होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा काँग्रेस अधिवेशन : अहिलेसम्म ५० प्रतिशत मत खस्यो
समाचार

बाजुरा काँग्रेस अधिवेशन : अहिलेसम्म ५० प्रतिशत मत खस्यो

  • नागरिक रैबार
बाजुरा काँग्रेस अधिवेशन : अहिलेसम्म ५० प्रतिशत मत खस्यो

नागरिक रैबार/बाजुरा १९ असोज। नेपाली काँग्रेस जिल्ला कार्यसमितिको ७ औ जिल्ला अधिवशेनबाट नयाँ नेतृत्व चयनका लागि मंगलबार विहान १० बजेबाट सूरु भएको निर्वाचनमा ३ बजेसम्म ५० प्रतिशत मत खसेको छ ।

काँग्रेसको साताैँ जिल्ला अधिवेशनमा मतदान गर्ने १२ सय ७ जना मध्ये ३ बजेसम्म ६ सय ५० जनाले मतदान गरिसकेको निर्वाचन अधिकृत सन्तोष भण्डारीले बताएका छन् ।

उहाँका अनुसार मतदान प्रक्रिया सम्पन्न भएपछि आज साँझ नै मतगणना सुरु गरिने भएको छ । असोज १६ गते शनिबार बाट सूरु भएको नेपाली काँग्रेस बाजुराको ७ औ जिल्ला अधिवेशनमा उम्मेदवारवीच सहमति हुन नसकेपछि नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामा गएको थियो ।

विज्ञापन

बाजुराको पार्टी सभापतिका लागि देउवा पक्षबाट वर्तमान पार्टी सभापति कविराज पंडितसहितको टिम छ भने पौडेल-सिटौला पक्षबाट त्रिवेणी नगरपालिकाका नगरप्रमुख रामसिंह रावलको टिम छ । त्यस्तै युवा नेता चक्र शाह मध्येमाग्री समूहबाट चुनावी मैदानमा उत्रिएका छन् ।

कांग्रेसको १४ औँ महाधिवेशन तथा बाजुराको ७ औँ जिल्ला अधिवेशनमा पार्टी सभापतिका लागि तीन जनाविच कडा प्रतिष्पर्दा हुने देखिएको छ ।

चुनावमा सभापति १ जना, उपसभापति २ जना, सचिव २ जना, सह-सचिव २ जना र ३८ जना जिल्ला कार्य समिति सदस्य र २५ जना केन्द्रिय महाधिवेन प्रतिनिधीका लागि मतदान भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार