होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २ पुस।बाजुरा जिल्लामा विगत ३ वर्ष देखि संचालन हुँदै आएको स्वास्थ्य अधिकार सुधार परियोजना जिल्लाबाट बाहिरिएको छ । कोईकाको आर्थिक सहयोग तथा गुडनेवर्स इन्टरनेशनल, पिसविन, किर्डाकको प्राविधिक सहयोगमा संचालित उक्त परियोजनाको हिजाेबाट ३ वर्ष पुरा गरि बाहिरिएको हो । बाजुराका ५ वटा पालिकामा सन २०२० देखि २०२२ सम्म ३ वर्षका लागि संचालित रहेको […]
नागरिक रैबार/बाजुरा १ पुस। जिल्लाको बडीमालिका नगरपालिकाको १३ औं कार्यपालिकाको बैठक सम्पन्न भएको छ । हिजो पालिकामा बसेको कार्यपालिकाको १३ औं बैठकले विभिन्न १३ वटा निणर्यहरु पारित गर्दै बैठक सम्पन्न गरेको हो । यस्ता छन् निर्णयहरु: १. साँफे मार्तडी सडक खण्डकाे जडाङ्गामा रहेकाे बेलिब्रिज हाल जडाङ्गामा पक्कि पुल बनी सकेकोले साे बेलिब्रिज बर्षादकाे समयमा साेहि […]
बाजुरा २६ मंसिर नेपाल बिधुत प्राधिकरण बाजुरा वितरण केन्द्रमा तालाबन्दि गरिएको छ । गएकाे साउन २६ गते करेन्ट लागेर मृत्यु भएका बडीमालिका ८ का भक्त रावलका आफन्तले सम्झौता अनुसारको क्षतिपुर्ति नदिएकाे भन्दै तालाबन्दि गरेका हुन् । साउन २६ गते प्राधिकरणका कर्मचारी भक्त रावल बिद्युक्त लाइन बिस्तार गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो । जिल्ला […]
मदन विक/बाजुरा २४ मंसिर। बाजुरा जिल्लामा विगत ३ वर्ष देखि संचालन हुँदै आएको स्वास्थ्य अधिकार सुधार परियोजना प्रभावकारी बनेको पाईएको छ । बाजुराका ३ नगरपालिका सहित २ गाउँपालिका गरी पाँच पालिकामा महिनावारी स्वच्छता व्यवस्थापन मार्फत किशोरी तथा महिलाहरुको स्वास्थ्य र अधिकारमा अभिवृद्धि गर्ने उद्देश्यले लागु भएको थियो । परियोजनाले ३ वर्षको अवधिमा पालिका स्तरका विद्यालयहरुमा […]
नागरिक रैबार। बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर ३ मा रहेको चोयाकोट मावि तीन तारे विद्यालयको रुपमा घोषणा गरिएको छ । नेपाल सरकारले निर्धारण गरेका सूचक पुरा गरेपछि विद्यालयलाई तीन तारे विद्यालयका रुपमा घोषणा गरिएको हो । चोयाकोट माविलाई तीन तारे विद्यालयको रुपमा औपचारिक कार्यक्रमका बीच नगर प्रमुख अमर खड्काले घोषणा गरेका हुन् । बडीमालिका नगरपालिका […]
नागरिक रैबार/बाजुरा १६ मंसिर। बाजुरामा मतगणना जारी रहेको छ । प्रदेश सभा –२ तर्फको ८ हजार ४ मत गणना हुँदा स्वतन्त्र उम्मेदवारी दिएका जनकबहादुर रावलले ४ मत पाएका छन् । त्यसैगरी राप्रपाका हिमाल शाहीले ५४ मत पाएका छन् । अहिलेसम्म नेपाली काँग्रेसका पदमबहादुर शाहीले ३ हजार ९ सय ६४ मत पाएका छन् । भने नेकपा […]
नागरिक रैबार/बाजुरा ८ मसिर। अनेरास्ववियूका नेता चेतन अएडीको विभत्स हत्याको बिषयलाई लिएर अनेरास्ववियु बाजुराले आज चाैथाे दिनपनि बिहानैदेखि बजार बन्द गरेको छ । अनेरास्ववियु चेतन अयडीको घटनामा सलग्न रहेकाहरुलाइ तत्काल पक्राउ गर्न माग गर्दै बाजुरामा ४ दिनदेखि प्रर्दशन गर्दै आएको छ । अनेरास्ववियुले हिजो साँझ प्रर्दशनका क्रममा मुख्य निर्वाचन अधिकृत सुरक्षा निकायका प्रमुखहरुलाई दुर्यवहार गरेको […]
नागरिक रैबार/बाजुरा ६ मंसिर।बाजुराको त्रिवेणी नगरपालिका वडा नम्वर ७ मा निर्वाचनका दिन भएको घटनाको विषयलाई लिएर नेकपा एमालेको अनेरास्ववीयुले आजपनि सदरमुकाम मार्तडी बजार र सरकारी कार्यालय बन्द गर्ने भएको छ । अनेरास्ववीयुका केन्द्रिय सचिवालय सदस्य तथा बाजुराका क्याम्पसका स्ववियु सभापति चेतन अयडीको हत्यामा संलग्नहरुलाई कारवाहीको माग गर्दै अनेरास्ववीयु बाजुराले मंगलबार विहान सदरमुकाम मार्तडीको तुफान डाँडामा […]
नागरिक रैबार/बाजुरा ५ मंसिर।बाजुराको त्रिवेणी नगरपालिका वडा नम्वर ७ मा हिजो मतदानका दिन भएको घटनामा सुरक्षाकर्मीले लापरवाही गरेको विषयलाई लिएर नेकपा एमाले समर्थक युवाहरुले प्रर्दशन सहित सदरमुकाम मार्तडी बजार बन्द गरेका छन् । एमालेका युवाहरुले सोमबार विहान सदरमुकाम मार्तडीमा रहेको लोकतान्त्रिक चोक, दुनिहाटबजार र मतगणना स्थल जिल्ला प्रशासन कार्यालय नजिकै रहेको खुलामंचमा टायर बालेर प्रर्दशन […]
नागरिक रैबार/बाजुरा ५ मंसिर।प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि हिजो भएको मतदानमा प्रयोग भएका मतपेटिकाहरु मतगणना स्थलमा ल्याउने क्रम जारी रहेको छ । यातायातको सहज पहुँच भएका मतदान स्थलका मतपेटिकाहरु सदरमुकाम आइसकेका छन् । अहिलेसम्म बाजुराका ७० मध्ये ६५ वटा मतदान स्थलका मत पेटिकाहरु सदरमुकाम मार्तडीमा आईपुगेको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र […]
नागरिक रैबार/बाजुरा ७ कार्तिक। प्रथम बडीमालिका मेयर कपको उपाधी आयोजक समाज सुधार युवा क्लबले जितेको छ । आज भएको फाइनल खेलमा रानीवन स्पोर्टस क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै पहिलो मेयर कपको उपाधी जितेको हो । पहिलो हाफमा सुरुवादी अग्रता लिएको रानीवनले दोस्रो हाफमा कुनै गोल थप्न सकेन् । आयोजक समाज सुधारले भने दोस्रो हाफमा […]
नागरिक रैबार/बाजुरा ७ कार्तिक।सुख्खा पहिरोका कारण मार्तडी-कोल्टी सडक सडक अवरुद्ध बनेको छ । बडीमालिका नगरपालिका वडा नम्बर ७ को जिल्लीमा सडक माथिबाट निरन्तर रुपमा सुख्खा पहिरो खस्न थालेपछि उक्त सडक अवरुद्ध बनेको हो । सुख्खा पहिरोका कारण सडक अवरुद्ध भएपछि बाजुराको सदरमुकाम मार्तडीबाट कोल्टी क्षेत्रका ४ वटा स्थानीय तहसम्म आउजाउ गर्ने सवारी साधान र तिहार […]
नागरिक रैबार बाजुरा ३ कार्तिक बावुराकाे सदरुकाम मार्तडीमा प्रथम मेयर कप फुटबल प्रतियोगिता संचालन गरिएकाे छ । समाज सुधार युवा क्लवकाे आयाेजना र बडीमालिका नगरपालिकाकाे आर्थिक सहयाेगमा संचालन गरिएकाे उक्त प्रतियोगिताकाे आज एक कार्यक्रमकाविच नगर प्रमुख अमरबहादुर खड्काले उद्घाटन गरेका हुन् । बाजुरालाई खेल क्षेत्रकाे माध्यमबाट परिचित गराउन र बाजुरेली युवाहरूलाई खेल क्षेत्रमा आकर्सित गर्न […]
नागरिक रैबार/बाजुरा २७ असाेज। बाजुराको सदरमुकाम मार्तडीमा आगलागी नियन्त्रण सम्बन्धी जनचेतना मुलक डेमो प्रदर्शन गरिएको छ । शुक्रबार जिल्ला सदरमुकाम मार्तडीस्थित खुलामञ्चमा आगलागी सम्बन्धी डेमो प्रदर्शन गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समिति बाजुराको आयोजनामा नेपाली सेना दुर्गाभन्ज्याङ गुल्म, नेपाल प्रहरी र ससस्त्र प्रहरीले आगो नियन्त्रण सम्बन्धी डेमो प्रदर्शन गरेको हाे । बाजुरा जिल्लामा वर्षेनि […]
नागरिक रैबार बाजुरा २८ असाेज नेकपा एकीकृत समाजवादी पार्टीका बाजुराका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य गगन रावल नेकपा एमालेमा प्रवेश गरेका छन् । शुक्रबार उनलाई सदरमुकाम मार्तडीमा रहेकाे नेकपा एमालेकाे पार्टी कार्यालयमा स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीमा स्वागत गरेका हुन् । तत्कालिन नेकपा हुँदा रावल प्रचण्ड- माधव समूहबाट बाजुरा जिल्लामा समानान्तर कमिटीकाे अध्यक्ष बनेका […]
नागरिक रैबार बाजुरा २७ असाेज । बाजुराकाे प्रतिनिधि सभामा स्वतन्त्रबाट उम्मेदवारी दिएका टेकबहादुर बडुवालले महिला चुनाव चिन्ह पाएका छन् । बुधबार मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले उनलाई महिला चुनाव चिन्ह प्रदान गरेकाे हाे । त्यस्तै प्रदेश सभा (ख) मा स्वतन्त्रबाट उम्मेदवार बनेका जनकबहादुर रावलले पानीको धारा चुनाव चिन्ह पाएका छन् ।
नागरिक रैबार बाजुरा २३ असाेज । नेपाल समाजवादी पार्टी बाजुरा जिल्ला समन्वय समितिका अध्यक्ष टेकबहादुर बडुवालले प्रतिनिधि सभाकाे प्रत्येक्षमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका छन् । आईतबार सदरमुकाम मार्तडीमा रहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा बडुवालले स्वतन्त्रबाट प्रतिनिधि सभाकाे प्रत्येक्षमा उम्मेदवारी दर्ता गरेका हुन् । प्रतिनिधि सभाकाे सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्न प्रस्तावक विनाेद विक र समर्थक […]
नागरिक रैबार/बाजुरा १४ असोज।बडीमालिका नगरपालिका वडा नम्वर ७ ले वडामा रहेका विपन्न परिवारलाई खाद्यन्न वितरण गरेको छ । वडा दशैंको अवसरमा वडा नम्बर ७ ले आज एक औपचारिक कार्यक्रमको आयोजना गरेर वडा भित्र रहेका १५ जना विपन्न समुदायका परिवारलाई खाद्यन्न वितरण गरेको हो । वडाभित्र चाडपर्वको समयमा खाद्यन्नको समस्या भएका विपन्न परिवारलाई सहयोग पुगोस भन्ने […]
नागरिक रैबार/बाजुरा १४ असोज।बडा दशैं सूरु भएसंगै बजार अनुगमनलाई तिव्र पारिएको छ । चाडपर्वका बेला बजारमा देनिक उपभोग्य बस्तुमा कालोबजारी बढ्न सक्ने भन्दै बडीमालिका नगरपालिकाले सदरमुकामको माथिल्लो बजार र दुनीहाटबजारमा रहेका पसलहरुको अनुगमन गरेको हो । बडा दशैं र तिहारलाई लक्षित गरि बजारमा हुने कालोबजारी, अखाद्या बस्तुको मिसावट, कृतिम अभाव एंव अस्वभाविक मुल्यवृद्धि नियन्त्रण गरी […]
नागरिक रैबार/बाजुरा १३ असोज। बाजुराको सदरमुकाम मार्तडीबाट संचालित रेडियो पौरखीले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । स्थापनाकाे १० वर्ष पुरा गरेको अवसरमा रेडियोले आफ्नो स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल बाजुरामा रहेका विरामीलाई फलफूल वितरण र रेडियोका पुर्व कर्मचारीलाई सम्मान र औपचारिक कार्यक्रम गरि मनाएको स्टेशन म्यानेजर रामबहादुर दानीले बताएका छन् । रेडियो […]