होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काँग्रेस बाजुराको नयाँ नेतृत्व चयनका लागि मतदान सूरु
समाचार

काँग्रेस बाजुराको नयाँ नेतृत्व चयनका लागि मतदान सूरु

  • नागरिक रैबार
काँग्रेस बाजुराको नयाँ नेतृत्व चयनका लागि मतदान सूरु
मतदान स्थलमा काँग्रेस बाजुराका वर्तमान पार्टी सभापति कविराज पण्डित मतदान गर्दै । तस्वीर नागरिक रैबार

नागरिक रैबार/बाजुरा १९ असोज। नेपाली काँग्रेस जिल्ला कार्यसमितिको ७ औ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सूरु भएको छ ।

विहान १० बजेबाट सूरु भएको मतदानमा बाजुराका ९ वटा स्थानीय तहका नेपाली काँग्रेसका १२ सय ७ जना प्रतिनिधिहरुले मतदान गर्ने भएका छन् ।

असोज १६ गतेबाट अधिवेशन सूरु भएको काँग्रेस बाजुरामा उम्मेदवारहरु विच सहमति हुन नसकेपछि आजबाट मतदान प्रक्रिया सूर गरिएको हो ।

विज्ञापन

निर्वांचनमा देउवा पक्षबाट कविराज पण्डित सभापति सहितको टिम छ भने पौडेल- सिटौला पक्षबाट रामसिंह रावल सहितको टिम रहेको छ । त्यस्तै मध्यमार्गीबाट चक्र बहादुर शाहको टिम चुनावी मैदानमा रहेको छ ।

नेपाली काँग्रेस बाजुराको अधिबेशनमा सभापतिमा ३ जना, उप सभापतीमा ३ जना सचिव ५ जना, सह सचिवमा ७ जना जिल्ला कार्य समितिमा १९ जना, जनजाति कोटामा ३ जना, दलितबाट ५ जना अपाङ्ग अल्पसख्यमा ४ जना, बडिमालिका नगरपालिका ५ जना, बुढिगंगा नगरपालिका ७ जना, त्रिबेणी नगरपालिकाबाट ६ जना, खप्तड छेडेदह गाउँपालिकाबाट ५ जना, स्वामिकार्तिक खापर गाउँपालिकाबाट ८ जना, जगन्नाथ गाउँपालिकाबाट ३ जना रहेका छन् ।

त्यसै गरी महाधिबेशन प्रतिनिधि महिलाबाट ७ जना र पुरुष खुलामा २२ जना रहेका छन । खस आर्य महिलामा ६ जना र पुरुष खुलामा १० जना उम्मेद्धार छन् । तस्तै समाबेशी ४ जना दलित महिला २ जना, दलित ३ जना रहेका छन । मधेशी लगाएतका कोटामा ७ जना बिच प्रतिस्पर्धा हुने निर्वाचन अधिकृत सन्तोष भण्डारीले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार