होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काँग्रेस बडीमालिकाको नगर सभापतिमा कार्की चयन
समाचार

काँग्रेस बडीमालिकाको नगर सभापतिमा कार्की चयन

  • नागरिक रैबार
काँग्रेस बडीमालिकाको नगर सभापतिमा कार्की चयन

नागरिक रैबार/बाजुरा १२ असोज। नेपाली काँग्रेस बडीमालिका नगर कार्यसमितिको सभापतिमा गोपाल कार्की चयन भएका छन् । त्यस्तै वरिष्ठ उपसभापतिमा खड्क बडुवाल (अभिनास) श्रीचन्द्र पाध्याय, सचिवमा कणर्बहादुर रावल र धनलाल खड्का रहेका छन ।

नगर सभापतिका आकांक्षीहरुले एकले अर्कोलाई सहमति नगर्दा बडीमालिकाको कार्यसमिति चयनमा ढिलाई भएको थियो । गत शनिबारबाट सूरु भएको बडीमालिकाको दोस्रो नगर अधिवेशनमा सभापतिका आकांक्षीहरुकै कारण मंगलबारसम्म लम्बिएको थियो ।

नगर सभापतिका लागि गोपाल कार्की, जनक थापा, खडक बडुवाल, पदम बडुवाल र धनलाल पाध्याय रहेका थिए । नगर निर्वाचन कार्यलयले आकांक्षीहरुलाई सहमति गरेर आउनका लागि मंगलबार विहान सम्मको समय तालिका दिएको थियो । अन्तत मंगलबार विहान बडीमालिकाको नगर कार्यसमिति सर्वसम्मत चयन भएको मतदान अधिकृत विष्णु प्रसाद पाण्डेले बताएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार