होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हिमाली गाउँ सभापतिमा अम्मलाल कार्की सर्वसम्मत चयन
समाचार

हिमाली गाउँ सभापतिमा अम्मलाल कार्की सर्वसम्मत चयन

  • नागरिक रैबार
हिमाली गाउँ सभापतिमा अम्मलाल कार्की सर्वसम्मत चयन

नेपाली काँग्रेसको १४ औं महाधिवेशन तथा ७ औं जिल्ला अधिवेनको लागि सोमबारसम्म ७ पालिकाले नेतृत्व पाएको छ । शनिबारबाट सुरु भएको पालिका अधिवेशनमाबाट आइतबार ७ पालिकाले नेतृत्व चयन गरेको छ । सोमबार पुर्वी उत्तरी भेगको हिमाली गाँपालिकाको गाउँ कार्य सभापतिमा अम्मलाल कार्कीलाई सर्वसम्मत चयन गरिएको छ ।

कार्कीको नेतृत्वमा ४२ सदस्यीय पालिका कार्य समिति पदाधिकारीलाई सर्वसम्मत भयन गरिएको मतदान अधिकृत अनिरुद्र पाण्डेले  जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार पार्टीका नेताहरुको अथक प्रयासपछि सहमतीमा पालिकाको नेतृत्व चयन गरिएको बताए । दुई दिन सम्म पालिकामा पार्टी उपसभापति गोविन्द्र बहादुर मल्ल लगायतका नेताहरुको प्रयासपछि आज सभापति सहितका पदाधिकारी चयन गरिएको मतदान अधिकृत पाण्डेकाे भनाइ रहेको छ ।

आइतबार जगन्नाथ गाउँपालिकामा सुन्दुर विष्ट,बुढीनन्दा नगरपालिकामा डबलबहादुर खड्का सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै बुढीगंगा नगरपालिकामा जयराज उपाध्याय,गौमुल गाउँपालिकामा राजबहादुर धामी,खप्तड छेडेदह गाउँपालिकामा हर्कबहादुर रावत निर्विरोध निर्वाचित भएको नेपाली काँग्रेस जिल्ला निर्वाचन समिति बाजुराले जनाएको छ ।
त्रिवेणी नगरपालिकामा भने मतदान प्रक्रियाबाट सुरेन्द्रराज गिरीले ८२ मत ल्याएर पदाधिकारी सहित विजयी भएका छन् । उनले प्रतिद्धन्दी गम्भीर बुढालाई ११ मतले पछार्दै सभापतिमा निर्वाचित भएका हुन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार