होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • मार्तडीमा सडक नै अवरोध हुनेगरि माटो यत्रतत्र फालिदै
बाजुरा बिशेष

मार्तडीमा सडक नै अवरोध हुनेगरि माटो यत्रतत्र फालिदै

  • नागरिक रैबार
मार्तडीमा सडक नै अवरोध हुनेगरि माटो यत्रतत्र फालिदै

नागरिक रैबार/बाजुरा १५ पुस।बाजुराको सदरमुकाम मार्तडीमा अहिले धमाधम नयाँ घरहरू निर्माण भईरहेका छन् । सदरमुकाम पछिल्लो समय पक्की घर निर्माण हुने क्रम जारी छ । बजारमा घर निर्माण गर्ने अधिकाँश घरधनिहरूले घर बनाउनका लागि खनेको माटो उठाएर सडकमा यत्रतत्र फाल्ने गरेका छन् ।

सदरमुकाम मार्तडीको मुख्य राजमार्गको सडकमा घरधनीहरूले सडक नै अवरोध हुने गरि माटो फालेपछि दुर्घटनाको जोखिम बढेको छ ।

राजमार्गको सडक क्षेत्रमा यसरी बजारबाट ल्याईएको माटो जथाभावी फालेपछि सवारीसाधन संचालनमा समस्या भएको यातायात व्यवसायीहरूले बताएका छन् ।

विज्ञापन

राजमार्गको सडक क्षेत्रमा सडकलाई अवरोध हुने गरी कुनैपनि सामाग्री राख्न पाईदैन् । तर बाजुरामा भने सडक नै अवरोध हुने गरी घर निर्माण देखि लिएर व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्ने सामाग्रीहरु राख्ने गरिएका छन् ।

एकातिर साँघुरो सडक, अर्कोतिर सडक नै अवरोध हुने गरि बजारबाट माटो ल्याएर जथाभावी फाल्दा समेत प्रशासन कार्यालय बेखबर बनेको यातायात व्यवासायीले गुनासो गरेका छन् ।

मार्तडी बजार भित्रका सडकहरुमा समेत घरधनी र व्यापारीहरुले सडक नै कव्जा हुने गरी निर्माणका सामाग्रीहरु राख्ने गरेका छन् । एकातिर सडकमै सवारी साधानहरु पार्किङ गरेर राखेपछि दुर्घटनाको जोखिम् बढ्दै गएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार