होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन ४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राष्ट्रिय प्रतिभा र प्रादेशिक पुरस्कारबाट शाह र थापा सम्मानित हुने
समाचार

राष्ट्रिय प्रतिभा र प्रादेशिक पुरस्कारबाट शाह र थापा सम्मानित हुने

  • नागरिक रैबार
राष्ट्रिय प्रतिभा र प्रादेशिक पुरस्कारबाट शाह र थापा सम्मानित हुने

नागरिक रैबार/बाजुरा १९ असार। नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०८१ का लागि बाजुराका २ जना सर्जक तथा गायकलाई सम्मानित गर्ने भएको छ ।

नेपाल सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कारबाट सर्जक राजेन्द्र शाह विपि र देउडा गायक प्रकाश बहादुर थापालाई सम्मानित गर्ने भएको हो ।

मन्त्रालयले भाषा तथा साहित्य, संस्कृति, र संगीत तथा नाटक विधामा उल्लेखनीय योगदान पु¥याएका व्यक्तित्वहरूलाई यस वर्षको पुरस्कारका लागि छनोट गरेको हो ।

विज्ञापन

संगीत तथा नाट्य विधा तर्फ राष्ट्रिय प्रतिभा पुरस्कारका लागि बाजुरामा जन्मेर  तीन दशक देखि सांगीतीक यात्रामा सक्रिय गीतकार तथा कवि राजेन्द्र शाह बिपी र दुई दशक देखि देउडा गायनको क्षेत्रमा सक्रिय रहेका प्रकाश बहादुर थापालाई सम्मान गर्ने निर्णय गरेको छ ।

यो पटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बाजुराकै बद्री प्रसाद पाण्डे छन् । भाषा तथा साहित्य विधामा थापा र शाह दुबै जनाले महत्वपूर्ण योगपादन पुर्याएका छन् । दुबै जनाले देउडा गीतको साँगीतीक यात्रामा शब्द र स्वरले एकछत्र राज गर्दै आएका छन् ।

संगीत तथा नाट्य विधामा बाजुराको बुढीगंगा नगरपालिका–४ निवासी राजेन्द्रबहादुर शाह (राजेन्द्र शाह वी.पी.) लाई राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिनेछ । यस्तै सोहि विधा तर्फ प्रादेशिक पुरस्कारबाट बाजुराको बडीमालिका नगरपालिका ८ का प्रकाशबहादुर थापालाई प्रदान गरिने भएको छ।

संस्कृति मन्त्रालयअन्तर्गतको राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार समितिले चाँडै एक विशेष कार्यक्रम मार्फत छनोट भएका  स्रष्टाहरूलाई सम्मान गर्नेछ । यस सम्मान मार्फत विविध सांस्कृतिक, भाषिक र सिर्जनात्मक अभ्यासमा लागेका प्रतिभालाई प्रोत्साहन मिल्ने विश्वास गरिएको छ ।

May be an image of blueprint, ticket stub and text

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै