होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काँग्रेस बाजुराको आमसभाको तयारी पूरा, महामन्त्री शर्माले संवोधन गर्ने
समाचार

काँग्रेस बाजुराको आमसभाको तयारी पूरा, महामन्त्री शर्माले संवोधन गर्ने

  • नागरिक रैबार
काँग्रेस बाजुराको आमसभाको तयारी पूरा, महामन्त्री शर्माले संवोधन गर्ने

नागरिक रैबार/बाजुरा १८ मंसिर।नेपाली काँग्रेस बाजुराले मार्तडीमा आयोजना गर्न लागेको बृहत आम सभाको व्यापक तयारी गरेको हो । पार्टी महामन्त्री विश्वप्रकाश शर्मा आउने भएपछि उहाँको स्वागत र सम्मानमा जिल्ला स्तरीय बृहत आम सभा गर्न लागिएको पार्टी सभापति रामसिंह रावलले बताएका छन् ।
शिर्ष नेतृत्व नै बाजुरा आउने भएपछि भव्य तयारी गर्न लागिएको र त्यसका लागि मञ्च व्यवस्थापन देखिका सबै काम सम्पन्न भइसकेको सभापति रावलले जानकारी दिएका छन् । पार्टी नेतृत्वसँग भेटघाट र राष्ट्रिय राजनीति बारे जानकारी लिने अवसरका रुपमा आयोजना गरिने कार्यक्रम खुला मञ्च मार्तडीमा सञ्चालन गरिने भएको हो ।
जिल्ला तहका पार्टी नेता कार्यकर्तासँग भेटघाट तथा संगठनको अवस्था बारे छलफल तथा समीक्षा गर्न आमसभा आयोजना गर्न लागिएको पार्टी सचिव भरत रोकायाले बताएका छन् । शर्मा पहिलो पटक बाजुरा आउन लागेका हुन् ।
जिल्ला सम्मेलनका लागि अछाम पुगेका शर्मालाई बाजुरा जिल्ला समितिले आम भेलामा बोलाइएको हो । आम सभामा व्यापक कार्यकर्ता सहभागि गराउने लक्ष्य राखिएको काँग्रेसले बताएको छ । आम सभामा काम बिशेष बाजुराबाट संघिय सभामा प्रतिनिधित्व गर्ने सहमहामन्त्री बद्रीप्रसाद पाण्डे भने सहभागि नहुने बताइएको छ ।
कार्यक्रमका लागि मार्तडीको खुला मञ्चलाई झण्डाहरुले सिंगारिएको छ । मंसिर १९ गते विहान ११ बजे कार्यक्रम सुरु हुने र महामन्त्री सहीतका नेताहरुले भेलालाई संवोधन गर्ने कार्यक्रम रहेको छ । शर्मा नेपाली काँग्रेस भित्र बहुप्रतिभा र प्रखर वक्ताको रुपमा स्थापित छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार