होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाण्डौं : मोफसलमा कुशल संचारकर्मीका रुपमा स्थापित गायक प्रमोद डिजी थारु गायनतर्फ उत्कृष्ठ राष्ट्रिय समाबेशी म्यूजिक अवार्डबाट सम्मानित भएका छन । काठमाण्डौमा एक समारोहकाविच गायक डिजीलाई थारु गायनतर्फ उत्कृष्ट राष्ट्रिय समाबेशी म्यूजिक अवार्ड (निम) २०७९ प्रदान गरिएको हो । अवार्डमा समाबेश पाँच वटा गितमध्ये गायक डिजीले ‘तोहर नथिया’ बोलको गितमार्फत उत्कृष्ट गायन अवार्ड पाउन सफल […]
नागरिक रैबार/बाजुरा २६ फागुन।अनेरास्ववियु बाजुराका सह-सचिव प्रेम नेपाली बाजुरा क्याम्पसले आयोजना गरेको बक्तृत्व कला प्रतियोगितामा प्रथम भएका छन् । बाजुरा क्याम्पसको आयोजनामा फागुन १७ गतेदेखि संचालित खेलकुद सप्ताह अन्तरगत आयोजना गरिएको बक्तृत्व कला प्रतियोगितामा नेपालीले प्रथम स्थान हात पार्न सफल भएका हुन् । बाजुरा क्याम्पसमा आगामी चैत्र पहिलो साता हुने स्ववियु निर्वाचनका लागि अनेरास्ववियुबाट सभापति […]
नागरिक रैबार/बाजुरा २५ फागुन । जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर ६ कोर्धमा एक बालिकाको भिरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडा घर भएका दल बहादुर बडुवालकी ६ वर्षीय छोरी कमला बडुवाल रहेकी छन् । उनी श्री नेपाल राष्ट्रिय आधारभुत बिद्यालय काेर्धमा कक्षा १ मा अध्ययनरत बिद्यार्थी हुन् । बिद्यालय टाढा भएपछि बिहान ९ […]
नागरिक रैबार/बाजुरा २१ फागुन।बाजुराको सदरमुकाम मार्तडीमा पहिलोपटक नेपाल टेलिकमको एनटि फाईवर नेट संचालनमा आएको छ । नेपाल टेलिकम बाजुराका सूचना अधिकारी मानबहादुर रोकायाका अनुसार पुरानो एडिएसल सहितको इन्टरनेट सेवा विस्थापित गरेर सदरमुकाम मार्तडीमा नयाँ तिव्र गतिको एनटि फाइवर सेवा संचालनमा आएको हो । नेपाल टेलिकमले अहिले एनटि फाइवर नेट सेवा सरकारी तथा गैरसरकारी कार्यालयहरुमा जडान […]
नागरिक रैबार/बाजुरा २० फागुन।बाजुराको बडीमालिका नगरपालिका-९ उखाडीका ५६ वर्षका लालमनी उपाध्यायको कृतिम खुट्टा फेरिएको छ । घरको आर्थिक अवस्था कमजोर भएका कारण कृतिम खुट्टा फेर्न नसकी घरमै थलिएर बसेका लालमनीको समाचार विभिन्न संचार माद्यममा प्रकाशन भएपछि उनको कृतिम खुट्टा फेरिएको हो । लालमनीलाई पत्रकार तथा सामाजिक अभियान्ता प्रकाश सिंहले बाजुराबाट उद्धार गरेर उपचारका लागि काठमाण्डौं […]
नागरिक रैबार/बाजुरा १६ फागुन।बाजुराको सदरमुकाम मार्तडीमा यहि फागुन १९-२७ गते सम्म गर्ने भनिएको प्रथम खप्तड मालिका कृषि, पर्यटन, संस्कृति तथा व्यापार महोत्सवको मिति सारिएको छ । खप्तड मालिका युवा संजाल बाजुराले आज मार्तडीमा पत्रकार सम्मेलन गरेर १९ गतेबाट सूरु गर्ने भनिएको महोत्सव प्राविधिक समस्या र अन्य व्यवस्थापनका लागि समय नपुगेका कारण महोत्सवको मिति सारिएको जानकारी […]
नागरिक रैबार/बाजुरा १६ फागुन। जिल्लाको बडीमालिका नगरपालिकाले १३ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि जित्ने खेलाडीहरुलाई एक औपचारिक कार्यक्रमका बिच बधाई ज्ञापन सहित सम्मान गरेको छ । नगरपालिकाले आज एक औपचारिक कार्यक्रमको आयोजना गर्दै १३ १३ औं राष्ट्रपति रनिङ शिल्डको विजेता बनेका बडीमालिकाका खेलाडीलाई बधाइ ज्ञापन गरेको हो । जिल्ला स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नगरपालिकाका […]
नागरिक रैबार/बाजुरा १६ फागुन।जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर ३ रजालीमा नेपाल विद्युत प्राधिकरणको लाईन विस्तारको काम अलपत्र परेको छ । मार्तडी देखि रजाली सम्म नयाँ पोलसहित विद्युत लाईन विस्तारका लागि नेपाल विद्युत प्राधिकरण संग ३ वर्ष अघि ठेक्का सम्झौता गरेको अमृत कन्ट्रक्सनले विद्युत विस्तार र पोल गाड्ने काम अलपत्र छाडेको बडीमालिका ३ का वडा अध्यक्ष […]
नागरिक रैबार/बाजुरा १५ फागुन। बाजुरामा संचालन भएको १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बडीमालिका नगरपालिकाले हात पारेको छ । प्रतियोगितामा सवैभन्दा बढी २३ स्वर्ण, ७ रजत र ५ कास्य सहित जितेर बडीमालिकाले उपाधि हात पारेको हो । यस्तै प्रतियोगितामा त्रिवेणी नगरपालिका दोस्रो बनेको छ । त्रिवेणीले ८ स्वर्ण प्राप्त गरेको छ । प्रतियोगीतामा विजेता […]
नागरिक रैबार/बाजुरा १५ फागुन । आगामी चैत्र १७ गतेबाट संचालन हुने माद्यमिक शिक्षा परीक्षा (एसईई) का लागि बाजुरामा १५ वटा परीक्षा केन्द्र तोकिएका छन् । शिक्षा समन्वय इकाई बाजुराले आगामी चैत्र १७ गते बाट एकैसाथ संचालन हुने एसईई परिक्षाका लागि जिल्लाभरका ९ वटै पालिकामा १५ वटा परीक्षा केन्द्र तोकेको हो । यस वर्ष बाजुरामा नियमित […]
नागरिक रैबार/बाजुरा १४ फागुन। बाजुरामा कृषि पत्रकार महासंघ गठन गरिएको छ । अध्यक्षमा सरिता नेपाली रहने गरी १३ सदस्यीय कार्यसमिति गठन गरिएको हो । कृषि पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको आयोजनामा बाजुरामा जिल्ला भेला तथा शाखा विस्तार कार्यक्रमको गरिएको थियो । भेला तथा शाखा विस्तार कार्यक्रमबाट जसमा उपाध्यक्षमा हेमराज उपाध्याय, कोषाध्यक्षमा कमला रावल,सचिवमा मिन बहादुर खड्का,सह सचिवमा […]
नागरिक रैबार/बाजुरा ८ फागुन।सुदूरपश्चिम प्रदेश सभाकी सांसद जुना कुमारी दानीले चुनावमा जनतासंग गरेका बाचा अवको पाँच वर्ष भित्र पुरा गर्ने गरी प्रदेशमा काम गर्ने बताएकी छन् । सोमबार जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुसंगको परिचयात्मक तथा सुझाव सल्लाह कार्यक्रममा प्रदेश सांसद दानीले सो कुरा बताएकी हुन् । चुनावताका बेला गाउँ-गाउँमा गएर जनतालाई विकासका आश्वासन बाढ्यौं, जनताको आश्रिवादले […]
नागरिक रैबार/बाजुरा ८ फागुन।जिल्लाको बडीमालिका नगरपालिकाले आर्थिक वर्ष २०७८/८९ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । बडीमालिका नगरपालिकाको आयोजना र नेश्नल युथ फेडरेशन नेपाल बाजुराको सहजीकरणमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा आर्थिक बर्ष ०७८/०७९मा नगरपालिकाले संचालन गरेका कामहरुको प्रभावकारीता र नगरमा सम्पन्न भएका क्रियाकलापहरुको बारेमा जानकारी गराईएको थियो । नगरले […]
नागरिक रैबार/बाजुरा ६ फागुन।जिल्लाको बडीमालिका नगरपालिकाले नेपाली सेना, नेपाल प्रहरी र शसत्र प्रहरी बलमा आवद्ध हुने युवाहरुका लागि तयारी कक्षा संचालन गर्ने भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रम अनुसार नेपाली सेना, नेपाल प्रहरी र शसत्र प्रहरीमा आवद्ध हुन् चाहनेहरुलाई नगरपालिकामै तयारी कक्षा संचालन गर्ने भएको हो। नगरपालिकाले एक सूचना जारी […]
नागरिक रैबार/बाजुरा ३ फागुन। बाजुराका १४ सय बढी भुकुम्प प्रभावित परिवारहरुलाई परिवारलाई सयुक्त राष्ट्र संघीय जनसंख्या कोष (युएनएफपिए) ले राहत वितरण गरेको छ । गएको माघ १० गते दिउसो २ः४३ बजे बाजुराको हिमाली गाउँपालिकाको विच्छ्यालाई केन्द्र बिन्दु बनाई गएको ५.९म्यग्निच्युडको भुकुम्पबाट प्रभावित १४ सय ५० परिवारलाई युएनएफपिएको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी तथा जिल्ला […]
नागरिक रैबार/बाजुरा २ फागुन। जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर ७ का १ सय जना विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएकाे छ । सामाजिक सेवा समूह फाउन्डेसन बुटवलको सहयोग तथा वडा अध्यक्ष धर्मराज पाध्यायको पहलमा वडा भित्रका ४ वटा विद्यालयका १ सय जना बालवालिकालाई न्यानो लुगा वितरण गरिएको वडा सचिव सरिता ठकुल्लाले बताएकी छन् । उनका अनुसार […]
नागरिक रैबार/बाजुरा २९ माघ ।बडीमालिका नगर स्तरीय तेसो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मालिका नमुना माध्यमिक विद्यालयले उचालेको छ । बडीमालिका नगरपालिकाले आयोजना र मालिका माविको व्यवस्थापनमा संचालन गरिएको उक्त प्रतियोगतामा एथलेटिक्स ४३ स्वणर्, रजत १२ र ८ कास्य गरी कुल ६३ पदक प्राप्त गर्दै मालिका माविले तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पारेको हो […]
नागरिक रैबार/बाजुरा २९ माघ।जिल्ला अस्पताल बाजुरा र बडीमालिका नगरपालिकाको समन्वयमा गोर्खा वेल्फेयर ट्रष्टको आयोजनामा संचालन गरिएको ३ दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा ५ सय बढी विरामीहरुले सेवा लिएका छन् । माघ २६ गते २८ सम्म ३ दिन संचालन गरिएको उक्त शिविरमा आँखा, कान र अपांगता सम्वन्धिका विरामीहरुको निःशुल्क उपचार गरिएको जिल्ला अस्पताल व्यवस्थापन समितिका कार्यवाहक […]
नागरिक रैबार/बाजुरा २८ माघ।बडीमालिका नगरपालिका वडा नम्वर ९ मा वडा स्तरीय वाल क्लव गठन गरिएको छ । सागर नेपाली अध्यक्ष रहने गरी २१ सदस्यीय वडा स्तरीय बाल क्लव गठन गरिएको हो । जसमा उपाध्यक्ष नन्दा चंदारा, सचिव पवन बडुवाल, सहसचिव समिरा विक र कोषाध्यक्ष सुस्मिता नेपाली लगायत सदस्यहरु रहेका छन् । नगर स्तरीय बाल क्लवका […]
नागरिक रैबार/बाजुरा २८ माघ। बडीमालिका नगरपालिकाको आयोजना र मालिका माविको व्यवस्थापनमा संचालन गरिएको तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका खेलहरु सम्पन्न भएका छन् । माघ २५ गतेबाट मालिका माविको प्राङगणमा संचालन गरिएको उक्त प्रतियोगिताका सम्पूर्ण खेलहरु ४ दिन पछि आज सम्पन्न भएका हुन् । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, विद्यार्थीहरुको सर्वाङगीण विकासका लागि […]