । सदरमुकाम मार्तडीको मुख्य राजमार्गको सडकमा घरधनीहरूले सडक नै अवरोध हुने गरि माटो […]
नागरिक रैबार/बाजुरा १४ भाद्र। बाजुराको बडीमालिका नगरपालिकामा महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कोइकाको आर्थिक सहयोग तथा गुडनेवर्स इन्टरनेश्नलको आर्थिक सहयेग तथा किर्डाक र पीसविन नेपालको आयोजनामा सो गोष्ठीको आयोजना गरिएको हो । बडिमालिका नगरपालिकाका जनप्रतिनिधी नगरपालिकाका शाखाका प्रमुख तथा प्रतिनिधीहरुको किशोरी, महिला स्वास्थ्य स्वमसेविका र बिद्यालय ब्यबस्थापन समिति लगायत […]
नागरिक रैबार/बाजुरा ८ पुस। बाजुरामा भुवा पर्व सुरू भएको छ । बाजुरा, बझाङ, अछामलगायत जिल्लामा मनाइने भुवा पर्व प्रत्येक वर्ष पुसे औँसीको अघिल्लो दिनदेखि सुरू भएको हो । पाण्डव र कौरवबीचको लडाइँ सकिएपछि पाण्डवको विजयसँगै खुसीयाली मनाएको दिनलाई स्मरण गर्दै बाजुराका विभिन्न स्थानमा भुवा खेल्ने गरिन्छ । पर्वमा महाभारतका पाण्डव र कौरवको युद्धका बेला पाण्डवको […]
नागरिक रैबार बाजुरा २ पुस । नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले आज ४ बजे देखि बाजुरामा अनिश्चितकालका लागि यातायात सेवा बन्द गर्ने भएकाे छ । अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन दिप अयडीका हत्यारालाई १ महिना वित्न लाग्दा समेत प्रहरीले पक्राउ गर्न नसकि चरम लापरबाही गरेकाेले यातायात सेवा अनिश्चितकालका लागि बन्द गर्न लागेकाे अनेरास्ववियुका सचिवालय […]