होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका नगरपालिकाको एम्बुलेन्स तोडफोड
समाचार

बडीमालिका नगरपालिकाको एम्बुलेन्स तोडफोड

  • नागरिक रैबार
बडीमालिका नगरपालिकाको एम्बुलेन्स तोडफोड

नागरिक रैबार/बाजुरा १५ असोज। बडीमालिका नगरपालिकाको एम्वुलेन्स तोडफोड गरिएको छ । विहिबार साँझ नेपाली काँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र (ख) को मतगणना भईरहेको बेला नगरपालिका बाहिर राखिएको एम्वुलेन्स र सूचना प्रवाहका लागि कार्यालयमा टाँसिएको डिजिटल बोर्ड काँग्रेसका कार्यकर्ताले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

नगरपालिकाको एम्वुलेन्स र डिजिटल बोर्ड तोडफोड गर्ने नेपाली काँग्रेसका गोरख रौले र विरेन्द्र ऐडीलाई विहिबार साँझ नै नियन्त्रण लिएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी मदन जितमहराले बताएका छन् । उनका अनुसार सार्वजनिक सम्पति माथि तोडफोड गर्ने विरुद्ध प्रहरीमा सार्वजनिक उजुरी आएमा कारवाही प्रक्रिया अगाडि बढाईने भएको छ ।

नगरपालिकाद्धारा नगरबासीका लागि संचालनमा ल्याईएको एम्वुलेन्स र नगरका सूचना प्रवाहका लागि कार्यालयमा टाँसिएको डिजिटल बोर्ड तोडफोड गर्नेलाई कारवाही प्रक्रिया अगाडि बढाउने निमित्त प्रमुख प्रशासकीय अधिकृत रंगमल विकले बताएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार