होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काँग्रेस अधिवेशन : प्रदेश (ख) को सभापतिमा खाति र रोकाया भिड्दै
समाचार

काँग्रेस अधिवेशन : प्रदेश (ख) को सभापतिमा खाति र रोकाया भिड्दै

  • नागरिक रैबार
काँग्रेस अधिवेशन : प्रदेश (ख) को सभापतिमा खाति र रोकाया भिड्दै

नागरिक रैबार/बाजुरा १३ असोज।नेपाली काँँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र (ख) को प्रदेश कार्य समितिको सभापतिमा बुढीगंगा नगरपालिकाका-४ का रंग खाति र गौमुल गाउँपालिका-३ का देवबहादुर रोकाया भिड्ने भएका छन् ।

प्रदेश सभा निर्वाचन क्षेत्र (ख) को प्रदेश कार्य समितिको सभापतिका लागि पौडेल पक्षधरबाट रोकाया र देउवा पक्षधरबाट खातीले उम्मेदवारी दर्ता गराएको नेपाली काँग्रेस श्रोतले बताएको छ ।

देउवा पक्षधरबाट सभापतिका लागि उम्मेदवारी दिएका खाति भानोदय माविका पूर्व प्रधानाध्यापक हुन् । उनी शिक्षक सेवाबाट निवृत भएर काँग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेका थिए ।

विज्ञापन

त्यस्तै पौडेल पक्षबाट सभापतिकै लागि उम्मेदवारी दिएका रोकाया बाजुरा उद्योग बाणिज्य संघको डेढदशक बढी अध्यक्ष पदमा कार्यरत रहेका थिए । उनी जिल्लाको दुर्गम गौमुल गाउँपालिका ३ बाट ३ दशक देखि काँग्रेसको राजनीतिमा सक्रिय छन् ।

प्रदेश सभा निर्वाचन क्षेत्र (ख) को सभापतिका लागि उम्मेदवारी दिएका नेता रोकाया र खाति विच तिव्र प्रतिष्पर्दा हुने आकंलन गरिएको छ । प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा ७ सय २३ जना प्रतिनिधिहरुले मतदान गर्ने भएका छन् भने मतदान प्रक्रिया भोलि विहान सूरु गरिने निर्वाचन समितिले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार