होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • मष्टेश्वरी आविका विद्यार्थी र शिक्षकलाई न्यानो लुगा वितरण
देश/प्रदेश

मष्टेश्वरी आविका विद्यार्थी र शिक्षकलाई न्यानो लुगा वितरण

  • नागरिक रैबार
मष्टेश्वरी आविका विद्यार्थी र शिक्षकलाई न्यानो लुगा वितरण

नागरिक रैबार/बाजुरा ६ कार्तिक। बडीमालिका नगरपालिका वडा नम्वर ९ स्थित चौराटामा रहेको मष्टेश्वरी आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको छ ।

चिसो सिजनलाई मध्येनजर गर्दै विद्यालयमा अध्ययनरत सम्पूर्ण ८८ जना विद्यार्थी र ९ जना शिक्षकलाई चिसो छल्न न्यानो वितरण गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष विनोद कुमार विकले बताएका छन् ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी सोही वडा निवासी गोरख विकको व्यक्तिगत १ लाखबरावरको न्यानो लुगा वितरण गरिएको हो । चौराटाँ घरभई १९ वर्षदेखि नेपाली सेनामा कार्यरत रहेका गोरख विकले विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकलाई चिसो छल्न न्यानो लुगा सहयोग गरेको विद्यालयका प्रधानाध्यापक भक्त बहादुर विष्टले बताएका छन् ।

विज्ञापन

No description available.

विद्यार्थीहरुलाई लुगा वितरण गर्दै सहयोगी दाता स्थानीय गोरख विकले भने आफुले अध्ययन गरेको विद्यालयमा यसरी केही राहत स्वरुप चिसो छल्न न्यानो लुगा वितरण गर्न पाउँदा खुसी भएको बताएका छन् । उनले आगामी दिनमा समेत यो विद्यालयलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
त्यस्तै चौराटा सरकारी कर्मचारी संजालको तर्फबाट समुदायमा समाजसेवीको भुमिका निर्वाह गरि खानेपानी क्षेत्रमा योगदान पुगाएको भन्दै स्थानीय विनोद कुमार विकलाई दोसल्लासहित सम्मान पत्र मार्फत सम्मान गरिएको छ ।

आज एक औपचारिक कार्यक्रमका बीच विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकलाई न्यानो लुगा वितरण तथा विजया दशमीको अवसरमा साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार