होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • खप्तड छेडेदह
  • काँग्रेस बाजुराका ९ वट‍ै पालिकाका सभापति यी हुन् (सूचिसहित)
खप्तड छेडेदह

काँग्रेस बाजुराका ९ वट‍ै पालिकाका सभापति यी हुन् (सूचिसहित)

  • नागरिक रैबार
काँग्रेस बाजुराका ९ वट‍ै पालिकाका सभापति यी हुन् (सूचिसहित)

नागरिक रैबार/बाजुरा १२ असोज । नेपाली काँग्रेस बाजुराका ९ वटै स्थानीय तहमा पालिकाहरुको अधिवेशन गत शनिवार बाट सूर भएर आज मंगलबार सम्पन्न भएको छ ।

पालिका स्तरमा भएको अधिवेशनबाट बुढिनन्दामा डबल बहादुर खड्का, हिमालीमा अम्मलाल कार्की, जगन्नाथमा सुन्दर बहादुर बिष्ट, स्वामिकार्तिक खापर महेश कट्टेल, गौमुल राज बहादुर धामी, बुढीगंगा जयराज उपाध्याय खप्तड क्षेडेदहमा हर्क बहादुर रावत सर्वसम्मत सभापतिमा चयन भएका थिए ।

काँग्रेसले जिल्लाका ९ वटै पालिका मध्ये ८ वटामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको थियो ।९ पालिका मध्ये त्रिवेणी नगरपालिकामा मात्रै सभापतिका लागि मतदान गर्नु पर्ने बाध्यता काँग्रेस बाजुरालाई आइपरेको थियो ।

विज्ञापन

त्रिवेणीमा पौडेल-सिटौला र देउवा पक्षका उम्मेदवारविच मतदान प्रक्रिया गरि नेतृत्व छनोट गर्नु परेको थियो । जसमा पौडेलसिटौला पक्षबाट सुरेन्द्रराज गिरी देउवा पक्षका गोविन्दसिंह बुढालाई पराजित गर्दै सभापतिमा विजयी भएका थिए ।

नगर सभापतिका लागि आकांक्षी उम्मेदवारहरुले एक अर्कालाई सहमती गर्न नसकेपछि बडीमालिकामा अधिवेशन सूरु भएको ४ दिनपछि मात्रै सर्वसम्मतबाट गोपाल कार्की सभापतिमा चयन भएका थिए ।

यी हुन पालिका स्तरका सभापतिहरु:
१) बुढिनन्दा नगरपालिका : डबल बहादुर खड्का
२) हिमाली गाउँपालिका: अम्मलाल कार्कि
३) जगन्नाथ गाउँपालिका : सुन्दर बहादुर बिष्ट
४) स्वामिकार्तिक खापर गाउँपालिका : महेश कट्टेल
५) बडिमालिका नगरपालिका : गाेपाल कार्की
६) गाैमुल गाउँपालिका : राज बहादुर धामी
७) त्रिबेणी नगरपालिका : सुरेन्द्र राज गिरी
८) बुढिगङ्गा नगरपालिका : जयराज उपाध्याय
९) छेडेदह गाउँपालिका : हर्क बहादुर रावत

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार