होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाउलीमा एकजना मृत अवस्थामा फेला
समाचार

बाउलीमा एकजना मृत अवस्थामा फेला

  • नागरिक रैबार
बाउलीमा एकजना मृत अवस्थामा फेला

नागरिक रैबार/ बाजुरा ४ कार्तिक। बाजुराकाे बडीमालिका नगरपालिका ८ स्थित बाउलीमा एकजना मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा फेला पर्नेेमा साेही नगरपालिका ९ तल्लावाडा घर भएका अन्दाजि ५० वर्षिया लाल थापा रहेका छन् ।

शनिवार दिउसाे बाउली खाेला नजिकै पानीकाे खाेल्सामा थापा मृत अवस्थामा फेला परेकाे स्थानीय प्रत्येक्षदर्शीले बताएका छन् ।

विज्ञापन

मृतक थापा जिल्ला प्रशासन कार्यालय बाजुराका पूर्व कार्यालय सहयाेगी कर्मचारी हुन् । उनी खर्रामा रहेकाे आफ्नै घरमा बस्दै आएका थिए । थापा मृत अवस्थामा फेला परेपछि आजै अन्तिम दाहसंस्कार गरिने उनका आफन्त चन्द्र थापाले बताएका छन् ।

उनकाे के कति कारणले मृत्यु भएकाे हाे यसबारे थप अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार