होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, चैत्र २४, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जुकोटमा फलेको स्याउ मार्तडीमा विक्रि गरिदै
समाचार

जुकोटमा फलेको स्याउ मार्तडीमा विक्रि गरिदै

  • नागरिक रैबार
जुकोटमा फलेको स्याउ मार्तडीमा विक्रि गरिदै

नागरिक रैबार/बाजुरा १९ असोज। कृषि ज्ञान केन्द्र बाजुराले जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न कृषकका बारिमा फलेको स्याउ ढुवानी गरेर सदरमुकाम मार्तडीमा ल्याएको छ ।

कृषकको बारीमा फलेका स्याउको बजारीकरणमा सहज पुगाउने उद्देश्यले कृषि ज्ञान केन्द्र बाजुराको ढुवानी अनुदान र फ्युचर स्याउ कृषक समूहको सहयोगमा जुकोटमा फलेको स्याउलाई बारीमै पुगेर ढुवानी गरी सदरमुकाम मार्तडीमा ल्याएको कृषि ज्ञान केन्द्र प्रमुख गोविन्द सितापतिले बताएका छन् ।

जुकोटमा फलेको स्याउ बारीबाटै ढुवानी गरेर मंगलबार मार्तडीमा ल्याइएपछि स्याउ बिक्रि कार्य समेत शुरू भएको ज्ञान केन्द्रका सूचना अधिकारी मिनप्रसाद जैशीले बताए ।

विज्ञापन

उहाँका अनुसार मार्तडीमा ल्याईएको स्याउ खरिदकर्ताहरुलाई स्याउको थोक मूल्य प्रति केजि ११० पर्नेछ भने खुद्रा बिक्रि नहुने र १३ केजि को कार्टुन लिनुपर्ने भएको छ । स्याउन कृषि ज्ञान केन्द्रबाट विक्रि वितरण गरिने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै