होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • पिलुचौर र भारती कौषाडी बजार अनुगमन, अखाद्य बस्तु नष्ट
बाजुरा बिशेष

पिलुचौर र भारती कौषाडी बजार अनुगमन, अखाद्य बस्तु नष्ट

  • नागरिक रैबार
पिलुचौर र भारती कौषाडी बजार अनुगमन, अखाद्य बस्तु नष्ट

नागरिक रैबार/बाजुरा १२ असोज। जिल्लाको जगनाथ गाउँपालिकाको पिलुचौर बजार र बुढीनन्दा नगरपालिकाको भारती कौषाडी बजारको अनुगमन गरिएको छ ।

बजारमा अखाद्य बस्तुहरु बिक्री वितरण हुन नदिन तथा बजार मूल्यमा एकरुपता कायम गर्नका लागि पिलुचौर र भारती कौषाडी बजारमा रहेका पसलहरुको अनुगमन गरिएको हो ।

नजिकिदै गरेको दशैं तिहारलाई लक्षित गरेर जगन्नाथ, स्वामीकार्तिक, कुन्ना प्रहरी चौकी, उद्योग बाणिज्य संघ, प्रशासन कार्यालयका प्रतिनिधिहरुले बजार अनुगमन गरेको जगन्नाथ गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशिले बताएका छन् । उहाँका अनुसार भारती कौषाडी बजार अनुगमन गरी म्याद नाघेका २ बोरा औषधि र १ बोरा खाद्य समाग्री बरामद गरी नष्ट गरिएको हो ।

विज्ञापन

सोमबार जिल्ला प्रशासन कार्यालयका प्रतिनिधी दिपेन्द्र प्रसाद पाण्डेका नेतृत्वमा पिलुचौर र भारती कौषाडी बजारमा औषधि र खाद्यान्न पसल अनुगमन गर्दा म्याद गुज्रेका खाद्य बस्तु र औषधि भेटिएको थियो । उक्त म्याद गुज्रेका औषधी र खाद्य बस्तु जफत गरी नष्ट गरिएको जगन्नाथ गाउँपालिका रोजगार संयोजक जोशीले बताएका छन् । अनुगमन टोलीले उक्त बजारहरुमा दर्ता नगरेर संचालन गरेका होटेल पसलहरुलाई तत्काल दर्ता गर्न समेत आग्रह गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार