होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १२ असोज।जिल्ला अस्पताल व्यवस्थापन समिति बाजुराले बडा दशैंको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । अस्पताल व्यवस्थापन समिति बाजुराले आज बडीमालिका नगरपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर बडा दशैंको शुभकामना आदानप्रदान गरेको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर कार्कीको अध्यतामा गरिएको शुभकामना आदान प्रदान कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख […]
नागरिक रैबार/बाजुरा १० असोज।बाजुराको सदरमुकाम मार्तडीमा रहेको एक मासु पसलमा खसीको सडेको मासु विक्री गर्न राखेको भेटिएको छ । मार्तडी बजार भित्रका खसी, बोका, राँगा र कुखुराको मासुका १५ वटा मासु पसलको अनुगमन मालिका मासु पसलमा सडेको खसीकाे ५ केजि मासु भेटिएको हाे। सोमबार दिउसो भेटेरिनरी अस्पतालको आयोजनामा मार्तडी बजारका मासुपसलहरुको अनुगमन गर्दा मालिका मासु […]
नागरिक रैबार/बाजुरा ७ असोज।नेकपा माओवादी केन्द्र निकट विद्यार्थी भातृ संगठन अनेरास्ववियु क्रान्तिकारी बाजुराले विद्यार्थीसङ्ग अखिल क्रान्तिकारी अभियान सूरु गरेको छ । अखिल क्रान्तिकारी बाजुराले सदरमुकाम मार्तडीमा रहेको मालिका नमुना माविबाट सो अभियान सूरु गरेको हो ।विद्यार्थीसङ्ग अखिल क्रान्तिकारी भन्ने मुल नाराका बाजुरामा सदरमुकामको मालिका नमुना माविबाट अभियानको सूरुवात गरिएको अखिल क्रान्तीकारी बाजुराका अध्यक्ष खेमराज सांउदले […]
नागरिक रैबार/बाजुरा ७ असोज।बाजुराको सदरमुकाम मार्तडीमा रहेको मालिका नमुना माद्यमिक विद्यालयले प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशनसंगै बडादशैको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । विद्यालयले गत भदौ १५ देखि २३ गतेसम्म संचालन गरेको प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशनसंगै बडादशै, तिहार, छठ पर्व-२०७९ तथा नेपालसम्वत् ११४३ को उपलक्ष्यमा आज एक कार्यक्रमको आयोजना गरेर शुभकामना आदानप्रदान गरेको […]
नागरिक रैबार/बाजुरा ३१ भदौ। जिल्ला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले चाडपर्वलाई लक्षित गर्दै सहुलियत दरमा चामल बिक्रि शुरु गर्ने भएको छ। खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा र कोल्टि डिपो बाट प्रतिकेजी ८ रुपैया छुट गरेर असोज १ गतेबाट बिक्रि शुरु गर्ने खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख मेघराज ओझाले बताएका […]
नागरिक रैबार/बाजुरा ३१ भदौ।बडीमालिका नगरपालिका ७ का वडा अध्यक्ष तथा नगर प्रबक्ता धर्मराज पाध्यायले एक महिलालाइ रगत दिएर ज्यान बचाएका छन् । रगत अभाव भएर जिल्ला अस्पतालमा उपचारमा रहेकी बडिमालिका नगरपालिका वडा न ४ रिलाकी १९ बर्षिया खुस्मा उखेडालाई उनले रगत दिएर ज्यान बचाएका छन । बि पोजेटिभ ब्लड नपाएर भौतारीरहेकी खुस्मा उखेडालाई प्रबक्ता पाध्यायले […]
नागरिक रैबार/बाजुरा ३० भदौ। बाजुराकाे बडीमालिका नगरपालिका वडा नम्वर ९ मा २५ सदस्यीय बैज्ञानिक समाजवादी महिला संगठन कमिटी गठन गरिएको छ । बडीमालिका नगरपालिकाको वडा नम्बर ९ का महिलाहरुको उत्साहजनक भेलाबाट शोधा नेपाली संयोजक, उज्जला वि.क. सह–संयोजक, सचिव कल्पना विक रहने गरी २५ सदस्यीय वैज्ञानिक समाजवादी महिला संगठन कमिटी गठन गरिएको बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी […]
नागरिक रैबार/बाजुरा २९ भदौ। बाजुरामा ५८ औं राष्ट्रिय बालदिवस भव्य कार्यक्रम गरेर मनाएको छ । ‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने मुल नाराका साथ बाजुराका ९ वटै स्थानीय तहका विद्यालयहरुले विभिन्न कार्यक्रम गरेर सो दिवस भव्यताका साथ मनाएका हुन् । दिवसकै अवसर पारेर बाजुराको बडीमालिका नगरपालिकामा रहेको मालिका माविले विद्यालयमा अध्ययनरत विद्यार्थीहरु विच […]
बाजुरा । जिल्लाको बडिमालिका नगरपालिकामा बालबालिका विनाको बालदिवस मनाईएको देखिन्छ । बालदिवसमा बालबालिका नभई सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधीहरुको मात्र बढि सहभागिता रहेको थियो । बालदिवसमा बालबालिकाको बढि भन्दा बढि सभागिता हुनपर्ने भएता पनी तर बडिमालिका नगरस्तरिय बाल संजालले आयोजना गरेको कार्यक्रममा बालबालिकाको सहभागिता रहेको थिएन । “बालमैत्री समाजको आधार ,जिम्मेवार परिवार उत्तरदायी सरकार” याे […]
नागरिक रैबार/बाजुरा २२ भदौ। बाजुरामा पनि बिबिध कार्यक्रम गरि १९ औं निजामती सेवा दिवस मनाईएको छ । निजामती सेवा दिवसको अवसरमा आज बिहान प्रभात फेरी कार्यक्रम र दिउसोँ बृक्षारोपण गरि मनाइएको हो । १९ औं निजामती सेवा दिवस ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ दिउसोँ नेपाली सेनाको ब्यारेक थापाथलीमा […]
नागरिक रैबार/बाजुरा १९ भदाै । नेपाल निजामती कर्मचारी युनियन बाजुरा शाखाले जिल्ला अस्पताल बाजुरामा उपचारारत बिरामीहरुलाई फलफुल वितरण गरेको छ । नेपाल निजामती कर्मचारी युनियनले स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल बाजुरामा उपचारारत बिरामीहरुलाई स्वास्थ्य लाभको कामना सहित फलफुल वितरण गरेको नेपाल निजामती कर्मचारी युनियन बाजुराका शाखाका अध्यक्ष कुल बहादुर रावलले बताएका छन् । राष्ट्रसेवा, निष्पक्षता, […]
बाजुरा । आज गौरा पर्वको मुख्य दिन अठ्यावाली अर्थात् दुर्वाष्टमी सुदूरपश्चिममा धुमधामसँग मनाइँदैछ। आजका दिन गौराको पूजाआजा गरिन्छ भने हिजो विवाहित व्रतालु महिलाहरुले चढाएको दुबधागो आज ग्रहण गर्ने गर्दछन्। बाजुरामा सामाजिक बिकास कार्यालय बाजुराकाे सहयाेगमा बडिमालिका ९ चाैराटामा खुल्ला महिला देउडा प्रतियाेगिताकाे आयाेजना गरिएकाे छ । लाेक तथा दाेहाेरी प्रतिष्ठान बाजुराकाे आयाेजनामा साे प्रतियाेगिता भइरहकाे […]
बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका पाटनमा डोजर मार्फत सडक निर्माण भइरहेको छ । डोजर मार्फत बडिमालिका क्षेत्रका पाटनहरु छियाँ छिया पारेर सडक निर्माण भइरहेको छ । मार्तडी बडिमालिका पर्यटकीय सडकको नाम दिइएको उक्त सडकमा स्थानिय सरकार, प्रदेश र संघ सरकारको समन्वय तथा सहयोगमा बडिमालिका जाने सडक निर्माण भएको हो । स्थानियले फुलचढाउने अगाडि […]
नागरिक रैबार/बाजुरा १५ भदौ। जिल्ला प्रहरी कार्यालय बाजुराले प्रहरी जवान जानकी कार्कीलाई श्रावण महिनाको उत्कृष्ट प्रहरीमा पुरस्कृत गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र र सामुदायिक प्रहरी शाखामा कार्यरत रहेकी प्रहरी जवान कार्कीलाई श्रावण महिनाको उत्कृष्ट प्रहरीमा पुरस्कृत गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक सुर्य बहादुर […]
समुद्री सतहदेखि ४ हजार २ सय मिटर उचाइमा रहेको बडिमालिका पुग्न बाजुरा सदरमुकाम मार्तडी र कोल्टीबाट तीनदिनको पैदल यात्रापछी पुगिन्छ ।बडिमालिकाको बारेमा मल्लागिरी पर्वतमा सतिदेवीको बायाँ कुम पतन भएको कुरा स्कन्द पुराणको मानस खण्डमा उल्लेख भएको पाइन्छ। प्राचिन युगमा दक्ष प्रजापति ऋषिले भारतको कर्नाखलमा महाँयज्ञ गर्दा सबैलाई बोलाएको र शिव पार्वतीलाई नबोलाई यज्ञ गरेको हुनाले […]
नागरिक रैबार/बाजुरा १५ भदाै। जिल्लाको बडीमालिका नगरपालिका ३ रजालि बस्ने भिडि सार्कीका २० बर्षको छोरा क्यान्सर पिडित प्रकाश सार्कीको उपचारका लागि २ लाख ८७ हजार ६ सय ३६ रुपैया संकलन भएको छ । शार्कीकी आमा भिडि शार्कीले छोरो बचाउनका लागि सदरमुकाम मार्तडीमा गुहार गरेपछि समाज सुधार युवा क्लवले अभियान मार्फत सो रकम संकलन गरेको हो […]
नागरिक रैबार/बाजुरा १४ भदौ। बाजुराको सदरमुकाम मार्तडीमा रहेको नेपाल टेलिकमको कार्यालयमा बडीमालिका नगरपालिका-६ का स्थानीयले तालाबन्दी गरेका छन् । वडा नम्बर ६ का स्थानीयहरु नेपाल टेलिकमको संचार सेवाबाट बन्चित भएको भन्दै वडा अध्यक्ष कृष्ण बहादुर खड्काको नेतृत्वमा टेलिकमको कार्यालयमा तालावन्दी गरिएको हो । नेपाल टेलिकमको कार्यालय प्रमुखलाई वडामा टेलिकमको टावर निर्माण गरी संचार सुविधा दिन […]
नागरिक रैबार/बाजुरा १३ भदौ । नेकपा एकीकृत समाजबादी बाजुराले संघ र प्रदेशका लागि उम्मेदवारहरुकाे टुङ्गाे लगाएकाे छ । आइतबार बसेकाे विस्तारित बैठकले युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश कुमार शाहीलाई प्रतिनिधि सभा सदस्यकाे उम्मेदवारमा सर्वसम्वत सिफारिस गरिएकाे छ । त्यस्तै पार्टीकाे विस्तारित बैठकले प्रदेश सभा क्षेत्र न (क) मा एकीकृत समाजबादी पाटीका केन्द्रीय सदस्य तथा […]
बाजुरा । जनउत्थान मलेसियाद्धारा जिल्ला अस्पताल बाजुरा लाई भेन्टिलेटर सहयोग गरेको छ । मलेसियामा रहेको प्रबासी नेपालीको सहयोग र रिटनिङ माइग्रेट नेपाल सुदुरपश्चिमको समन्वयमा भेन्टिलेटर सहयोग गरेको रिटनिङ माइग्रेट नेपाल सुदुरपश्मि सदस्य हिक्मत थापाले बताए । कामको सिलशिलामा बिदेशीयका नेपालीहरुले काम गरेर देशका नागरिकहरुलाई स्वाथ्यमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ भेन्टिलेटर सहयोग गरेको थापाले बताए […]
बाजुरा । जनताको साथमा काँग्रेस अभियान जिल्ला सदरमुकाम मार्तडीमा सुरु भएको छ । आइतबार एक औपचारिक कार्यक्रमका विच नेपाली काँग्रेस वीपी स्मृती भवनमा उक्त कार्यक्रम सुरु गरिएको नेपाली काँग्रेस बाजुराले जनाएको छ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै गाउँघरमा जनताको साथमा काँग्रेस […]