होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराकाे मालिका मन्दिर ताेडफाेड, दानपेटिका समेत चाेरी
समाचार

बाजुराकाे मालिका मन्दिर ताेडफाेड, दानपेटिका समेत चाेरी

  • नागरिक रैबार
बाजुराकाे मालिका मन्दिर ताेडफाेड, दानपेटिका समेत चाेरी

नागरिक रैबार/बाजुरा ४ कार्तिक। बाजुराकाे सदरमुकाम मार्तडी स्थित मालिका मन्दिरमा चोरी भएको छ । शुक्रबार राति मन्दिरको मुल ढोका तोडफोड गरि दान पेटीका समेत चोरी भएको मन्दिर व्यवस्थान समिति सचिव लालबहादुर विकले बताएका छन् ।
भक्तजनहरुले दान गर्ने पेटीका नै चाेरेर लगेकाे र मन्दिरकाे मुल ढोकामा तोडफोड गरिएको छ ।

मुल ढोका भित्रै रहेको दान पेटीका भने सिंगो उठाएर लिएको समितिले बताएको छ ।  पुजा कोठा र भगवतीको मुर्ति राखिएको कक्षमा समेत पैसाकाे खाेजि गरेर ताेडफाेड भएकाे छ । सोही कक्षमा पुजामा चढाइएको ६ सय ५० रुपैया पनि लिएको मन्दिरका पुजारीले बताएका छन् ।

दशैं लक्षित खर्च व्यवस्थापनको नियत राखेर युवाहरुको समूहले चोरी गरेको हुन सक्ने बताइएको छ । मन्दिर व्यवस्थापन समितिले प्रहरी मुचुल्का सहीत उजुरी दिएको छ । मालिका मन्दिरमा स्थानीयले बडीमालिकाकै जत्तीको महिमा र महत्व सहीत पुजा गर्ने गरेका छन् ।

विज्ञापन

आस्थाको धरोहर मन्दिरमै चोरी हुन दुखत विषय भएपनि सुरक्षा कमजोरीकै कारण चोरीका घटना बढेको आरोप स्थानीयको छ । तीन दिन अघि मात्रै मार्तडी बजारमै पशुपति सुनचाँदी पसलमा समेत चोरी भएको थियाे ।
यता प्रहरी प्रमुख डिएसपी कविन्द्रसिंह बाेहराले भने मन्दिर ताेडफाेड र दानपेटीका चाेरी भएकाे विषयमा जानकारी नआएकाे बताएका छन् ।

बजारमा चोरीका घटना बढीरहेका छन् । प्रहरीको सुरक्षा व्यवस्थापन नै कमजोर भएको आरोप बजार बासीको छ । चाड पर्व केन्द्रीत घर व्यापारी होटल पसल बन्द गरेर घर जाने तयारी गरिरहँदा उनीहरुलाई चोरी हुने त्रास बढेको छ । तर प्रहरीले भने सुरक्षा व्यवस्थापन कडा पारिएको दाबी गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार