होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, चैत्र २४, २०८०
जोडिनुहोस
  • होमपेज
  • जगन्नाथ
  • अवरुद्ध कोल्टी-पिलुचौर सडक अझै मर्मत भएन
जगन्नाथ

अवरुद्ध कोल्टी-पिलुचौर सडक अझै मर्मत भएन

  • नागरिक रैबार
अवरुद्ध कोल्टी-पिलुचौर सडक अझै मर्मत भएन

बाजुराको कोल्टी पिलुचौर सडक खण्डको मटेला नजिक बाटो अवरुद्ध भएको करिव दुई साता पुग्दा पनि मर्मत नभए पछि आवत जावत गर्ने यात्रुलाई सास्ती भएको छ ।

मटेलाको घुम्ती नजिक  कुलाको पानी थुनिएर बाटो अवरुद्ध भएको करिव दुई साता पुग्न लाग्दा पनि बाटो नवने पछि कोल्टी बजार क्षेत्रमा आवात जावत गर्ने यात्रुले सास्ती भोग्नु परेको हो ।

अहिले दशै तिहार नजिक आइ रहेको छ दैनिक सयौंको संख्यामा यात्रुहरु आइरहेका छन तर बाटो मर्मतको कुनै सुरसार नभए पछि यात्रुले ७ किलोमिटरको दुरीमा दुई वटा गाडि फेर्नु परेको दुखेसो गरेका छन । गाडी फेर्नु पर्दा १ सय रुपैयाँ भाडा लाग्ने पिलुचौर सम्मको २ सय देखि २ सय ५० सम्म भाडा तिर्नु परेको छ भने समयमै गाडी नपाइने समस्याले आवत जावतमा सास्ती भै रहेको छ ।

विज्ञापन

विरामीहरु लिएर आउदा पनि समयमा गाडी पाइदैन । लामो समय सम्म बाटो निमार्णको काम भएको छैन, स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ४ का स्थानिय शंकरप्रसाद उपाध्यायले बताउनुभयो । नगरपािलकाको क्षेत्र भित्र पर्ने सडक दुई साता देखि अवरुद्ध हुदा पनि नगरपािलकाले अहिले सम्म कुनै ठोस पहल चालेको देखिदैन उहाँले बताउनुभयो ।

जिल्लाकै हवाई यातायातले समेत जोडिएको यस क्षेत्रबाट बाजुरा मात्र नभई हुम्ला र मुगु लगायतका स्थानबाट समेत स्थानिय आवत जावत गरिरहेका छन । टाढा टाढाबाट आउने यात्रुलाई बाटो अवरुद्ध छ भन्ने थाहा हुदैन, आइ सकेपछि समस्या झेल्नु पर्ने स्थानियले बताएका छन । यता बुढीनन्दा नगरपालिकाकाले भने बाटो मर्मतका लागि आवश्यक कामको तयारी भै रहेको बताउदै आएको छ । रेडीयो बुढीन्दाबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै