होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका-५ मनामा कार्तिक १६ गते बडा दशैं मेला लाग्ने
समाचार

बडीमालिका-५ मनामा कार्तिक १६ गते बडा दशैं मेला लाग्ने

  • नागरिक रैबार
बडीमालिका-५ मनामा कार्तिक १६ गते बडा दशैं मेला लाग्ने

नागरिक रैबार/बाजुरा १४ कार्तिक। बडीमालिका नगरपालिका-५ मनामा यहि कार्तिक १६ गते बडा दशैं मेला लाग्ने भएको छ । पन्चमीको दिनको अवसरमा मना गाउँमा लाग्ने बडा दशैं मेलामा पुजाआजा र मेलालाई सभ्य भव्य र मर्यादित सफल बनाउन वडाले व्यापक तयारी गरेको छ ।

मेला लाग्ने दिन वडा भित्र मदिरा विक्रि वितरण, मदिरा सेवन र जुवातास जस्ता क्रियाकलाप नगर्न वडाबासीलाई वडा कार्यालयले सार्वजनिक सूचना जारी गर्दै आग्रह गरेको छ ।

May be an image of text

विज्ञापन

बडा दशैं मेलामा होहल्ला गरी संस्कृतिलाई विथोल्ने प्रयास गरेमा बडीमालिका नगरपालिकाको मदिरा र जुवातास ऐन अनुसार कारवाही गरिने समेत वडा कार्यालयले जनाएको छ ।

मेला अवधिभर वडामा मदिरा सेवन, विक्रीवितरण र जुवातास खेलेको पाईएमा कडा कारवाही गरिने वडा अध्यक्ष धर्मपाल मिजारले बताएका छन् । मेलामा मदिरा विक्रि वितरण गर्नेलाई १२ हजार ५ सय, मदिरा सेवनकर्तालाई ७ हजार पाँचसय, जुवातास खेलाउनेलाई १५ हजार र जुवातास खेल्नेलाई १३ हजार रुपैयाँ जरिभाना तिराएर कारवाही गर्ने वडा अध्यक्ष मिजारले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार