होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • त्रिवेणी ९ मा समाजवादी पार्टीको वडा संगठन कमिटी गठन
समाचार

त्रिवेणी ९ मा समाजवादी पार्टीको वडा संगठन कमिटी गठन

  • नागरिक रैबार
त्रिवेणी ९ मा समाजवादी पार्टीको वडा संगठन कमिटी गठन

नागरिक रैबार/बाजुरा १९ असोज। जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. ९ मा नेकपा एकिकृत समाजवादी पार्टीको वडा संगठन कमिटी गठन गरिएको छ ।

नेकपा एमाले विभाजन पछि बनेको माधव कुमार नेपाल नेतृत्वको सो पार्टीले त्रिवेणी नगरपालिकाको ९ नम्बर वडामा पहिलो पटक वडा संगठन कमिटी गठन गरेको हो ।

एकिकृत समाजवादी पार्टीले त्रिवेणी नगरपालिका ९ मा पहिलो पटक आयोजना गरेको प्रथम भेलाबाट पदम रावल अध्यक्ष रहने गरी ११ सदस्यीय वडा संगठन कमिटी गठन गरेको हो । जसमा शारदा भण्डारी उपाध्यक्ष, धुव्र मिजार सचिव, लक्ष्मण साउँद उपसचिव र सदस्यहरुमा प्रेम मिजार, जमुना विष्ट, पदम मिजार, सरस्वति मिजार, रामबहादुर साँउद, कला साउँद लगायत सदस्य रहेका छन् ।

विज्ञापन

एमालेबाट विभाजन पछि बनेको एकिकृत समाजवादी पार्टीले बाजुरा जिल्लामा गत भदौ २१ गते प्रथम विस्तारित बैठक सम्पन्न गरेर अहिले जिल्लाभर आफ्ना संगठनहरु विस्तार गरिरहेको छ ।

एकिकृत समाजवादी पार्टी बाजुराका सचिव पुरबहादुर रावतको प्रमुख आतिथ्यतामा आयोजना गरिएको भेलामा नेता निरबहादुर शाही, दिर्घराज पाध्याय, धम्रेन्द शाही, दावा गुुरुङ्ग लगायत नेता कार्यक्रताहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार