होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र २२, २०८०
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाजुराकाे मार्तडीमा खुला ब्याड्मिन्टन प्रतियोगिता संचालन
देश/प्रदेश

बाजुराकाे मार्तडीमा खुला ब्याड्मिन्टन प्रतियोगिता संचालन

  • नागरिक रैबार
बाजुराकाे मार्तडीमा खुला ब्याड्मिन्टन प्रतियोगिता संचालन

नागरिक रैबार/ बाजुरा ७ माघ। बाजुराकाे सदरमुकाम मार्तडीमा खुला ब्याडमिन्टन प्रतियोगिता संचालन गरिएकाे छ ।
जेवि मिडिया प्रालिकाे साताैं वार्षिकोत्सबकाे अवसरमा उक्त प्रतियाेगिता आजबाट मार्तडीमा संचालन गरिएकाे हाे ।
प्रतियोगिताकाे एक औपचारिक कार्यक्रमका विच निवर्तमान माननीय लालबहादुर थापाले उद्घाटन गरेका छन् ।
उद्घाटनमा बाेल्दै निवर्तमान माननीय थापाले स्वास्थ्यका लागि खेलकुद अनिवार्य भएकाेले खेलमा सहभागी टिमलाई धन्यवाद दिएका छन् ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ उक्त प्रतियाेगिताब संचालन भएकाे हाे ।
२०७२ सालमा स्थापना भएकाे जेवि मिडियाले आम्दानीको १० प्रतिशत रकम सामाजिक सेवामा खर्च गर्दै आएकाे छ ।
जेवि मिडियाले जिल्लाकाे खेल क्षेत्रकाे विकासका लागि प्रत्येक वर्ष वार्षिकोत्सबकाे अवसरमा व्याडमिन्टन प्रतियोगिताकाे आयाेजना गर्ने गरेकाे मिडियाका संचालक झरेन्द्र ओलीले बताएका छन् ।
जिल्लामा छपाई सम्बन्धि विगत ६ वर्षदेखि गुणस्तरीय काम गर्दै आएकाे जेविले साताैं वार्षिकोत्सबकाे अवसरमा आफ्नै मिडिया प्रालिकाे खेलमैदानमा ब्याडमिन्टन प्रतियोगिता आयाेजना गरेकाे छ ।
जेवि मिडिया प्रालिका संचालक झरेन्द्र ओलीकाे अध्यक्षतामा सूरू गरिएकाे प्रतियाेगितामा प्रमुख अतिथि निवर्तमान माननीय लालबहादुर थापा, विशिष्ट अतिथि, नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य गगन रावल र बडीमालिका नगरपालिकाकी उपमेयर नन्दा थापा रहेकी थिईन् ।
प्रतियोगिताकाे उद्घाटन कार्यक्रमकाे संचालन ब्याडमिन्टन खेलाडी गगन अयडीले गरेका थिए । कार्यक्रममा बडीमालिका ७ का अध्यक्ष धर्मराज पाध्याय, ८ का अध्यक्ष चन्द्रबहादुर थापा, गैरसरकारी संस्थाका अध्यक्ष कृष्ण अधिकारी लगायत सहभागी भएका थिए ।
प्रतियोगितामा २० टिम सहभागी छन् । प्रतियोगिता १० गतेसम्म संचालन गरिने छ । प्रतियोगिताकाे विजेतालाई २० हजार र  उपविजेता टिमलाई १२ हजार बराबरको जिन्सि सामानसहित प्रमाणपत्र ट्रफि मेडल प्रदान गरिने छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै