होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • काँग्रेस अधिवेशनः बडीमालिकामा नेतृत्व चयन हुन सकेन्
राजनीति

काँग्रेस अधिवेशनः बडीमालिकामा नेतृत्व चयन हुन सकेन्

सहमतिका लागि समय तोकियो

  • नागरिक रैबार
काँग्रेस अधिवेशनः बडीमालिकामा नेतृत्व चयन हुन सकेन्

नागरिक रैबार/बाजुरा ११ असोज । काँग्रेस बडीमालिकामा नगर सभापतिका लागि ५ जना उम्मेदवारहरुवीच सहमति नभएपछि नगर कार्यसमितिको नेतृत्व चयन अझै हुन सकेको छैन् ।

शनिबारबाट सूरु भएको काँग्रेस बडीमालिका दोस्रो अधिवेशन उद्धघाटन भएको ३ दिन वित्न लाग्दा समेत अहिले सम्म नेतृत्व चयन हुन नसकेको हो ।

जिल्ला भरका ९ वटा पालिका मध्ये ६ वटामा सर्वसम्मत नेतृत्व चयन भईसकेको छ भने त्रिवेणी नगरपालिकामा निर्वाचन पक्रियामा गएर नेतृत्व चयन भएको छ ।

विज्ञापन

सहमतिबाट नेतृत्व चयन गर्नका लागि नेपाली काँग्रेस नगर निर्वाचन समितिले आग्रह गरेको भएपनि नगर सभापतिका उम्मेदवारहरुले एक अर्कालाई सहमति गर्न नसकेपछि बडीमालिकामा नेतृत्व चयनमा ढिलाई भएको हो ।

बडीमालिकामा काँग्रेसको नगर सभापतिका लागि धनलाल पाध्याय, गोपाल कार्की, जनक थापा, खडक बडुवाल र पदम बडुवाल आकांक्षी देखिएका छन् ।

उनीहरुले एकले अर्कोलाई सहमति गर्न नसकेपछि नगर निर्वाचन समितिले सोमबार दिउसो सम्म नगरको नेतृत्व चयनका लागि निर्वाचन समय तालिका तोकेको थियो ।

तर उम्मेदवारवीच सहमति नभएपछि नेपाली काँग्रेसको जिल्लाको उच्च नेतृत्व तहको सुझाव सल्लाह र सहमतिका लागि समय माग गरिएकोले मिति २०७८ साल असोज १२ गते मंगलबार विहान ठ बजे सम्मको लागि सहमतिको सयम तोकिएको र उक्त सयम भित्र सहमति नभए निर्वाचन समितिले मंगलबार विहान ८ बजे देखि मतदान प्रक्रिया अगाडि बढाउने मतदान अधिकृत विष्णप्रसाद पाण्डेले बताएका छन् ।

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार