होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पहिरोले अवरुद्ध बल्दे-दवारी सडक पाँच महिनपछि सूचारु
समाचार

पहिरोले अवरुद्ध बल्दे-दवारी सडक पाँच महिनपछि सूचारु

  • नागरिक रैबार
पहिरोले अवरुद्ध बल्दे-दवारी सडक पाँच महिनपछि सूचारु

नागरिक रैबार/बाजुरा १३ असोज। बाजुराको सदरमुकाम मार्तडीसम्मको राजमार्ग बल्दे-दवारी सडकमा खसेको पहिरोका कारण पाँच महिनादेखि अवरुद्ध भएको सडक संचालनमा आएको छ ।

जिल्लाको सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग सडक बल्दे दवारीको पहिरोकै कारण गएको जेठ अन्तिम साताबाट अवरुद्ध बनेको थियो ।

पाँच महिनादेखि सडकमा निरन्तर खसेको पहिरोकै कारण जिल्लाको सदरमुकाम मार्तडी लगायतका क्षेत्रमा खाद्यन्न ढुवानी समेत भएको थिएन् । जसका कारण सदरमुकाम मार्तडी बजार लगायतका ठाउँमा दैनिक उपभोग्य खाद्य सामाग्रीमा मुल्य वृद्धि भएपछि स्थानीयहरुले महंगीको मार खेप्नु परेको थियो ।

विज्ञापन

बल्दे-दवारी सडकमा खसेको पहिरो सडक विभागले हटाए संगै सदरमुकाम मार्तडीसम्म नियमित साना यातायात संचालनमा आएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताएका छन् ।

यस अघि वर्षातको समयमा बल्दे दवारी सडकमा कष्टकरपूर्ण पैदल यात्रा गर्दै आएका स्थानीयहरुलाई सडक संचालनमा आएपछि सहज हुने भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार