होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • बाजुराका कैदीबन्दीलाई खेलकुद सामाग्री सहयोग
बडीमालिका

बाजुराका कैदीबन्दीलाई खेलकुद सामाग्री सहयोग

  • नागरिक रैबार
बाजुराका कैदीबन्दीलाई खेलकुद सामाग्री सहयोग

नागरिक रैबार/बाजुुरा २३ पुस । जिल्लाको बडीमालिका नगरपालिकाले बाजुरा कारागारका कैदीबन्दीलाई खेलकुदका सामग्री सहयोग गरेको छ ।

बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काको समन्वय र बडीमालिका नगरपालिकाको आर्थिक सहयोगमा कारागारमा रहेका कैदी बन्दीलाई खेलकुदका सामग्री सहयोग गरिएको हो ।

बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल विकका अनुसार कैदीबन्दीलाई २ वटा भलिबल, २ वटा क्यारेम बोर्ड, २ वटा चेस र ५ वटा लुडो वितरण गरिएको छ । जिल्ला कारागार बाजुरामा झण्डै ६० बढी जना कैदी बन्दी रहेका छन् ।

विज्ञापन

कैदीबन्दीलाई खेलकुदका सामाग्री वितरण गर्न बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्का, उपप्रमुख नन्दाकुमारी थापा, प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का, नगरपालिकाका कार्यकारी अधिकृत रंगमल विक, बडीमालिका ८ का वडा अध्यक्ष चन्द्र थापा, पत्रकार महासंघका सचिव रमित विक पुगेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार