होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराका स्याउ किसानको वारि बाटै अनुदानमा ढुवानी
समाचार

बाजुराका स्याउ किसानको वारि बाटै अनुदानमा ढुवानी

  • नागरिक रैबार
बाजुराका स्याउ किसानको वारि बाटै अनुदानमा ढुवानी

राजेन्द्र विक बाजुरा,२२असोज
यस बर्ष बाजुरामा अत्यधिक मात्रामा स्याउ उत्पादन भएपछि जिल्लामै खपत गर्न मुस्किल हुने अवस्था आएको  छ ।
जिल्लामा नै स्याउको खपत गर्न गाह्रो भएपछि बजारीकरणका लागि जिल्ला बाहिरका ठुला सहरहरूमा पठाउने कार्य सुरु गरिएको छ ।
बाजुराको प्राङ्गारिक स्याउ एक पटक सबैले खाउ भन्ने नाराका साथ बाजुरामा उत्पादित स्याउ बाजुराको सदरमुकाम मार्तडी हुँदै सुदूरपश्चिमको सांफे,दिपायल,स्याउले हुँदै अतरिया,धनगढी, लगायतका बजारमा पुर्‍याउने कार्य शुरु गरिएको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मीन प्रसाद जैशिले बताउनुभयो  ।
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका बाट पहिलो चरणमा २ सय क्विन्टल, स्याउ कृषि ज्ञान केन्द्र बाजुराको ४० प्रतिशत अनुदान स्वामिकार्तिक गाउँपालिकाको ४० प्रतिशत अनुदान गरि ८० प्रतिशत ढुवानी अनुदान र किसानहरुको २०प्रतीशत लगानी बाट किसानको बारीबाटै स्याउ उठाएर बजारीकरणका लागि सुदुरपश्चिमका विभिन्न शहरहरुमा पठाइएको सुचना अधिकारी जैशिले बताउनुभयो ।
बर्सातले जिल्लाका ग्रामीण सडकहरू अवरुद्ध भई स्याउ ढुवानी गर्न केही ढिलाइ भएपछी समस्या हुने हो की भन्ने चिन्तामा रहेका स्याउ कृषक भने ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदानसहित बजारीकरणका लागि जिल्ला बाहिर पठाउन शुरु गरिदिएपछि निकै खुशी भएका छन्।
यो बर्ष राम्रो स्याउ फल्यो तर सडक अवरुद्धले ढुवानी गरेर बिक्री गर्न नपाई बारीमै कुहिने हो की  भन्ने पिरलो थियो अब ढुक्क भयौं । स्याउले बजार पाउने भो ।” बुढिनन्दा नगरपालिका ९ पाण्डुसैनका स्याउ कृषक दिनेश बोहोराले खुशी ब्यक्त गर्दै भन्नुभयो।
स्वामिकार्तिक खापर गाउँपालिकाका स्याउ खच्चर मार्फत पिलुचौर र पिलुचौर बाट ट्रकमा धनगडी पठाइएको तथा बुढिनन्दा नगरपालिका ९ पाण्डुसैनका १ सय २० क्विन्टल स्याउ बडा दशैंलाइ लक्षित गरि जिप मार्फत मार्तडी र मार्तडी बिक्री नभए लगत्तै धनगढी १/२ दिनमै पठाउने गरि योजना बनाइएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ  ।
निकै मीठो र अर्गानिक मानिएको बाजुराको स्याउ उपभोक्ताको पहिलो रोजाइमा पर्दै आएको छ। धनगढी बसपार्क बाट प्रती केजि १ सय २० रुपैयाँमा स्याउ बिक्रि हुने भएको छ।
बाजुरा जिल्लाभरि एक सय ७० हेक्टर क्षेत्रफलमा एक हजार २० मेक्ट्रिक्टन स्याउ उत्पादन हुने गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार