होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी: बाजुरामा जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ परेका छन्। बुढिनन्दा नगरपालिका -७ जेठारीबाडाका २७ वर्षीय घमण्ड जेठारालाई मंगलबार पक्राउ गरेको प्रहरीले बताएको छ। उनले २५ वर्षीया महिलामाथि उनी एक्लै भएका बेला ढोका फोडी घरभित्र पसेर आइतबार जबरजस्ती करणी गरेको बताइएको छ। अस्थाई प्रहरी पोष्ट पाण्डुसैनबाट खटिएको प्रहरीले जेठारालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले […]
राजेन्द्र बिक बाजुरा,२२भदौ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)बाजुराको ८औं जिल्ला सम्मेलन खेमराज साउंद लाई जिल्ला अध्यक्ष सर्बसम्मत चयन गर्दै सम्पन्न भएको छ। सम्मेलनले ५१ सदस्यीय जिल्ला कमिटी पनि घोषण गरेको छ ।जसमा उपाध्यक्ष पदम रावत,शुशिला शाही, छक्कलाल थापा सचीव मा बलमान धामी सह-सचिव मा नवराज बुढा मोहन बडुवाल ,अर्जुन सुनार र कोषाध्यक्ष मा […]
नागरिक रैबार/बाजुरा २२ भदौ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराको समानान्तर कमिटी पनि नेकपा एकिकृत समाजवादी पार्टी निकट युवा संघमा समाहित भएको छ । मंगलबार राष्ट्रिय युवा संघ नेपाल बाजुराले एक विज्ञप्ति जारी गर्दै यस अघि राष्ट्रिय युवा संघ नेपालले गठन गरेको समानान्तर कमिटी एकिकृत समाजवादी पार्टीको युवा संघमा समाहित भएको हो । […]
नागरिक रैबार/बाजुरा २२ भदौ। नेकपा एकिकृत समाजवादी पार्टी बाजुराको प्रथम विस्तारित बैठक सम्पन्न भएको छ । सोमबारबाट सदरमुकाम मार्तडीमा बसेको प्रथम विस्तारित बैठकले गरेका निणर्यहरु मंगलबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष गगन रावलले पार्टीलाई व्यवस्थित गर्नका लागि विभिन्न विभागहरुको जिम्मेवारी बाँडफाँड गरेको पत्रकार सम्मेलनमा बताएका छन् । उहाँका […]
नागरिक रैबार/बाजुरा २२ भदौ। जिल्लाको बडीमालिका नगरपालिका ७ रजातोलीकी एक महिला भिरबाट लडेर घाईते भएकि छन् । घाइते हुनेमा सोही नगरपालिका ७ कि अन्दाजी ६० वर्षिया खिरी उपाध्याय रहेकी छन् । उनी गाउँ नजिकै रहेको भिरमा गाई गोरुका लागि घाँस काट्ने क्रममा चिप्लिएर लडेको स्थानीय शिवलाल पाध्याले बताएका छन् । लडेर घाइते भएकि पाध्याको टाउको […]
नागरिक रैबार/बाजुरा २२ भदौ।सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश बहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मंगलबार मन्त्री शाहले मुख्यमन्त्री त्रिलोचन भट्टलाई मन्त्री पदबाट राजीनामा दिएको पत्र बुझाएका हुन् । त्यस्तै अर्का राज्यमन्त्री अर्चना गहतराजले पनि राजीनामा दिएकी छन् । दल विभाजनपछि पनि नेकपा एमालेमै रहने निधो गरेका एमाले संसदीय दलका नेतासमेत रहेका […]
नागरिक रैबार/बाजुरा २२ भदौ। नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को ८ औ जिल्ला सम्मेलन मार्तडीमा सूरु भएको छ । अनेरास्ववीयु (क्रान्तीकारी) को उक्त सम्मेलन सदरमुकाम मार्तडीको अपि होटलमा मंगलबारबाट सूरु भएको हो ।अखिल क्रान्तिकारीका बाजुरा संयोजक पारस बुढाको अध्यक्षतामा संचालन भएको ८ औ जिल्ला सम्मेलनको प्रमुख अतिथि अखिल क्रान्तिकारीका […]
नागरिक रैबार/बाजुरा २२ भदौ । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले राजीनामा दिने तयारी गरेका छन् । दल विभाजनपछि पनि नेकपा एमालेमै रहने निधो गरेका एमाले संसदीय दलका नेता समेत रहेका मन्त्री शाहले राजीनामा तयारी गरेको बताईएको छ । मन्त्री शाहको सचिवालयले पनि राजीनामा दिनेबारे छलफल भइरहेको जनाएको छ । ‘एकीकृत समाजवादीको […]
बाजुरा: सरकारले हलिया मुक्तिको घोषणा गरेको सोमबार १३ वर्ष पुगेको छ। सुदूरपश्चिमको नौ र कर्णाली प्रदेशको तीन गरी १२ जिल्लामा रहेका हलियालाई नेपाल सरकारले २०६५ साल भदौ २१ गते मुक्त भएको घोषणा गरेको थियो। सरकारले मुक्त घोषणा गरेको एक दशकभन्दा बढी बितेको भए पनि अझै बाजुराका हलियाहरु पुनःस्थापित हुन सकेका छैनन्। यहाँका मुक्त हलियाका अगुवाहरुले […]
नागरिक रैबार/बाजुरा २१ भदौ । बाजुराका स्थानीय तह कर्मचारी हकहित मञ्च जिल्ला कार्यसमिति द्धारा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई विरोध पत्र बुझाइएको छ । मुलुकमा नयाँ संविधान जारी भए पश्चात राजनीतिक ,प्रशासनिक र वित्तीय संघीयता कार्यन्वयनमा ल्याइयता पनि राजनीतिक र वित्तयि संघीयताको कार्यन्वयनमा महत्वपुणर् भुमिका निर्वाह गरि प्रशासनिक संघीयतालाई कार्यन्वयनमा गर्न तत्कालिन मौजुदा कर्मचारीहरुलाई तीनै तहका […]
नागरिक रैबार/बाजुरा २१ भदौ । नेकपा एमाले बाजुराको समानान्तर जिल्ला कमिटी नेकपा एकीकृत समाजवादीमा रुपान्तरण भएको घोषणा गरिएको छ । सोमबार जिल्लाको नेकपा एकिकृत समाजवादीले सदरमुकाम मार्तडीमा आयोजना गरेको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष गगन रावलले यस अघि गठन गरेको समानान्तर कमिटीलाई एकीकृत समाजवादीमा रुपमान्तरण भएको घोषणा गरेका हुन् ।उनले भने एमालेको समानान्तर कमिटीमा […]
नागरिक रैबार/बाजुरा २१ भदौ। बाजुरामा नेकपा एमालेका ८ जना जनप्रतिनिधिले नेकपा एकिकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् । सोमबार जिल्ला निर्वाचन कार्यालय बाजुरामा पुगेर ८ जनाले नेकपा एसमा सनाखत गरेका हुन् । सनाखत गर्नेमा स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष चिरन्जीवी शाही, उपाध्यक्ष मिमा बुढा, त्यस्तै बुढिगंगा नगरपालिका ९ का वडा अध्यक्ष भरत थापा, बुढिनन्दा नगरपालिका वडा […]
नागरिक रैबार/बाजुरा २१ भदौ । जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. ४ का एक युवकको भिरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका ४ का अन्दाजी ४५ वर्षका धनबहादुर उखेडा रहेको वडा अध्यक्ष रामबहादुर कटुवालले बताएका छन् । उहाँका अनुसार उखेडा भदौ १८ गते बार्जुकोट दरबार नजिकैको भिरबाट लडेर घाईते भएका थिए । घाईते […]
नागरिक रैबार/बाजुरा २१ भदौ । बाजुराको त्रिवेणी नगरपालिका वडा नं. ५ घर भएका एक युवकको मलेसियामा मृत्यु भएको छ । रोजगारीको सिलसिलामा मलेसियामा रहेका त्रिवेणी नगरपालिका-५ किम्नीका ३० वर्षीय युवक टेकबहादुर धामीको मृत्यु भएको हो । धामीको कोरोना पुष्टि भएको २० दिनपछि मृत्यु भएको बताइएको छ । अस्पताल लग्ने वितिकै डाक्टरले मृत घोषण गरेको धामीका […]
नागरिक रैबार/बाजुरा २० भदौ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बडीमालिका-९ मा माओवादी केन्द्रको टोल संगठन समिति गठन गरिएको छ । वडा नम्बर ९ को माझगाउँको टोल संगठन समिति सचिवमा माँझ गाउँका राजु विकलाई जिम्मेवारी दिईएको छ । नेकपा माओवादी केन्द्र बाजुराले विकलाई बडीमालिका ९ को टोल सचिवको जिम्मेवारी दिईएको माओवादी केन्द्रका नगर कमिटी सचिव चन्द्र […]
नेपाली काँग्रेस बाजुराको ७ औं जिल्ला अधिवेशन नजिकिएसंगै नेपाली काँग्रेस बाजुराले आफ्नो तयारीलाई पनि तिव्रताका साथ अगाडी बढाएको छ । गाउँटोल, पालिका, प्रदेश (क) र (ख) सहित जिल्लामा नेतृत्व चयनका लागि नेताहरु चुनावी रणनीति बनाएर अगाडी बढेका छन् । यससँगै जिल्ला सभापतिका लागि आकांक्षीहरु आफ्नो टिम निर्माण एवं विस्तारको आन्तरिक तयारीमा जुटेका छन् । बाजुरा […]
नागरिक रैबार/बाजुरा २० भदौ। ग्रामीण सुधार केन्द्र (आर.आई.सी) बाजुराको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।ग्रामीण एवं दुर्गम क्षेत्रको पूर्वाधार विकासमा स्थानीय जनसहभागिता भन्ने उद्देश्यका साथ २०६५ साल मंसिर १५ गते जिल्ला प्रशासन कार्यालय बाजुरामा दर्ता भई विधिवत रुपमा स्थापना भएको संस्थाको शनिबार एक औपचारिक कार्यक्रमका विच १३ औं वार्षिक साधारण सभा सम्पन्न […]
नागरिक रैबार/बाजुरा १८ भदौ। नेपाली काँग्रेस बाजुराले बडीमालिका नगरपालिका वडा नं. ९ मा डम्मर विक सभापति रहने गरी १५ सदस्यीय टोल कार्य समिति गठन गरेको छ । नेपाली काँग्रेस बाजुराको आसन्न १४ औं महाधिवेशन तथा सातौ जिल्ला अधिबेशनको पुर्ब सन्ध्यामा बडिमालिका ९ मा टोल कार्यसमिति गठन गरेको हो । जसमा डम्मर विक सभापति, प्रेम खड्का […]
नागरिक रैबार/बाजुरा १८ भदौ। बाजुराको सदरमुकाम मार्तडीस्थित बाजुरा क्याम्पसले भौतिक उपस्थितिका आधारमा कक्षा संचालन गर्ने भएको छ । शुक्रबार बाजुरा क्याम्पसले एक सूचना जारी गर्दै भदौ २० गते आईतबारबाट विद्यार्थीहरुको भौतिक उपस्थितिका आधारमा कक्षा संचालन गर्ने भएको हो । यस अघि कोभिड-१९ का कारण बाजुरा क्याम्पसमा स्नातक र स्नातकोत्तर तहका कक्षाहरु बैकल्पिक माध्यमबाट संचालन हुँदै […]
बाजुराः बाजुराको बडिमालिका नगरपालिका–२ मैमातोला अमलसेडी बस्ती बाढी कटानको उच्च जोखिममा परेको छ। बुढीगंगा नदीले कटान गर्न थालेपछि बस्ती बाढीपहिरोको जोखिममा परेको हो। अमलसेडीवासीको जमिन बुढीगंगाले वर्षेनी कटान गर्दै आएको छ। २ वर्षयता बस्ती नै जोखिममा परेको छ। बस्ती तलबाट जमिन विस्तारै कटान गर्न थालेपछि आफूहरु पूर्ण रुपमा विस्तापित हुने अवस्थामा पुगेको स्थानीय मीनबहादुर रोकायाले बताए। […]