होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/ बाजुरा १९ असोज। नेपाली काँग्रेस जिल्ला कार्यसमितिको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ ।मंगलबार बिहान १० बजेदेखि शुरु भएको मतदान साँझ साढे ६ बजे सकिएको हो । निर्वाचन अधिकृत सन्तोष भण्डारीका अनुसार १२ सय १२ मध्ये १२ सय ५ मत खसेको हो । मतदान सम्पन्न पछि मुचुल्का उठाएर लगत्तै मतगणना सुरु गर्ने […]
नागरिक रैबार/बाजुरा १९ असोज। जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. ९ मा नेकपा एकिकृत समाजवादी पार्टीको वडा संगठन कमिटी गठन गरिएको छ । नेकपा एमाले विभाजन पछि बनेको माधव कुमार नेपाल नेतृत्वको सो पार्टीले त्रिवेणी नगरपालिकाको ९ नम्बर वडामा पहिलो पटक वडा संगठन कमिटी गठन गरेको हो । एकिकृत समाजवादी पार्टीले त्रिवेणी नगरपालिका ९ मा पहिलो […]
नागरिक रैबार/बाजुरा १९ असोज। नेपाली काँग्रेस जिल्ला कार्यसमितिको नयाँ नेतृत्व चयनका लागि मंगलबार बाट निर्वाचन सूरु भएको छ । असोज १६ गतेबाट औपचारिक रुपमा सूरु भएको काँग्रेस बाजुराको ७ औ जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयन सहमतिका साथ हुन नसकेपछि मंगलबारबाट निर्वाचन प्रक्रियामा गएको छ । जिल्लामा आजबाट सूरु भएको काँग्रेसको निर्वाचनमा तिनवटा समूहबीच चुनावी प्रतिष्पर्दा […]
नागरिक रैबार/बाजुरा १९ असोज। नेपाली काँग्रेस जिल्ला कार्यसमितिको ७ औ जिल्ला अधिवशेनबाट नयाँ नेतृत्व चयनका लागि मंगलबार विहान १० बजेबाट सूरु भएको निर्वाचनमा ३ बजेसम्म ५० प्रतिशत मत खसेको छ । काँग्रेसको साताैँ जिल्ला अधिवेशनमा मतदान गर्ने १२ सय ७ जना मध्ये ३ बजेसम्म ६ सय ५० जनाले मतदान गरिसकेको निर्वाचन अधिकृत सन्तोष भण्डारीले बताएका […]
नागरिक रैबार/बाजुरा १९ असोज। कृषि ज्ञान केन्द्र बाजुराले जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न कृषकका बारिमा फलेको स्याउ ढुवानी गरेर सदरमुकाम मार्तडीमा ल्याएको छ । कृषकको बारीमा फलेका स्याउको बजारीकरणमा सहज पुगाउने उद्देश्यले कृषि ज्ञान केन्द्र बाजुराको ढुवानी अनुदान र फ्युचर स्याउ कृषक समूहको सहयोगमा जुकोटमा फलेको स्याउलाई बारीमै पुगेर ढुवानी गरी सदरमुकाम मार्तडीमा ल्याएको कृषि […]
नागरिक रैबार/बाजुरा १९ असोज। दशैँतिहार नजिकिएसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनिले सर्वसाधारण उपभोक्तालाई सहुलियत दरमा चामल बिक्री गर्न थालेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनिले आजबाट मार्तडी र कोल्टी डिपोबाट सर्वसाधारण उपभोक्तालाई सहुलियत दरमा चामल विक्री गर्न थालेको हो । दशैं तिहारलाई लक्षित गर्दै कम्पनिले सर्वसाधारण उपभोक्तालाई प्रति केजि ४० का दरले आजबाट चामल […]
नागरिक रैबार/बाजुरा १९ असोज। नेपाली काँग्रेस जिल्ला कार्यसमितिको सभापति पदमा ३ जनावीच प्रतिष्पर्दा हुँदैछ ।नेपाली काँग्रेस बाजुराको नेतृत्व चयनका लागि मंगलबार विहान १० बजेबाट मतदान प्रक्रिया सूरु भईसकेको छ । बाजुराको पार्टी सभापतिका लागि देउवा पक्षबाट वर्तमान पार्टी सभापति कविराज पंडितसहितको टिम छ भने पौडेल-सिटौला पक्षबाट त्रिवेणी नगरपालिकाका नगरप्रमुख रामसिंह रावलको टिम छ । त्यस्तै […]
नागरिक रैबार/बाजुरा १९ असोज। नेपाली काँग्रेस जिल्ला कार्यसमितिको ७ औ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सूरु भएको छ । विहान १० बजेबाट सूरु भएको मतदानमा बाजुराका ९ वटा स्थानीय तहका नेपाली काँग्रेसका १२ सय ७ जना प्रतिनिधिहरुले मतदान गर्ने भएका छन् । असोज १६ गतेबाट अधिवेशन सूरु भएको काँग्रेस बाजुरामा उम्मेदवारहरु विच […]
बझाङः मष्टा गाउँपालिका–१ कोटदेवलमा एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बाजुराको गौमुल गाउँपालिका घर भएका करिब १७ वर्षीय दीपेन्द्र रोकायाको शो फेला परेको जानकारी दिए। उनका अनुसार असोज ११ गतेदेखि कोटदेवलस्थित ससुराली आएका दीपेन्द्र बस्दै आएका थिए। रोकाया घरभन्दा पर रुखमा झुण्डिएको अवस्थामा फेला परेको […]
नागरिक रैबार/बाजुरा १८ असोज ।बाजुरा जिल्लामा रहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराले १५ औँ विश्व पशुपन्छी दिवस बाजुरामा पनि मनाईएकाे छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द बाजुरा र बडिमालिका नगरपालिका पशु सेवा शाखा को संयुक्त आयोजनामा, “पशु कल्याण मा अभिवृद्धि, दिगो बिकास र समृद्धि” भन्ने नाराका साथ १५ औं […]
नेपाली काँग्रेस बाजुराको सातौ जिल्ला अधिबेशनको निर्वाचन प्रक्रियामा अघि बढेको छ । निर्वाचन समिति बाजुराले सोमबार बिहान ८ बजे बाट मनोनयन दर्ता प्रक्रिया शुरु गरेको छ । निर्वाचन कार्यलय तालिका सार्वजनिक गर्दै मनोनयन दर्ता प्रक्रिया अघि बढेको हो । मतदान प्रक्रिया भने १९ गते बिहान ८ बजे बाट शुरु हुने निर्वाचन समिति बाजुराले जनाएको छ […]
नागरिक रैबार/बाजुरा १८ असाेज नेपाली काँग्रेस बाजुराका कार्यसमिति सदस्य तथा बडीमालिका ८ का वडा अध्यक्ष युवा नेता प्रकाश रावल साताैं जिल्ला अधिवेशनमा सहसचिवका बलिया उम्मेद्वार बनेका छन् । बडीमालिका नगरपालिकालाई काँग्रेसकाे किल्लाका रूपमा अगाडि बढाउदै गएका युवा नेता रावल काँग्रेसकाे जिल्ला सहसचिवका बलिया उम्मेदवारका रूपमा हेरिएका छन् । काँग्रेसमा युवा पुस्ताबाट राजनिती क्षेत्रमा प्रवेश गरेका […]
नागरिक रैबार/बाजुरा १७ असोज। बाजुराको कोल्टी डिपोमा ४ सय क्विन्टल चामल पुगेको छ । खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी कोल्टी शाखामा चामल सकिएको २ महिनापछि डिपोमा चामल पुगेको हो । निरन्तरको वर्षाका कारण अवरुद्ध रहेका सडकका कारण चामल ढुवानी नहुँदा डिपोमा रहेको मौज्दात चामल सकिएको थियो । चामलको चरम अभाव भएको बेला चामल ढुवानी भएको […]
राजेन्द्र बिक बाजुरा,१७असोज । बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी तपाइको मास्क खै भन्दै सदरमुकाम मार्तडीमा बजार परिक्रममा निस्किनु भएको छ। ६६ औँ प्रहरी दिवस को अवसरमा आज जिल्ला प्रहरी कार्यालय बाजुराले आयोजना गरेको तपाइँको मास्क खै कार्यक्रम अन्तर्गत मार्तडी बजारमा निकालिएको र्यालिमा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी प्रमुख अतिथिका रुपमा सहभागी हुनुभएको […]
नागरिक रैबार/बाजुरा १७ असोज। नेपाली काँग्रेस बाजुराको ७ औ जिल्ला अधिबेशनबाट सभापतिको उम्मेदवारीमा तयारी गरेका नेता चक्र शाले सभापति सहितको आफ्नो छुट्टै प्यानल घोषणा गरेका छन् । नेता शाहले मार्तडीमा आज पत्रकार सम्मेलन गर्दै ७ औं जिल्ला अधिवेशनका लागि सभापतिमा आफु रहने गरी छुट्टै प्यानलको घोषणा गरेका हुन् । नेता शाहले ७ औं जिल्ला अधिवेशनमा […]
नागरिक रैबार/बाजुरा १७ असोज। नेपाली कांग्रेस बाजुराको सातौ जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि निर्वाचनका लागी देउवा र पौडेल समुह बीच प्रतिस्पर्धा हुने सम्भावना छ । शनिबारबाट सातौ जिल्ला अधिवेशन प्रारम्भ भई प्रश्चात सहमतिमै नेतृत्व चयन गर्ने प्रयास असफल देखिन्छ । भने जिल्ला सभापति निर्वाचनबाटै चुनिने जनाएको छ । अधिवेशनमा सभापतिका आकांक्षीहरू बढेपछि सहमती गर्ने प्रयास […]
नागरिक रैबार/बाजुरा १६ असोज।नेपाली काँग्रेस बाजुराकी नेतृ राधिका देवि सुनारले आफ्नो उम्मेदवारी महाधिवेशन प्रतिनिधिमा रहेको घोषणा गरेकी छन् । त्रिवेणी नगरपालिकाकी उपप्रखुख समेत रहेकी काँग्रेस नेतृ सुनारले नेपाली काँग्रेस बाजुराको ७ औं जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधि (दलित महिला) को तर्फबाट आफ्नो उम्मेदवारी रहेको बताएकि हुन् । बिपिको समाजवादलाई आत्मसाथ गर्दै निरन्तर नेपाली काँग्रेसको सक्रिय राजनीतिमा […]
नागरिक रैबार/बाजुरा १६ असोज । नेपाली काँग्रेस बाजुराकाे साताैँ अधिवेशन आज देखी सुरू भएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्गिएका जिल्लामा वडा र पालिका अधिवेशन गर्न निर्देशन दिएसँगै शनिबार देखी बाजुरा जिल्ला कार्य समितिकाे अधिबेशन हुन लागेको हो। वडा नगर गाउँ कार्य समिति र प्रदेशकाे कार्य समितिकाे अधिबेशन सकिए संगै बाजुरा काँग्रेसले जिल्ला […]
नागरिक रैबार/बाजुरा १६ असोज। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाजुराको प्रथम बिस्तारित बैठक पत्रकार सम्मेलन मार्फत निणर्य सार्बजनिक गरिएको छ । बैठकमा भएका निणर्यहरु पत्रकार सम्मेलनको आयोजना गरी सार्बजनिक गरेको नेकपा माओबादी केन्द्रका कार्यालय सचिव गोरख शार्कीले बताएका छन । माओवादी केन्द्र बाजुराका सचिव रमेश बिक को अध्यक्षतामा संचालन भएको बैठकमा जिल्ला इन्चार्ज कणर्बहादुर बिक […]
नागरिक रैबार/बाजुरा १५ असोज। बडीमालिका नगरपालिकाको एम्वुलेन्स तोडफोड गरिएको छ । विहिबार साँझ नेपाली काँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र (ख) को मतगणना भईरहेको बेला नगरपालिका बाहिर राखिएको एम्वुलेन्स र सूचना प्रवाहका लागि कार्यालयमा टाँसिएको डिजिटल बोर्ड काँग्रेसका कार्यकर्ताले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । नगरपालिकाको एम्वुलेन्स र डिजिटल बोर्ड तोडफोड गर्ने नेपाली […]