होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • बडीमालिका-८ मा प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियाेगिता सूरू
खेलकुद

बडीमालिका-८ मा प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियाेगिता सूरू

  • नागरिक रैबार
बडीमालिका-८ मा प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियाेगिता सूरू

 नागरिक रैबार बाजुरा १२ कार्तिक बाजुराकाे सदरमुकाम मार्तडीमा आजबाट प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियाेगिता सूरू भएकाे छ ।

बडीमालिका नगरपालिका- ८ काे आयाेजनामा बाजुरा क्याम्पसकाे प्राङ्गणमा आजबाट उक्त प्रतियाेगिता सूरू भएकाे हाे ।

प्रतियाेगिताकाे एक कार्यक्रमका विच बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काले व्यानर बाचनसंगै मुख्य रेफ्री सन्ताेष नेपालीलाई फुटबल हस्तान्तरण गरेर उद्घाटन गरेका छन् ।

विज्ञापन

परम्परागत संस्कृतिकाे जगेर्ना हाम्राे चाहाना, बडा दशै तथा शुभ दिपावली २०८० काे शुभकामना भन्ने उदेश्यका साथ उक्त प्रतियाेगिताकाे आयाेजना गरिएकाे बडीमालिका-८ का वडा अध्यक्ष चन्द्रबहादुर थापाले बताएका छन् ।

वडाभित्रका खेलाडीहरूलाई खेल क्षेत्रमा आकर्षण गर्न र खेलक्षेत्रकाे विकासका लागि प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिताकाे आयाेजना गरिएकाे वडा कार्यालयले जनाएको छ ।

वडा अध्यक्ष चन्द्रबहादुर थापाकाे अध्यक्षतामा सूरू गरिएकाे प्रतियाेगितामा प्रमुख अतिथि बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्का, विशिष्ट अतिथि उपप्रमुख नन्दा थापा रहेकी थिईन् ।

उद्घघाटन कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य दुर्गा थापा, नेपाल विद्यार्थी संघ जिल्ला अध्यक्ष जनक थापा, नेपाली काँग्रेस वडा सभापति विरबहादुर थापा अतिथि रहेका थिए भने कार्यक्रमकाे संचालन विरबहादुर रावलले गरेका थिए ।

प्रतियाेगितामा ७ वटा टिम सहभागी भएका छन् । प्रतियोगिताकाे विजेता टिमलाई नगद २५ हजार मेडल प्रमाणपत्र र उपविजेता हुने टिमलाई १५ हजार नगदसहित प्रमाणपत्र मेडलसहित प्रदान गरिने वडा कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार