होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २० मंसिर।बडीमालिका नगरपालिकाले नगरस्तरीय खेलकुद विकास समितिको संयोजकमा राजेश पायल विकलाई जिम्मेवारी दिएको छ । बडीमलिका नगरपालिकाका कार्यपालिका सदस्य समेत रहेको विकलाई मंगलवार बसेको ३१ औं कार्यपालिकाको बैठकबाट नगर स्तरीय खेलकुद विकास समितिको संयोजकको जिम्मेवारी दिईएको नगरप्रमुख अमरबहादुर खड्काले बताएका छन् । नगरपालिका भित्र हुने खेलकुदका हरेक गतिविधिहरुलाई नगर स्तरीय खेलकुद विकास समिति […]
नागरिक रैबार/बाजुरा १९ मंसिर। बाजुराको बडीमालिका नगरपालिकाले सेवा क्षेत्र भित्रका सामुदायिक विद्यालयहरुमा दिवा खाजाको रुपमा हप्ताको एकदिन कोदोबाट बनेको परिकार खुवाउने भएको छ । बडीमालिकाको कृषि विकास शाखाको आयोजना र गिप्ट नेपालको सहयोगमा आज नगरपालिकामा गरिएको १ दिने अन्तरक्रिया गोष्ठीमा कोदोजन्य परिकारबाट बन्ने खाजा हप्ताको एक दिन विद्यालयका बालवालिकालाई खुवाईने बताइएको छ । नगरपालिकाले अन्तराष्ट्रिय […]
नागरिक रैबार/बाजुरा १८ मंसिर।नेपाली काँग्रेस बाजुराले मार्तडीमा आयोजना गर्न लागेको बृहत आम सभाको व्यापक तयारी गरेको हो । पार्टी महामन्त्री विश्वप्रकाश शर्मा आउने भएपछि उहाँको स्वागत र सम्मानमा जिल्ला स्तरीय बृहत आम सभा गर्न लागिएको पार्टी सभापति रामसिंह रावलले बताएका छन् । शिर्ष नेतृत्व नै बाजुरा आउने भएपछि भव्य तयारी गर्न लागिएको र त्यसका लागि […]
नागरिक रैबार/बाजुरा ४ मसिर। बाजुराबाट चल्ने बस व्यवसायीहरुले यात्रुहरुबा मनोमानी भाडा असुल्ने गरेको यात्रुहरुले गुनासो गरेका छन् । बाजुरादेखि काठमाडौं, धनगढी, नेपालगञ्ज, महेन्द्रनगर लगायतका ठाउँमा जाने यात्रुहरुसग तोकेको भन्दा बढी भाडा असुल्ने गरेको यात्रुहरुको भनाइ छ । दशै र तिहारका लागि घर आएकाहरु यति खेर जिल्ला बाहिर गइरहेका छन् । यात्रुहरुको चापलाई मध्येनजर गरी व्यवसायीहरुले […]
राजेन्द्र बिक बाजुरा ,२मंसिर /बाजुरा,हुम्ला,जुम्ला र मुगु जिल्लाका उच्च हिमालि भेगमा स्थानिय भेडा पालक भोटेहरु चिसो बढ्न थालेपछि भेडा,च्याङ्रा सहित बेसी झर्न थालेका छन् । हिउँदे सिजनको चिसोयाम शुरु हुन थाले पछी हिमाली भेगमा बस्न मुस्किल हुनेभएपछि चिसो छल्न उनिहरु बेसी झर्न थालेका हुन् । बाजुराको हिमाली गाउँपालिका १ बिच्छ्याँका छिरीङ् भोटेले हिमाली भेगमा हिमपात […]
नागरिक रैबार/बाजुरा २९ कात्तिक । बाजुरामा अटाे दुर्घटना हुँदा ३ जना घाईते भएका छन् । साँफे- मार्तडी राजमार्गकाे मुख्य सडकखण्ड जिल्ला अस्पताल नजिकैकाे माेडमा अटाे दुर्घटना भएकाे हाे । बुधबार विहान बडिमालिका नगरपालिका- ६ काे बिरेखाेला बाट सदरमुकाम मार्तडी आउदै गरेकाे सुदूरपश्चिम ०१-००१-स-७४५२ नम्बरकाे अटाे जिल्ला अस्पताल नजिकैकाे तल्लाे माेडमा दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय […]
नागरिक रैबार/बाजुरा २५ कार्तिक।बाजुराको बडीमालिका नगरपालिकाले जाजरकोट र रुकुमका भुकम्प पीडितका लागि जनप्रतिनिधि र कर्मचारीहरुको १ दिनको तलव सहयोग गर्ने भएको छ । नगरपालिकामा हिजो (शुक्रबार) बसेको कार्यपालिकाको बैठकले जाजरकोट र रुकुम पश्चिम कार्तिक १७ गते गएको भुकम्पबाट घाइते भएकाको उपचार र व्यवस्थापनका लागि नगरपालिका जनप्रतिनिधि र सम्पूणर् कर्मचारी तथा शिक्षकहरुको १ दिनका तलब सहयोग […]
नागरिक रैबार/बाजुरा १७ कार्तिक। बाजुराकाे सदरमुकाम मार्तडीमा भाेलि कार्तिक १८ गते शंकर मल्ल, चरित्रा शाही र सुना विक बिच लाईभ देउडा हुने भएकाे छ । सुदूर साहित्य प्रतिष्ठानकाे आयाेजनामा भाेलि दिउसाे मार्तडीकाे खेलकुद मैदानमा लाईभ देउडा हुन् लागेकाे प्रतिष्ठानका अध्यक्ष हर्क कठायतले बताएका छन् । शुभ दिपावलीकाे अवसर पारेर आयाेजना गर्न लागेकाे शंकर मल्ल र […]
राजेन्द्र विक बाजुरा,१५कार्तिक बडीमालिका नगरपालिका-५ मनामा यहि कार्तिक १६ गते बडा दशैं मेला लाग्ने भएको छ । पन्चमीको द अवसरमा लाग्ने मेलामा चर्चित देउडा खेलाडी शंकर मल्ल र चरित्रा शाहि बिच देउडा प्रतियोगिता हुने देउडा ब्यबस्थापक एवम् कलाकार छत्र साउंदले बताएका छन्। देउडा १७ गते बिहान बाट शुरु भइ दिनभर संचालन हुने हुँदा मेलालाई सभ्य […]
नागरिक रैबार/बाजुरा १४ कार्तिक। बडीमालिका नगरपालिका-५ मनामा यहि कार्तिक १६ गते बडा दशैं मेला लाग्ने भएको छ । पन्चमीको दिनको अवसरमा मना गाउँमा लाग्ने बडा दशैं मेलामा पुजाआजा र मेलालाई सभ्य भव्य र मर्यादित सफल बनाउन वडाले व्यापक तयारी गरेको छ । मेला लाग्ने दिन वडा भित्र मदिरा विक्रि वितरण, मदिरा सेवन र जुवातास जस्ता […]
नागरिक रैबार/बाजुरा १३ कार्तिक। बाजुराकाेे बडीमालिका नगरपालिका ८ राप्कमा विद्युतकाे तार सट भएर २ घरमा आगलागी भएकाे छ । साेमबार दिउसाे स्थानीय भरतबहादुर रावल र बीरबहादुर रावलको घरमा विद्युतको तार सट भएर आगलागि भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । नेपाल प्रहरी, नेपाली सेना र शसत्र प्रहरी र सक्रियतामा आगो नियन्त्रणमा ल्याईएकाे थियाे । […]
नागरिक रैबार बाजुरा १२ कार्तिक बाजुराकाे सदरमुकाम मार्तडीमा आजबाट प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियाेगिता सूरू भएकाे छ । बडीमालिका नगरपालिका- ८ काे आयाेजनामा बाजुरा क्याम्पसकाे प्राङ्गणमा आजबाट उक्त प्रतियाेगिता सूरू भएकाे हाे । प्रतियाेगिताकाे एक कार्यक्रमका विच बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काले व्यानर बाचनसंगै मुख्य रेफ्री सन्ताेष नेपालीलाई फुटबल हस्तान्तरण गरेर उद्घाटन गरेका छन् […]
नागरिक रैबार/बाजुरा ६ कार्तिक। बडीमालिका नगरपालिका वडा नम्वर ९ स्थित चौराटामा रहेको मष्टेश्वरी आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको छ । चिसो सिजनलाई मध्येनजर गर्दै विद्यालयमा अध्ययनरत सम्पूर्ण ८८ जना विद्यार्थी र ९ जना शिक्षकलाई चिसो छल्न न्यानो वितरण गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष विनोद कुमार विकले बताएका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई […]
नागरिक रैबार/बाजुरा ४ कार्तिक।जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर ३ ले दशैंको अवसरमा शुभकामना आदानप्रदान संगै वर्षातमा भत्केको बाटो मर्मत गरेको छ । ३ नम्वर वडाको आयोजनामा गरिएको शुभकामना आदानप्रदान कार्यक्रमसंगै मार्तडीदेखि रजाली जाने खारगाडा खोलामा वर्षातमा भत्केको बाटो मर्मत गरिएको हो । वर्षातको समयमा खारगाडा खोलामा आएको बाढीले बाटो भत्काएपछि रजालीबासीले सदरमुकाम मार्तडी आउन जान […]
नागरिक रैबार/ बाजुरा ४ कार्तिक। बाजुराकाे बडीमालिका नगरपालिका ८ स्थित बाउलीमा एकजना मृत अवस्थामा फेला परेका छन् । मृत अवस्थामा फेला पर्नेेमा साेही नगरपालिका ९ तल्लावाडा घर भएका अन्दाजि ५० वर्षिया लाल थापा रहेका छन् । शनिवार दिउसाे बाउली खाेला नजिकै पानीकाे खाेल्सामा थापा मृत अवस्थामा फेला परेकाे स्थानीय प्रत्येक्षदर्शीले बताएका छन् । मृतक थापा […]
नागरिक रैबार/ बाजुरा ४ कार्तिक । बाजुराकाे सदरमुकाम जाेड्ने साँफे- मार्तडी राजमार्गमा पर्ने जडांगा नजिकै शनिबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका–६ जडांगाका अन्दाजी ३७ वर्षीय बहादुर दानी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । एम के कन्ट्रक्सनको कम्पनीमा कार्यरत कर्मचारी दानीले चलाएको सु प्रप्र ०१ […]
नागरिक रैबार/बाजुरा ४ कार्तिक। बाजुराकाे सदरमुकाम मार्तडी स्थित मालिका मन्दिरमा चोरी भएको छ । शुक्रबार राति मन्दिरको मुल ढोका तोडफोड गरि दान पेटीका समेत चोरी भएको मन्दिर व्यवस्थान समिति सचिव लालबहादुर विकले बताएका छन् । भक्तजनहरुले दान गर्ने पेटीका नै चाेरेर लगेकाे र मन्दिरकाे मुल ढोकामा तोडफोड गरिएको छ । मुल ढोका भित्रै रहेको दान […]
नागरिक रैबार/बाजुरा २ कार्तिक । बडीमालिका नगरपालिका ७ का ४६ जना विपम्न तथा भुकम्प पिडीत परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । बडीमालिका फाउन्डेसनको सहकार्य वडा कार्यालयको समन्वयमा र नेपाल हिल्फी एचएन Nepal Hilfe Aachen को सहयोगमा उक्त राहत सामाग्री वितरण गरिएको हो । सबै परिवारलाई चामल, तेल, चिनि, नुन, दाल सावन र पाँच सय […]
राजेन्द्र विक बाजुरा,२२असोज।यस बर्ष बाजुरामा अत्यधिक मात्रामा स्याउ उत्पादन भएपछि जिल्लामै खपत गर्न मुस्किल हुने अवस्था आएको छ । जिल्लामा नै स्याउको खपत गर्न गाह्रो भएपछि बजारीकरणका लागि जिल्ला बाहिरका ठुला सहरहरूमा पठाउने कार्य सुरु गरिएको छ । बाजुराको प्राङ्गारिक स्याउ एक पटक सबैले खाउ भन्ने नाराका साथ बाजुरामा उत्पादित स्याउ बाजुराको सदरमुकाम मार्तडी हुँदै […]
राजेन्द्र विक बाजुरा,२२असोज यस बर्ष बाजुरामा अत्यधिक मात्रामा स्याउ उत्पादन भएपछि जिल्लामै खपत गर्न मुस्किल हुने अवस्था आएको छ । जिल्लामा नै स्याउको खपत गर्न गाह्रो भएपछि बजारीकरणका लागि जिल्ला बाहिरका ठुला सहरहरूमा पठाउने कार्य सुरु गरिएको छ । बाजुराको प्राङ्गारिक स्याउ एक पटक सबैले खाउ भन्ने नाराका साथ बाजुरामा उत्पादित स्याउ बाजुराको सदरमुकाम मार्तडी […]