होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • धर्म / संस्कृति
  • बाजुराबासीको दशैंतिहार पछिको भुवा पर्व सुरू
धर्म / संस्कृति

बाजुराबासीको दशैंतिहार पछिको भुवा पर्व सुरू

  • नागरिक रैबार
बाजुराबासीको दशैंतिहार पछिको भुवा पर्व सुरू

नागरिक रैबार/बाजुरा ८ पुस। बाजुरामा भुवा पर्व सुरू भएको छ । बाजुरा, बझाङ, अछामलगायत जिल्लामा मनाइने भुवा पर्व प्रत्येक वर्ष पुसे औँसीको अघिल्लो दिनदेखि सुरू भएको हो ।

पाण्डव र कौरवबीचको लडाइँ सकिएपछि पाण्डवको विजयसँगै खुसीयाली मनाएको दिनलाई स्मरण गर्दै बाजुराका विभिन्न स्थानमा भुवा खेल्ने गरिन्छ ।

पर्वमा महाभारतका पाण्डव र कौरवको युद्धका बेला पाण्डवको सङ्घर्ष, जङ्गलमा बास बसेको समय, विकासमा खेलेको भूमिकालाई लिएर भुवाका माणा (गीत) गाउने चलन छ ।वनबास बस्दा पाण्डवका भाइहरू पुगेको ठाउँमा छोडेको चिनारी भएको आसपासमा यो पर्व बढी मनाउने गरिन्छ ।

विज्ञापन

पछिल्लो समय पहिचान जोगाउनका लागि पनि धेरै समुदायले भुवा पर्व मनाउने गरेका छन् । स्थानीय सरकार आफैँ पनि पर्व जोगाउनका लागि लागि परेका छन् । बडीमालिका नगरपालिका ७ ले त झन यो वर्ष हस्रोल्लासका साथ पर्व मनाउने भएको छ । पर्वकै अवसरमा वडामा विभिन्न कार्यकम राखेर यो वर्ष भुवालाई विशेष तरिकाले मनाउन लागिएको बडीमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्याले बताएका छन् ।

भुवा पर्वमा रातभरि आगो बालेर देउडा, भारीखेल, भस्सोलगायत खेल छुट्टाछुट्टै खेल्ने चलन छ । यो पर्व तीनदेखि पाँच दिनसम्म मनाइन्छ । कुनै ठाउँमा भुवो खेल्दा गाउँमा छैटी खेल्ने चलन पनि छ । बडिमालिका अध्यक्ष पाध्यायका अनुसार यो पर्वमा घरको जेठो छोरा जन्मेको एक वर्ष पूरा गरेपछि उसको घरमा गएर छैटी माग्ने चलन छ ।

बाजुरामा घरमा जेठो छोरो जन्मिएको एक वर्ष पूरा भएपछि भुवा पर्वकै अवसरमा छैटी खेल्ने चलन छ । छैटीमा घरको आँगनमा भगवान् श्रीकृष्णको गाथा गाउने, बच्चालाई मान्यजनले आशिर्वाद दिने र सबै गाउँलेलाई बोलाएर भोज गर्ने चलन छ । पर्वकै अवसरमा सुदूरपश्चिम प्रदेशले बाजुरा, अछाम, बझागं र डोटी जिल्लामा आज सार्वजनिक विदा समेत दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार