होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिकामा मर्यादित महिनावरी सम्वन्धि कार्यशाला गोष्ठी
समाचार

बडीमालिकामा मर्यादित महिनावरी सम्वन्धि कार्यशाला गोष्ठी

  • नागरिक रैबार
बडीमालिकामा मर्यादित महिनावरी सम्वन्धि कार्यशाला गोष्ठी

नागरिक रैबार/बाजुरा १४ भाद्र। बाजुराको बडीमालिका नगरपालिकामा महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

कोइकाको आर्थिक सहयोग तथा गुडनेवर्स इन्टरनेश्नलको आर्थिक सहयेग तथा किर्डाक र  पीसविन नेपालको आयोजनामा सो गोष्ठीको आयोजना गरिएको हो ।
बडिमालिका नगरपालिकाका जनप्रतिनिधी नगरपालिकाका शाखाका प्रमुख तथा प्रतिनिधीहरुको किशोरी, महिला स्वास्थ्य स्वमसेविका र बिद्यालय ब्यबस्थापन समिति लगायत सरोकारवाला निकायको सहभागीता उक्त कार्यक्रम गरिएको थियो ।

बडीमालिका नगरपालिकामा महिनावारी सम्बन्धी समस्या समाधान तथा मर्यादित महिनावारीका लागी पालिकाले आगामी दिनमा के कस्ता कामहरु अगाडि बढाउन सक्छ भन्ने बिषयमा एकदिने कार्यशाला गोष्ठीको आयोजना गरिएको हो ।
महिनावारीका कारण हुने भेदभाव तथा विद्यालयमा हुने अमर्यादित महिनावारीको क्षेत्रमा सुधार ल्याई मर्यादित महिनावारी स्वच्छता व्यवस्थापनको वातावरणको सिर्जना गर्नका लागी गोष्ठीको आयोजना गरिएको आयोजना गरिएको गुड नेवर्स ईन्टरनेश्नलका परियोजना संयोजक देवन्द्र शाहलेबताएकाछन्।
महिनावारी स्वास्थ्य व्यवस्थापन सम्बन्धी सीप वृद्धि हुने, महिनावारीका कारण लाग्ने विभिन्न शारीकि रोगबाट जोगिन सक्षम हुने तथा किशोरीहरुको मनोसामाजिक सु-स्वास्थ्यमा सुधार भई दैनिकी सहजता ल्याउने उदेस्यका साथ गोष्ठीको आयोजना गरिएको परियोजनाका स्वास्थ्य अधिकृत महेश जोशीले बताए ।

विज्ञापन

गुड नेवर्स इन्टरनेश्नले २०२० देखी बाजुराका पाँच पालिकामा बालबालिकाको संरक्षण, शिक्षित समुदाय, न्युनतम स्वास्थ्य सेवा तथा सुबिधा र मानिसहरुको आर्थिक सशक्तिकणका बिषयमा काम गर्दै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार