होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • युवा नेता रावल यस कारण सह-सचिव पदका बलिया उम्मेदवार हुन्
समाचार

युवा नेता रावल यस कारण सह-सचिव पदका बलिया उम्मेदवार हुन्

  • नागरिक रैबार
युवा नेता रावल यस कारण सह-सचिव पदका बलिया उम्मेदवार हुन्

नागरिक रैबार/बाजुरा १८ असाेज नेपाली काँग्रेस बाजुराका कार्यसमिति सदस्य तथा बडीमालिका ८ का वडा अध्यक्ष युवा नेता प्रकाश रावल साताैं जिल्ला अधिवेशनमा सहसचिवका बलिया उम्मेद्वार बनेका छन् ।
बडीमालिका नगरपालिकालाई काँग्रेसकाे किल्लाका रूपमा अगाडि बढाउदै गएका युवा नेता रावल काँग्रेसकाे जिल्ला सहसचिवका बलिया उम्मेदवारका रूपमा हेरिएका छन् ।

काँग्रेसमा युवा पुस्ताबाट राजनिती क्षेत्रमा प्रवेश गरेका रावल स्थानीय तहकाे निर्वाचनमा काँग्रेसका जनप्रतिनिधिहरू मध्ये देशकै कान्छा जनप्रतिनिधिका रूपमा परिचित छन् ।
जिल्लाकाे सदरमुकाम मार्तडीमा आजभन्दा २६ वर्ष अगाडि जन्मेका नेता रावल विद्यार्थी जीवन कालदेखि नै राजनीतिमा लागेका थिए । युवापुस्ता माझ लाेकप्रिय रहेका उनले साताै जिल्ला अधिवेशनमा सहसचिव पदमा उम्मेदवारी दिने भएका छन् ।

देउवा पक्षबाट सहसचिवमा उम्मेदवारी दिन लागेका नेता रावललाई सवै पक्षका युवा पुस्ताकाे सहयाेग रहने देखिएकाे छ ।
पार्टीभित्र सबै नेताहरूका प्यारा रहेकाले साताैं जिल्ला अधिवेशनमा सहसचिव पदमा सवै प्रतिनिधिहरूकाे सहयाेग रहने रावल बताउँछन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार